• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गरिव तथा विपन्न परिवारका सदस्यहरूलाई निःशुल्क बिमा

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल आजादले गरे ४ सय ७० जनाकाे बिमा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ १२ गते, २१:५५ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
गरिव तथा विपन्न परिवारका सदस्यहरूलाई निःशुल्क बिमा
35
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव /इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गरिव तथा विपन्न परिवारका सदस्यहरूलाई निःशुल्क बिमा गरेका छन्  ।
गाउँपालिका अध्यक्ष आजादले बिहीबार एक कार्यक्रमका बीच १ सय पचास परिवारका सदस्यीयहरूकाे नि: शुल्क बिमा गरिदिएर उदाहरणीय काम गरिएको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का एक विपन्न परिवारका सदस्यीय सुनिल यादवको कथन छ ।केही महिना अघि ३ सय २० जना घरपरिवारका सदस्यीयहरूकाे निःशुल्क स्वास्थ्य बिमा गरिएको थियो ।
हाल सम्म गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा रहेका गरिव तथा विपन्न परिवारका   ४ सय ७० जना घरपरिवारका सदस्यहरूको स्वास्थ्य बिमा गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तरले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष आजादले भने पालिका रहेका कुनैपनि नागरिक उपचार नपाएर ज्यान गुमाउनु नपराेस् भनेर हामीले स्थानीय तह निर्वाचन सम्पन्न भए लगत्तै २ सय घरपरिवारको नि:शुल्क स्वास्थ्य बिमा गरिएको बताए ।
उनले भने अति विपन्न तथा गरिबीको सुचीमा रहेका झन्डै ४ सय ७० जना घरपरिवारका सदस्यहरूकाे भाेक्राहा नरसिंह गाउँपालिकाले ३ हजार पाँच सय रूपैयाँकाे स्वास्थ्य बीमा गरिदिएको छ ।जसले सामान्य भएपनि स्वास्थ्य चेकजाँच र उपचार गराउने अवस्था सिर्जना भएको छ।
पहिलो पटक गाउँपालिकाले अतिविपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएपछि स्थानीय सकुन्ती मेहता निकै खुसी छिन्। अस्पतालमा उपचार गर्न जाँदा स्वास्थ्यबीमा कार्ड खोज्छ। उनले भनिन्‘रकम अभावका कारण बीमा गर्न सकिएको थिएन। कैयन पटक औषधि किन्न नसक्दा घर बिरामी लुकाएर बसिन्थ्यो ।अब गाउँपालिकाले दिएको स्वास्थ्य बीमा कार्ड लिएर अस्पताल गइन्छ। औषधि उपचार सेवा लिइन्छ।’
मेहता उदाहरण मात्र हुन्। उनी जस्ता अति विपन्न नागरिकको सुचीमा रहेका सयौँ जनाको गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विपन्न तथा गरिव नागरिकको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा गरेको बीमा कार्ड हातमा परेपछि स्थानीय गरिव तथा विपन्न परिवार खुशीले  दंग छन्।गाउँपालिका अध्यक्ष अजमल आजादले पालिका भित्रका अतिविपन्न नागरिकको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएको बताए। उनले भने,‘यहाँका कैयन विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन। जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ। ’
प्रत्येक वडामा गएर स्वास्थ्य बीमा कार्ड बाड्ने भाेक्राहा नरसिंह गाउँपालिकाको तयारी छ । स्थानीय तह निर्वाचन सकिएको तिन महिनापछि साउन महिनामा  स्वास्थ्य बीमा कार्ड वितरण कार्य वडा नम्वर ४ बाट प्रारम्भ भएको थियोे ।
हाल सम्म ८ वटै वडाका ५० /५० जना र गरिव तथा विपन्न परिवारका सदस्य ७० जनाकाे गाउँपालिका अध्यक्ष अजमल आजादले स्वास्थ्य बिमा गरिएको गाउँपालिका स्वास्थ्य विमा संयाेजक असफाक अंसारीले दाबी गरे ।उता गाउँपालिकाले थालेको यो कार्य प्रति स्थानीय उत्साहित भएको भाेक्राहा नरसिंह वडा नम्बर ६ का कमली सदा बताउँछन् । उनले भनिन्,‘स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा निकै प्रभावकारी ल्याउने देखिन्छ। रोग पालेर बसेका नागरिकका लागि निकै राम्रो छ।
त्यस्तै ’ प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे भने जनतासँग प्रत्यक्ष सराेेकार राख्ने कार्यले स्थानीय सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि कति संवेदनशिल छ भन्ने प्रमाणित भएको बताउँछन्।
उनलेे भने वार्षीक १ लाखको सेवा पाउने स्वास्थ्य बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ।  ओपीडी सेवा,ल्याब,भर्ना,औषधीदेखि लिएर  फार्मेसी परामर्शलगायत सेवा नि:शुल्क पाउने जानकारी दिए ।उनलेे बताएअनुसार कुनैपनि परिवार अति गरिबको सूचीमा छ भने हामीले उनीहरूकाे नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
अधिकृत घिमिरेले प्रतिवद्वता व्यक्त गर्दै भने हरेक कुराको एउटा सीमा हुन्छ। कुनै कार्यक्रममा सरकारले असीमित सेवा सुविधा दिने हो भने राज्यको ढुकुटीमा रहेको पैसाले पनि धान्न गाह्रो हुन्छ।
स्थानीय सरकारले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको हो। यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो। संविधानले पनि व्यवस्था गरेको छ। आधारभुत स्वास्थ्य सेवा निःशुल्क छ। त्योभन्दा माथिका सेवा दिन यो योजना ल्याइएको जानकारी दिए ।उनलेे भने स्वास्थ्य बीमा दाबी अरूभन्दा सहज छ। अरू बीमामा जो बीमित हो उनीहरूलाई आफैं दाबी गर्न जानुपर्छ। यसमा जुन सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिएको छ त्यो सेवा प्रदायक संस्था आफैंले दाबी गर्छ।
बीमितलाई कार्डको व्यवस्था गरिएको हुन्छ। त्यसैले सेवाप्रदायक संस्थाले रकम लिन्छ। कार्डमा पैसा हुँदासम्म सेवा दिन्छन्। के सेवा दिएको हो भन्ने सेवा प्रदायक संस्थाले स्वास्थ्य सेवा बोर्डमा दाबी गर्छ। त्यसको आधारमा सेवा प्रदायक संस्थाले रकम पाउँने गरेकोे जानकारी दिए ।

Tags: ४ सय ७०अजमल आजादलेअध्यक्षगरिव तथा विपन्नगरेजनाकाेनिःशुल्कपरिवारकाबिमाभाेक्राहा नरसिंहकासदस्यहरूलाई

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist