• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कमिसनकाे लोभमा गुणस्तरहीन बियर बजारमा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ १६ गते, ७:३३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
कमिसनकाे लोभमा गुणस्तरहीन बियर बजारमा
43
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- हिमाल, पहाड र तराईका भित्रि भागदेखि सहरसम्म जताततै अहिले नाम चलेका दर्जन ब्रान्डका बियर बिक्री भइरहेको छ। खाद्यान्न पसलदेखि तारेहोटलमा बिक्री भइरहेको बियरको गुणस्तरमा प्रश्न खडा भएको छ। पाँचतारे होटलको पार्टीमा प्रयोग भएका बियरमा समेत उपभोगका लागि तोकिएको म्याद सकिन केही दिनमात्रै बाँकी रहेको पाउन सकिन्छ।
केहीदिन अगाडिमात्रै एभरेष्ट होटलमा एक व्यवसायीले दिएको पार्टीमा प्रयोग गरिएको बियरको उपभोग्य मिति सकिन २० दिनमात्रै बाँकी रहेको अवस्था थियो। अहिले उपत्यकाको अधिकांश रेष्टुराँमा बिक्री भइरहेको बियरको म्याद २० देखि एक महिना बाँकी रहेको अवस्थामा पाउन सकिन्छ। धेरै भिडभाड हुने ठाउँमा उपभोग्य मिति सकिएको बियर खुलेआम बिक्री भइरहेको छ। यसरी बिक्री भइरहेका बियरमा पनि सबैभन्दा बढी समस्या बडवाइजरमा देखिएको छ।
उपत्यकाबाहिरको सहरी क्षेत्रका रेष्टुराँहरूमा नै म्याद ग्रुजिएको बडवाइजर बियर बिक्री भइरहेको छ। बियर उत्पादन कम्पनीहरूले समेत बजारमा उत्पादनअनुसार बियरको खपत नहुँदा केही समस्या देखिएको बताइरहेका छन्। बडवाइजर बियर उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सशिन जोशीले बियरको खपत कम हुँदा उपभोग्य मिति सकिन लागेको बियर बजारमा देखिन थालेको बताउँछन्।
बडवाइजरमा मात्रै नभइ सबैमा समस्या देखिएको उनको भनाइ छ। उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म पुग्ने बियरको कतिपय अवस्थामा म्याद ग्रुजिएको हुनसक्ने उनले स्वीकारे। तर उद्योगले उपभोग्य मिति सकिएको बियर बिक्री नगर्न सचेत गराएको उनको भनाइ छ।
‘सबै बियर उत्पादन कम्पनीले विगतका वर्षहरूमा जस्तैगरी समरका लागि बियर उत्पादन गरेका थियौँ,’ उनले भने, ‘तर विगतको वर्षहरूको तुलनामा बियर बिक्री सिजनमै ३५ प्रतिशतसम्म घटेका कारणसमेत केही समस्या आएको हो।’
बडवाइजरमा किन समस्या?
बियर खपत कम हुँदा सबैभन्दा ठूलो मारमा बडवाइजर परेको छ। अन्य बियर उत्पादन कम्पनीले बियरको उपभोग्य मिति ९ महिना राख्दै आए पनि बडवाइजरले भने ताजा बियर खुवाउने भन्दै ६ महिनाको म्याद राखेर उत्पादन बजारमा पठाएको थियो।
उदाहरणका लागि पुस १ गते उत्पादन भएको बडवाइजर बियर जेठ ३० गते उपभोग्य मिति सकिन्छ। तर अन्यले भने ९ महिनाको समय राख्दा भदौ ३० गतेसम्म बियरको उपभोग्य मिति राखेर पठाउँदा अन्यलाई सहज भएको एक बियर उत्पादक कम्पनीका सञ्चालकले बताए। बजारमा अहिले बडवाइजरका मे ३० तारेखसम्मको उपभोग्य मिति भएको बियर बिक्री भइरहेको छ।
‘सुरुमा अन्य बियर कम्पनीको उत्पादनभन्दा आफ्नो बियर राम्रो र गुणस्तरको देखायन ६ महिनाको समय राख्दा अहिले उनीहरू समस्यामा बढी फसेका हुन्,’ उनले भने, ‘यसो भन्दै गर्दा अन्य कम्पनीको बियर उपभोग्य मितिमा समस्या नरहेको भने होइन। समस्या सबैमा छ। राज्यको कानूनी जटिलताका कारणले पनि समस्या उत्पन्न भएको हो।’
किन बजारमा उपभोग्य मिति सकिएको बियर बिक्री भइरहेको छ?
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही महिना अगाडि गरेको बजार अनुगमनका क्रममा बियरहरूले बदमासी गर्दै उपभोग्य मिति सकिएको बियर बिक्री भइरहेको विषय उजागर भएको थियो। कतिपय डिलरले त आफै उपभोग्य मिति समेत सच्याउँदै बियर बिक्री गर्ने गरेको फेला परेको थियो। त्यति मात्रै होइन पोखरामा वकिलहरूको पिकनिकमा लगेको बडवाइजर बियरको म्याद सकिएको फेला परेको थियो।
किन म्याद सकिएको बियर उपभोक्तासम्म पुग्छ?
