जयकृष्ण यादव /इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा शिक्षक र विधार्थीलाई पुरस्कृत सहित शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले शिक्षकहरुको निगरानी विधार्थीले गर्ने भएको छ ।
शिक्षकहरुको कक्षामा उपस्थिती, गृहकार्य दिएको नदिएको, कपि परीक्षण गरेको नगरेको र विधार्थीमैत्री पढाइ भए नभएको निगरानी गर्न विधार्थीलाई डायरी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुले विधार्थीको समग्र सवालको निगरानी गर्ने र विधार्थीले शिक्षकको कक्षामा नियमितताको सवालमा निगरानी गर्ने गरि डायरी दिएको छ । डायरीमा प्रत्येक कक्षाका चार चार जना विधार्थीहरुले पहिलो घण्टीदेखी सातौ घण्टीसम्मको शिक्षकहरुले के पढाउनहुन्छ ?, कति समयमा आउनुहुन्छ ? कति बजे जानुहुन्छ ? के के विषयामा पढाउनुभयो ? लगायतका सुचकहरु भर्ने गरि शिक्षकहरुको निगरानी विधार्थीले गर्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post