• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वैदेशिक राेजगारीमा जाने कामदारलाई दिनप्रतिदिन विभिन्न समस्या बढ्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० बैशाख १५ गते, १३:३३ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
वैदेशिक राेजगारीमा जाने कामदारलाई दिनप्रतिदिन विभिन्न समस्या बढ्दै
25
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । वैदेशिक राेजगारीमा जाने कामदारलाई दिनप्रतिदिन विभिन्न समस्या बढ्दै गएको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या २० लाख भन्दा बढी रहेको छ । तर, यो संख्याभन्दा धेरै नागरिक श्रमका लागि बिदेसिएको देखिन्छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्षअघिदेखि भएको मानिन्छ । वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसका थुप्रै समस्या छन्, जसको समाधानमा सरकारले पर्याप्त पहल गर्न सकेको छैन । देशकै मेरुदण्ड मानिने युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै विडम्बनापूर्ण अवस्था हो । वैदेशिक रोजगारी अल्पकालका लागि उपयुुक्त देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक छैन ।
वैदेशिक रोजगारीमा जानेमा पुरुषमात्र होइन, महिला पनि पुरुषसरह जाने गरेको पाइन्छ । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने आजकालका युवापुस्तामा वैदेशिक रोजगारीको आकर्षण बढ्दै गइरहेको पाइन्छ । तर, वैदेशिक रोजगारीको जति आकर्षण छ, त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ । विदेशमा जाने कामदारमध्ये ७० प्रतिशत कामदारले जोखिमपूर्ण काम गरिरहेको एक तथ्यांकले जनाएको छ । विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्यअनुसार नै सीपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम कम हुने थियो ।
हाल वैदेशिक रोजगारीमा सम्झौता गरिएअनुसार पारिश्रमिक नदिने, सुविधाहरू पूर्वसर्त नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्याहरू देखिएका छन् । वैदेशिक रोजगारीमा देखिएका यस्ता समस्याहरू समाधान गर्नका लागि वैदेशिक रोजगारीमा जानुपुर्व सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियम कानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ । यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने, जुन कामका लागि विदेश जाने हो, सो काम राम्ररी गर्न सक्ने बनेर मात्र जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
वैदेशिक रोजगारीका लागि श्रम इजाजत भएको देशमा मात्र जानुपर्छ, तबमात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ । लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने देखिन्छ । तसर्थ, नियमसङ्गत ढङ्गले मात्र विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ । अनेकौं कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका नागरिकको दैनिक रूपमा तीन जनाको शव आउने गरेको दयनीय अवस्था छ । यसबाट वैदेशिक रोजगारी एकदमै जोखिमपूर्ण छ भनेर थाहा पाउन सकिन्छ । सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्य बढी जिम्मेवार बन्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै कुरा राम्ररी जानेर बुझेर मात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ । त्यसैगरी वैदेशिक रोजगारीलाई अझ थप व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । विदेशमा रोजगारीका लागि जानेले पनि सीप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्नेजस्ता कुरामा चनाखो बन्नुपर्छ । सम्झौताअनुरूपको तलब, सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । आफू जाने देशको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । तसर्थ, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले यी यस्ता कुराहरूमा ध्यान दिन सकियो भने वैदेशिक रोजगारीमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।

Tags: कामदारलाईजानेदिनप्रतिदिनबढ्दैविभिन्न समस्यावैदेशिक राेजगारीमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist