देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा किसान सँग खरिद गरेर राखेको गहुँ बिक्रिका लागि लादै गर्दा प्रहरीले ज्यादतीपूर्ण तरिकाले नियन्त्रणमा लिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
प्रहरीले सीमावर्ती क्षेत्रका किसानहरुले आफ्नै गहुँको खरिदबिक्रि गर्दा समेत प्रहरीलाई नजरना बुझाउनुपर्ने र नबुझाएको झोकमा प्रहरीले ज्यादतीपूर्ण तरिकाले गहुँ लोड गरिएको टयक्ट नियन्त्रणमा लिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
स्थानीय व्यपारी भागवत मेहताले गाउँका किसानहरुले उत्पादन गरेको ५० क्यून्टल बढी गहुँ प्रहरीले नियन्त्रणमा लिएको आरोप बाहिर आएको हो ।
मेहताले कतिपय किसानको भुक्तानी दिएको र कतिलाई विक्रि पछि भुक्तानी दिने भनिएकोमा बजारमा विक्रिका लागि लाने क्रममा सीमा भन्दा ५ किलोमिटर भित्रमा व्यपारी मेहताको गोदामबाटै प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय देवानगञ्जले भन्सार छलीको गहुँ लिएर आएको सूराकीको आधारमा गहुँ सहित ट्याक्टर पक्राउ गरिएको जनाएको छ । माथिबाट आएको सूचना र सुराकीको आधारमा नियन्त्रणमा लिएको तर स्थानीयहरुले दावी गरेको जस्तो कुनै प्रहरीले ज्यदतीपूर्ण तरिकाले नियन्त्रणमा नलिएको प्रतिकृया दिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक राजकुमार कार्कीले प्रेस विज्ञप्ती मार्फत बैशाख ४ गते रातिको अन्दाजी ८०ः०० बजेको समयमा जिल्ला सुनसरी देवानगञ्ज गापा वडा नम्वर ३ स्थित पाँचौ सिमर सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली प्रदेश नम्वर १–०४–००१ त.७१५ नम्वरको ट्याक्टर गाडीमा राखी अन्नबाली गहुँ ल्याउदैछन् भन्नेबिशेष सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटि सो ट्याक्टर र ट्याक्टरमा रहेको गहुँ १०० बोरा नियन्त्रणमा लिईएको जनाएको छ । उक्त पक्राउ परेको सामान मिति २०८० बैशाख ०५ गते आवाश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ । ट्याक्टरसहितको गहुँको अन्दाजी मुल्य जम्मा रु. १५ लाख १६ हजार ४०।– रुपियाँ रहेको जनाएको छ ।
उता ट्याक्टर र गहुँ पक्राउ गरेको भन्दै देवानगञ्ज गाउँपालिकाका स्थानीय किसानहरूले बिहान ११ बजेदेखि १ बजे सम्म तालाबन्दी गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post