• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कृषिमै अथाह सम्भावना भाेक्राहा नरसिंह पालिका अध्यक्ष:अजमल अख्तर

कृषिमा सम्भावना खोज्दै भाेक्राहा नरसिंह गाउँपालिका

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० बैशाख ३१ गते, २०:०५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कृषिमै अथाह सम्भावना भाेक्राहा नरसिंह पालिका अध्यक्ष:अजमल अख्तर
25
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपालमा स्थानीय तहको पुनर्संरचना गरी ७ सय ५३ स्थानीय तह बनेसँगै सुनसरी जिल्लामा रहेका साविक भोक्राहा र नरसिंह टप्पु गाउँ विकास समितिहरूलाई समेटेर भोक्राहा नरसिंह गाउँपालिका बनाइएको हो ।
उत्तरमा वराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिका, पूर्वमा इनरुवा नगरपालिका र दक्षिणमा हरिनगर गाउँपालिकासँग सिमाना जोडिएको यो गाउँपालिकाको पश्चिममा कोसी गाउँपालिका र भारतको सिमाना जोडिएको छ ।
६३.३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको ४६ सय १३ हेक्टर जमिन कृषियोग्य रहेको छ । ९० प्रतिशत कृषि क्षेत्र हुँदा १० प्रतिशत गैरकृषिक्षेत्र रहेको छ ।
तराईमा अवस्थित यो पालिका समुद्र सतहदेखि ७० मिटरको उचाइमा रहेको छ । ४५ हजार २ सय ३८ कुल जनसङ्ख्या रहेको यो पालिका ८ वटा वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको आयको मुख्य स्रोत कृषि हो । तराईको समथर भू–भाग हुनुका साथै सिंचाइको सुविधा हुनाले पनि भोक्राहा नरसिंह गाउँपालिकालाई कृषियोग्य भूमिका रूपमा स्थापित गरेको छ ।
धान, मकै, गहुँलगायतका अन्न बालीका साथै व्यावसायिक तरकारी खेती पनि हुँदै आएको छ । अन्नबाली, सागसब्जी र फलफुल उत्पादनको प्रचुर सम्भावना बोकेको यो पालिकाले उत्पादित अन्न तथा तरकारीजन्य वस्तु आफै उपभोग गर्ने मात्र नभएर देशका विभिन्न सहरहरूका साथै भारतमा पनि निर्यात गर्नसक्ने सम्भावना बोकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे बताउँछन् ।
गउँपालिकाको तथ्याङ्कमा ८० प्रतिशत जनसङ्ख्याको मुख्य पेसा पनि कृषि नै हो । २० प्रतिशत जनसङ्ख्या व्यापारमा हुँदा १० प्रतिशतले मात्र ज्यालादारी गर्ने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गाउँपालिकाबाट पूर्व–पश्चिम लोकमार्ग गएकोले उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन सकिन्छ । स्थानीयले पनि लोकमार्गलाई अवसरका रूपमा लिएको पाइन्छ ।
खेतीयोग्य जमिन हुनुका साथै उचित सिंचाइको प्रबन्धले पनि गाउँपालिकामा कृषिकर्म गर्नेहरूका लागि थप हौसला प्रदान गरेको छ । गाउँपालिकाको उत्तरी सीमा वरहक्षेत्र नगरपालिकाबाट आउने चतरा नहरले गाउँपालिकाको धेरै क्षेत्रलाई सिञ्चित गरेको छ ।
यसबाहेक गाउँपालिकाभित्रै बग्ने अनेक खोलाहरूले पनि यहाँको जमिन सिञ्चित गरी विकासमा सहयोग पुर्याएका छन् । गाउँपालिकाको पूर्वतर्फबाट बग्ने सुनसरी खोलाले मात्र पनि गाउँपालिकाको धेरै भू–भागलाई सिञ्चित गर्नसक्ने सम्भावना छ ।
कृषिमै अथाह सम्भावना बोकेको भोक्राहा नरसिंह गाउँपालिकाले पनि कृषिक्षेत्रको सुधारका लागि योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे बताउँछन् । उनी भन्छन्, ‘कृषिक्षेत्र अहिलेको अवस्थामा सुध्रिएको छ । गाउँपालिकाले कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू ल्याएको छ । जनताले त्यसको लाभ पनि लिइरहेका छन् ।’
उनका अनुसार सूचीकृत कृषक, फर्म तथा सहकारीलाई गाउँपालिकाले विभिन्नखाले अनुदान सहयोग दिइरहेको छ । जसमा मल, बिउ, कृषि औजारलगायतमा गाउँपालिकाले अनुदान दिने गरेको अधिकृत घिमिरे बताउँछन् ।
सिंचाइको व्यवस्था नभएको क्षेत्रका कृषकहरूका लागि पम्पमार्फत् सिंचाइ गर्नका लागि आवश्यक विद्युत् मिटर जोड्न पनि ५० प्रतिशतको अनुदान दिने गरेको घिमिरे बताउँछन् । हालसम्म तरकारी खेतीमा ८, माछा पालनमा ५, मकैमा ५ कृष तथा सहकारी र सूचीकृत कृषि फर्महरूले अनुदान पाइसकेका छन् ।
यो वर्षमा मात्र स्थानीय सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदान दिन १ करोड रकम विनियोजित गरेको घिमिरेले जानकारी दिए । गाउँपालिकाले कृषिको विकासका लागि विभिन्न कृषि पकेट क्षेत्रको निर्धारण गरेको छ । जसमा पालिकाको ३ र ७ नम्बर वडालाई कृषि पकेट क्षेत्र घोषणासमेत गरेको छ ।
गाउँपालिकाले शैक्षिक क्षेत्रका विकासका तथा शौक्षिक गुणस्तरमा वृद्धिलयन अध्यक्ष शैक्षिक सुधार कार्यक्रम नै अघि सारेको छ । उत्कृष्ट शैक्षिक व्यवस्थापन गर्दै शैक्षिक सुधार गरेर उच्चशिक्षा हासिल गर्ने लक्ष लिएर सञ्चालित उक्त कार्यक्रमले  पालिकामा रहेका ४३ माविस्तरका विद्यालयमा  अनुगमन गरी ४ वटा विद्यालय छनौट गरेको घिमिरेले जानकारी दिए ।
अध्यक्षको संयोजकत्वमा शिक्षा शाखा प्रमुख, कार्यपालिका सदस्य तथा विभिन्न शैक्षिक क्षेत्रमा योगदान पुर्याएकाहरू सम्मिलित एक कार्यदल निर्माण गरिको थियो ।
करिब ३ महिना अघिमात्र कार्यदलले प्रतिवेदन  बुझाइसकेको छ । प्रतिवेदनमा कमजोर देखिएका विद्यालयहरूमा दरबन्दीअनुसार शिक्षकको अभाव, कमजोर व्यवस्थापक, शिक्षकहरूको अनुशासन र लापरबाहीका साथै, ड्रपआउटको समस्या देखाएको थियो । रायसहित आएको प्रतिवेदनमा सोही अनुसार सुधारको कार्य गर्दै लगिने अध्यक्ष अजमल अख्तर आजाद बताउँछन् ।
जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएसँगै जनतालाई अनुभूत हुनेगरी कसरी विकास गनर्’ सकिन्छ भन्ने सोच आइरहने बताउने अध्यक्ष आजाद भन्छन्, ‘जनताले दिएको विश्वासलाई उच्चो राखेर काम गर्ने प्रण गरेको छु ।
निर्वाचित भएर आएसँगै सबैलाई समेटेर मात्र सफल हुन सकिन्छ भन्ने कुरालाई मध्यनजरमा राखेर सम्पूर्र्ण राजनीतिक दलका जिम्मेवार साथीहरू, बुद्धिजीवीहरू र विज्ञहरूको  सल्लाह र सुझावअनुसार नै काम गरिरहेको छ ।’
गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा पनि सुधारका विभिन्न काम गरिरहेको उपाध्यक्ष सुनिताकुमारी उराँवले बताईन् । उनका अनुसार गाउँपालिकाले प्रत्येक वडामा गर्भवती महिलाका लागि निःशुल्क मोबाइल भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । त्यसका साथै घातक र दीर्घरोगका रोगीको उपचारका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गरेरै अनुदान दिइरहेको छ ।
गाउँपालिकामा ८ वटा स्वास्थ संस्था छ । कर्मचारी अभाव र भौतिक संरचना पनि पर्याप्त नहुँदा कतिपय भाडा तिरेर सञ्चालन भइरहेका छन् । त्यसको सुधारका लागि गाउँपालिकाले जग्ला अधिग्रहण र भवन निर्माण गर्न पहल भइरहेको उपाध्यक्ष उराँव बताउछिन् । स्रोत:ब्लाष्ट

Tags: अथाहअध्यक्ष:अजमलकृषिमाकृषिमैखोज्दैगाउँपालिकापालिकाभाेक्राहा नरसिंहसम्भावना

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist