इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हज यात्रीलाई शुभकामना ,प्रशिक्षण तथा विदाइ कार्यक्रम सम्पन्न गरेका छन्।
आइतबार पालिकाको सभा हलमा आयोजित कार्यक्रममा हज यात्रीहरूलाई शुभकामना सहित विदाइ सम्पन्न गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका बाट यस वर्ष कार्यक्रममा सहभागी भएका ३९ जना हज यात्रीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हजको शुभकामना सहित प्रशिक्षण तथा विदाइ सम्पन्न गरेका छन्।
हज यात्रामा जानेहरु व्याक्तिहरुलाई गाउँपालिका अध्यक्ष अजमल आजादले डायरी , व्याग समेत वितरण गरी उनीहरूलाई गम्छा र फुलमाला सहित बिदाइ गरेका छन् ।
उता हज यात्रा कार्यक्रमको अध्यक्षता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गरेका थिए । भने कार्यक्रमका प्रमुख अतिथि एंव सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का संघिय संसद् एंव पुर्व मन्त्री एवम् सूचना ज्ञानेन्द्र बाहदुर कार्कीले गरेका थिए ।
कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (१) का प्रदेश सभा सदस्यीय सदान्नदन मण्डल , ४(२) का प्रदेश सभा सदस्यीय हाजी इस्राइल मंसुरी, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल लगायतकाले हज यात्रामा जाने यात्रीहरूलाई सफल यात्राकाे शुभकामना व्यक्त गर्दै बिदाइ गरेका छन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post