एउटा सरकारी नीतिगत जटिल व्यवस्था र अर्को डिलरहरूको कमिसन लोभमा गुणस्तरहीन बियर बजारमा गइरहेका छन्। डिलरले कसरी बदमासी गर्छन् भने- उद्योगसँग सुरुमै कुनै पनि अवस्थामा बियर उद्योगमा फिर्ता नलैजाने गरी ५ प्रतिशतसम्म नगद कमिसन बुझ्छन्। डिलरले म्याद सकिएको बियर न त बजारबाट उठाउँछ न त आफ्नो गोदाममा भएका म्याद सकिएका बियर उद्योगमा नै पठाउँछ। उद्योगमा फिर्ता नपठाउनुको प्रमुख कारण पहिले नै उद्योगसँग लिएको कमिसन हो।
अर्को म्याद सकिएको बियर नष्ट गरेर अन्त:शुल्क रकम फिर्तामा सहजता नहुनु नै हो। म्याद सकिएको बियर नष्ट गर्दा व्यवसायीले अन्त:शुल्क स्टिकर वापतको रकम फिर्ता पाउँछन्। तर अन्य लागत भने खेर जान्छ।
अन्त:शुल्क फिर्ता लिनका लागि पनि उद्योगले नै बियर आन्तरिक राजस्वका प्रतिनिधिको रोहबरमा नष्ट गरेर अन्त:शुल्क दाबी गर्नु पर्छ। तर डिलर लगायतका अन्य संरचनाले अन्त:शुल्क फिर्ताका लागि दाबी गर्न पाउँदैनन्। व्यवसायीले पनि डिलरहरूलाई उद्योगबाट उत्पादन भएर बजारमा गएको बियर फेरि उद्योगकै फिर्ता नगर्ने वातावरण बनाएका हुन्छ। एक बियर उत्पादन कम्पनीका काम गर्ने कर्मचारीका अनुसार बियर उत्यादन गर्ने उद्योगले डिलरलाई बियर दिँदा बजारबाट बियर फिर्ता गर्न नपाउने गरी केही प्रतिशत कमिसन दिएका हुन्छन्।
ती कर्मचारीका अनुसार डिलरलाई उद्योगले दुईदेखि तीन प्रतिशत कमिसन एडभान्स दिएर बियर बजारमा पठाउँछन्। कमिसनसँगै उद्योगको सर्त हुन्छ, बियर जसरी भएपनि बिक्री हुनु पर्छ र उद्योगले म्याद सकिए पनि बियर फिर्ता लिँदैन।
डिलरले पनि उद्योगीसँग एडभान्समा कमिसन लिएर बियर उठाउँछन्। उपभोग्य मिति सकिँदा पनि बियर बिक्री नभएको अवस्थामा डिलरले म्याद सकिएको बियर उद्योगमा फिर्ता गर्न पाउँदैन। जसका कारण डिलरले म्याद सकिएका बियर जसरी पनि बजारमा पठाउने ती कर्मचारीले बताए।
डिलरहरूले सबैभन्दा बढी बियर सहरी क्षेत्रको बढी भिडभाड हुने ठाउँमा तथा पार्टीहरूमा पठाउँछन् कि त पहाडतिर पठाउँछन्। भिडभाड तथा ठूला पार्टीमा कसैले पनि बियरको उत्पादन मिति र प्रयोग गर्न सकिने मिति हेर्दैनन्। यसरी कमिसनको लोभमा गुणस्तरहीन बियर बजारमा जाने गरेको छ। सहरी क्षेत्रकै गौदाममा म्याद सकिएका बियर छन् भने पहाडी क्षेत्रमा कति होलान्? एक डिलरले भने, ‘पहाडी क्षेत्रमा त बियरको पनि उपभोग गरिसक्नु पर्ने मिति हुन्छ र? भनेर प्रश्न गर्ने ग्राहक भएका कारण डिलरहरूले गुणस्तरहीन बियर बिक्री गरिरहेका छन्।’
कसरी पाउँछन् अन्त:शुल्क फिर्ता?
उद्योगबाट उत्पादन भएपछि ब्रिक्री नभइ म्याद सकिएका बियर नष्ट गराउँदै उद्योगले अन्त:शुल्क फिर्ता लिन पाउने आन्तरिक राजस्व विभागको भनाइ छ।
अन्त:शुल्क फिर्ताका लागि म्याद सकिएको ३० दिनभित्र उद्योगले दाबी गर्दै सम्बन्धित कर कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। निवेदनपछि कार्यालयको सिनियर कर अधिकृतको नेतृत्वमा जिल्ला प्रशासनका प्रतिनिधि, अन्त:शुल्क अधिकृत, करदाताका प्रतिनिधि र उद्योग वाणिज्यको प्रतिनिधिसहितको पाँच सदस्यीय समिति गठन हुन्छ।
समितिले बियरको म्याद सकिएको हो भने मुचुल्का नै गर्नुपर्छ। समितिले कति मूल्यको तथा कति परिमाण हो भनेर मुचुल्का उठाएपछि परिमाणका आधारमा अन्त:शुल्क फिर्ता पाउँछन्। एक लाख रुपैयाँसम्म अन्त:शुल्क कार्यालयबाट नै फिर्ता हुने र एक लाखभन्दा माथिको हकमा आन्तरिक राजस्व विभागबाट हुन्छ। तर, ३० दिन नाघिसकेपछि भने अन्त:शुल्क फिर्ताका लागि निवेदन दिन पाइँदैन। अहिले बियरको अन्त:शुल्क प्रतिलिटर २२५ रुपैयाँ रहेको छ।
पहिले ‘तत्काल’ भन्ने शब्द राखिएको थियो र पछि व्यवसायीले नै ‘एक महिना भए पुग्छ’ भनेर नै एक महिना राखिएको विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। कानूनसम्मत रुपमा आएकाका हकमा विभागले काम गर्ने उनको भनाइ छ।

Tags: कमिसन लोभमागुणस्तरहीनबजारमा ल्याउदैबियर

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist