• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

डिआईजीको सालो हुँ भन्दै प्रहरीमाथि तथानाम गालीगलौच गरेपछि

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० बैशाख १७ गते, ९:३४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
डिआईजीको सालो हुँ भन्दै प्रहरीमाथि तथानाम गालीगलौच गरेपछि
26
SHARES
Share on FacebookShare on Twitter

इटहरीः सुनसरीको इटहरीमा शुक्रबार राती डिआईजीको सालो हुँ भन्दै प्रहरीमाथि तथानाम गालीगलौच भएको छ । कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाको सालो हुँ भन्दै ७ जनाको युवा समूहले इटहरीका डिएसपीमाथि सहनै नसक्ने गाली गलौच गरेका हुन् ।
इटहरीको के क्लबभित्र मदिराले लट्ठ विराटनगरबाट आएका युवाहरूले विवाद गर्नुको साथै बाउन्सरमाथि हातपात गरेका थिए । क्लबको लाईट समेत तोडफोड गरेर उनिहरु इटहरीको मुख्य चौकमा निस्किएपछि प्रहरीसँग विवाद भएको थियो ।
एक युवती समेत रहेको उक्त समूहले प्रहरीलाई बाउन्सरलाई पक्राउ गर्न भनेका थिए । त्यस क्रममा ‘हामी कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाको सालो हो’ भन्दै प्रहरीसँग विवाद गर्नुको साथै प्रहरीमाथि अपशब्दसहितको गाली गरेका थिए ।
प्रहरीलाई गाली गरेपछि उनिहरुलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउने तयारी गदै गर्दा इटहरीका डिएसपी माधव काफ्ले राती ११.२० मा विवाद भएको ठाउँ पुगेका थिए ।
विवाद गर्ने मध्ये आफुलाई डिआइजीको सालो भन्ने युवकले इटहरी प्रहरीले आफुले भनेको नमानेको भन्दै डिआइजीलाई कल गरेका थिए ।
अत्याधिक मदिरा सेवन गरेका सबैलाई सम्झाई बुझाई घर पठाउन डिएसपी काफ्लेले खोजेका थिए । एक प्रत्यक्षदर्शी भन्छन् ‘तर उक्त समूह डिएसपी काफ्ले विरुद्ध खनिँदै तथानाम गाली गर्न थाले ।’ ‘हामी मन्त्री र डिआइजीका मान्छे हौ, बाउन्सरलाई पक्राउ गरिनस् भने जागिर खाइदिन्छु । फुली थुतिदिन्छु नभए सरुवा गरिदिन्छु ।’  भन्दै काफ्लेसँग ति युवकको भनाभन भएको थियो ।
‘बर्दीमा रहेका सबै प्रहरीलाई उनीहरूले तथानाम गाली गर्दा समेत डिएसपी काफ्ले उनिहरुको सामु निरीह देखिए’ अर्का एक प्रत्यक्षदर्शी अटो चालकले भने ‘उनीहरूको ठाउँमा अरू कोही थियो भने केही मिनेट भित्रै सबै पक्राउ पर्थे ।’ सायद मन्त्री र डिआइजीले फोन गरे होला डिएसपीसाँव उनीहरूको सबै गाली सहेर बस्नु भयो ।
इटहरीको मुख्य चौकमा रातमा समयमा विवाद हुँदा त्यहाँ स्थानीयहरूको भिड जम्मा भएको थियो । स्थानीयहरूले प्रहरीमाथि दुर्व्यवहार गर्ने भन्दै प्रहरीको पक्षमा बोल्दा समेत घटनास्थल पुगेको प्रहरी मौन रह्यो । अर्का प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनीहरूलाई घर जान आग्रह गर्दा समेत प्रहरीसँग निहुँ खोजेर बसेका थिए ।
‘क्लब अगाडीको विवाद सेन्ट्रल प्लाजा हुँदै इलाका प्रहरी कार्यालय इटहरी पुग्दा झन्डै २ बजेको थियो’ ती प्रत्यक्षदर्शी भन्छन् ‘प्रहरी कार्यालय पुगेपछि प्रत्यक्षदर्शीहरुले उनीहरूको रवैया देखेर भिडियो समेत बनाएका छन् । ’
विवादकै क्रममा सञ्चारकर्मी विकल पौडेल प्रहरी कार्यालय पुगेर भिडियो खिच्ने क्रममा डिआइजीको सालो दाबी गर्ने युवकले उनको मोबाइल खोसेका थिए ।
‘मन्त्री र डिआइजीको आफन्त भनेपछि प्रहरीले पनि केही नगरेको जस्तो महसुस भयो ’ सञ्चारकर्मी पौडेल भन्छन् ‘प्रहरी कार्यालय भित्र पनि तथानाम बोली रहेका थिए ।’ कसले के गर्न सक्दो रहेछ ? भनेर खुल्लमखुल्ला चुनौती दिइरहेका थिए ।’
प्रहरी सङ्गठन र डिएसपीसाँवमाथि दुर्व्यवहार गर्दा समेत अन्ततः उनीहरूलाई २.३० बजे छाडिएको उनले बताए । रातीको घटनामा प्रहरी वास्तवमै निरीह किन भएको हो ? भनेर उनि आफै आश्चर्यमा छन् ।
प्रहरी स्रोतका अनुसार मुख्य विवाद गर्ने युवा डिआइजी राजेशनाथ बास्तोलाको आफन्त भएको बताएका छन् । साथै विवाद गर्नेमा डाक्टरहरू समेत थिए । एक डाक्टरले भने आफू प्रदेशको एक मन्त्रीको भाई हो समेत भनेका थिए । इटहरी प्रहरीले भने उनीहरूको परिचय खुलाउन मानेको छैन ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेका अनुसार बाउन्सरले कुटपिट गरेको भनेर प्रहरीलाई खबर आएपछि आफू त्यहाँ पुगेको बताए । तर विवाद गर्नेहरूले आफू र प्रहरी कसैलाई गाली नगरेको दाबी गर्छन् ।
‘मदिराको कारण सामान्य विवाद भएको हो, हामीले सम्झाई बुझाई राती नै छाडिदियौ ’ काफ्लेले भने । घटनाको कारण के थियो भनेर हामी क्लबसँग बुझ्दै छौ डिएसपी काफ्लेले भनेका छन् ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले पनि क्लबभित्रको विवाद भन्दा पनि भनाभन मात्र भएको बताउँछन् । विवाद गर्नेहरूले मन्त्री र डिआइजीको नाम लिएको विषयमा भने आफूलाई जानकारी नभएको बताए ।
राती विवाद गर्नेहरूलाई निगरानीमा राखेर सिसिटिभी फुटेज र क्लबसँग सोधपुछ गर्ने कार्य भइरहेको समेत ढकालले जानकारी दिए ।
यता कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले आफनो सालो पर्ने कुनै नातानै नरहेको दाबी गरे । तर उनले आफुलाई फोन आएको स्वीकार गदै घटना के भयो भनेर आफुले इटहरीको डिएसपीलाई कल गरेको बुझ्न लगाएको मात्र बताएका छन् ।
‘के भएको रहेछ भनेर मैले डिएसपीसँग बुझे, अवस्था सामान्य रहेछ बाँकी कसैले कसैलाई दुरव्यवहार गरेको छैन’ बास्तोलाले भने ।

Tags: गरेपछिगालीगलौचडिआईजीकोतथानामप्रहरीमाथिभन्दैसालो हुँ

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist