• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नापी कार्यालयमा नजराना नदिएसम्म काम गर्न असम्भव

नक्शा अपडेट गर्नका लागि सेवाग्राहीले घुस दिनै पर्ने बाध्यता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० बैशाख २१ गते, १६:१३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नापी कार्यालयमा नजराना नदिएसम्म काम गर्न असम्भव
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।सुनसरी जिल्लाको मुटु अर्थात सदरमुकाम इनरूमा रहेको नापी कार्यालयमा काम लिएर जाने सेवाग्राहीले काम गरे वापतको अतिरिक्त रकम नजराना नदिएसम्म कर्मचारीले हप्ता दिनसम्म काम नगर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।
सुनसरी सदरमुकाम इनरुवामा रहेको नापी कार्यालय सुनसरीमा जग्गाको नाप नक्शा सम्बन्धी काम लिएर आउने सेवाग्राही जग्गाधनीले कर्मचारीलाई नजराना रकम नदिदा हप्ता दिनसम्म सास्ती पाउनु पर्ने स्थिति रहेको उनीहरुको दावी छ ।
नापी कार्यालयमा रहेका नक्शा नभेटिने बहाना बनाएर नयाँ नक्शा अपडेट गर्नका लागि सेवाग्राहीलाई दुःख झन्झट दिदै जग्गाको मुल्याङ्कन अनुसार ३ हजारदेखि २५ हजारसम्म अपडेट गरेवापत अतिरिक्त रकम लिने गरेको पाइएको छ ।
नापी कार्यालयमा कार्यरत कर्मचारीहरुले जग्गाको नाप नक्शा सम्बन्धी कामका लागि निवेदन दिएर टोकन प्रणालीमा पालो बसेको हप्ता दिनसम्म दैनिक धाउँदा बल्ल तल्ल पालो आएपनि अन्तिम समयमा घुस भने लिने गरेका छन ।
इटहरी उपमहानगरपालिका २० नम्बर वडाको हाँसपोसाबाट नक्शा प्रिन्ट गरि प्रमाणित गराउन आएका नगेन्द्रकुमार राईले अघिल्लो सोमबार निवेदन दर्ता गराएपनि २०८० वैशाख २० गते बुधवार मात्रै जग्गाको नक्शा कम्प्युटरमा अपडेट गराएर नक्शा दिएको बताए ।
राईले भने, ‘मेरो निवेदनभन्दा चारदिन पछि निवेदन दिएका दर्जन बढी सेवाग्राहीहरुले एक घण्टाभित्रै नक्शा प्रिन्ट गरेर कर्मचारीले प्रमाणित गरेर दिए पनि मसँग तीन कित्ता जग्गाको १५ हजार माग गरेपछि राजश्वभन्दा बढी रकम घुस वापत नदिदा एक ह्रप्तासम्म लाइनमा पालो कुरेर बस्नु पर्यो ।’
इनरुवा १ स्थित पूर्वटोल घर भएकी निरा पोखरेलले जग्गाको नक्शा निकाल्न निवेदन दिएर पालोमा लाइन बस्दा तीन दिनसम्म नक्शा अपडेट गर्न समय लाग्छ भन्दै काम नगरेको बताइन ।
पोखरेलले भनिन्, ‘झयालमा टोकन लिएर पालो कुरेर बस्ने सयौ सेवाग्राहीहरु भन्दा दुईदिन पछि निवेदन दिएका पालोमा नबस्ने व्यक्तिहरुले एकैछिनमा कोठा भित्रै प्रवेश गरि नक्शा लिएर गए ।’
इनरुवा ३ की कुमारी निरा पोखरेल अधिकारीले कर्मचारी मिलाउन सक्नेहरुको भटाभट काम भईरहेको आफ्नै आँखाले देखिरहेपनि आफू भने तीन दिनदेखि धाईरहँदासमेत काम नभएको गुनासो गरिन ।
रामधुनी १ नम्बर वडाका विकास आचार्यले भने, ‘नक्शा अपडेड गर्न पुरानो नक्शा माग गरेकाले आफुसँग नभएको बताएपछि तीन दिन भयो लाइनमा बसेको फाँटवाला कर्मचारीले आफुसँग घरमा भएको नक्शा वा टे«स लिएर आए मात्रै अपडेट गरिदिन्छौ भन्दै काम गरिदिएका छैनन् ।’
कर्मचारीको गुनासो लिएर कार्यालय प्रमुख समक्ष जादा रुखो बोलीमा कार्यालयमा नक्शा नभएको खोजी गर्न सम्भव नभएको जवाफ दिएर पन्छिने गरेको आचार्यले गुनासो गरे ।
नापी कार्यालय सुनसरी इनरुवाका कार्यालय प्रमुख नापी अधिकृत संजिप साहले कार्यालयमा हाल चारवटा काउण्टर रहेकाले काउण्टरबाट निवेदन दिनेलाई टोकन दिएर पालोमा नक्शा दिने गरेको बताए ।
उनले नक्शा कम्प्युटरमा अपडेट नभएको कतिपय जग्गाको आवश्यक कागज प्रमाण अभावमा कार्यालयले माग गरेको कागजपत्र सेवाग्राहीले ल्याउनुपर्ने व्यवश्था गरेको बताए ।
डिजिटल प्रविधिमा नक्शालाइ्र्र अभिलेख गरेकाले कार्यालयको दराजमा राखिएको नक्शा निकाल्दा पुनः पुरानै अवश्थामा जानुपर्ने अवश्था आउन नदिन दराजमा राखिएका नक्शा हजार पाँच सयभन्दा बढी संख्या रहेकाले नलिकालेको दावी गरेका नापि अधिकृत साहले सेवाग्राहीसँग भएको नक्शा अपडेटका लागि माग गरिएको दावी गरे ।
निवेदन अनुसार टोकन लिएका सेवाग्राहीलाइ्र्र पालोमा राखेर नक्शा दिने गरेकाले ढिलाई नभएको दावी गर्दै साहले भने नियमअनुसार नक्शा एकदिनमा कार्यालयले दिदै आएको छ ।
साहले भने, ‘सेवाग्राहीसँग कर्मचारीले रकम लिने आरोपका ’घटनामा आफु जवाफदेही नहुने बताए ।
उनले भने, ‘रकम दिने गरेको आफुले पनि सुनेको हुँदा रकम लेखापढी गर्ने बाहिरका मानिसले लिने गरेका छन कर्मचारीले रकम माग्दैनन् ।’
कार्यालय प्रमुख साहले कर्मचारीले घुस माग्ने गरेको आरोप सरासर गलत भएको भन्दै अस्वीकार गरेका छन ।

Tags: असम्भवकाम गर्ननजरानानदिएसम्मनापी कार्यालयमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist