• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

महानगरको एक वर्षको खाजा खर्च २ करोड ३९ लाख

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ १९ गते, ६:३४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
महानगरको एक वर्षको खाजा खर्च २ करोड ३९ लाख
19
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा  खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३९ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।
पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ । ‘नगरपालिकाले बैठक तथा कार्यक्रम सञ्चालनका लागि लागत अनुमान तयार गरी खर्च लेख्नुपर्दछ । नगरपालिकाले विविध बैठक तथा कार्यक्रम सञ्चालनार्थ खर्च भएको उल्लेख गरी पुष्ट्याइँबेगर केवल बिल भरपाइमात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना वापतको खर्च लेखेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसरी खर्च लेखेबाट वास्तविक रुपमा खर्च भएको हो, होइन यकीन भएन ।’
महालेखाले विभिन्न ९ वटा होटलमा विविध बैठक तथा कार्यक्रममा खाजा खानाका लागि ठूलो रकम खर्चिएको उल्लेख गरेको छ । महालेखाले होटल एल्लो प्यागोडामा डिनर र स्न्याक्सका लागि ६० हजार ३६ रुपैयाँ, होटल आहन्त इनमा ५० हजार २८५ रुपैयाँ, माउन्ट कैलाश रिसोर्ट प्रालिमा ९७ हजार, टीका रिसोर्टमा २ लाख ८६ हजार, जिन्जर गार्डेन रेस्टुरेन्टमा १ लाख १७ हजार, कुमार रेस्टुरेन्टमा २ लाख ४ हजार रुपैयाँ तिरेको उल्लेख गरेको छ ।
महानगरले सबैभन्दा बढी विभिन्न भौचरमा पटक–पटक गरी ११ लाख रुपैयाँभन्दा बढी होटल शुभकामनालाई खाजाखानाको नाममा बिल भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
महानगरले चालु आर्थिक वर्षको ६ महिनाभित्रै ८ लाख रुपैयाँ चियापानमा मात्रै खर्च गरेको छ । अनलाइनखबरलाई प्राप्त विवरणमा चालु आर्थिक वर्षको ६ महिनामा ८ लाख २१ हजार रुपैयाँ चियाखर्च र ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

करार कर्मचारीमाथि महालेखाको प्रश्नैप्रश्न

महालेखाले महानगरमा विभिन्न पदमा जागिर खाइरहेका करारका कर्मचारीको तलबलाई पनि बेरुजु शीर्षकमा राखेको छ । विभिन्न पदका १५८ जना कर्मचारीले एक वर्षमा तलबवापत पाएको ५ करोड ४१ लाख २३ हजार रुपैयाँ बेरुजु देखाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामका लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गनुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न नसक्ने व्यवस्था छ ।

महालेखाले दरबन्दी नहुँदा पनि करार सेवामा कर्मचारी राखेर खर्च गरेको उल्लेख गरेको छ । जसमा महानगरको सूचना अधिकृतदेखि प्राविधिक तथा स्वास्थ्यकर्मीहरुसमेत दरबन्दीबाहिर सेवा करारमा राखेको प्रतिवेदनले देखाएको छ ।

अहिले पनि महानगरमा २६६ जना करार कर्मचारी कार्यरत रहेको महालेखाले प्रतिवेदनमा उल्लेख छ । महालेखाले करारका कर्मचारीलाई मात्रै वार्षिक ४ अर्ब १६ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको जनाएको छ । ‘पालिकाले स्थायी पदपूर्तिका लागि माग गरी करार सेवामा न्यूनीकरण गर्नुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै पशु विकास शाखामा पनि दरबन्दी बाहिरको सेवा करार कर्मचारी राखेको महालेखाको प्रतिवेदनले देखाएको छ । तत्कालीन समयमा प्राविधिकमा कार्यरत कर्मचारीको दरबन्दी मिलान भइसकेपछि पनि थप ४ जना सेवा करारमा कर्मचारी राखेको भन्दै महालेखाले प्रश्न उठाएको हो ।

महालेखाको प्रतिवेदनले पशु विकास शाखामा प्राविधिकलाई कार्यालय सहायक शीर्षकमा करार सेवाको नियुक्ति दिएको जनाएको छ । उनीहरुको तलबमा मात्रै ११ लाख ५६ हजार रुपैयाँ खर्च भएको महालेखाले देखाएको छ ।

जिम्मेवारी सकियो, कर्मचारी कायमै !

स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ८३ (८) बमोजिम नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ ।

महानगरले सोही कानुनी व्यवस्थामा टेकेर साविक पश्चिम नेपाल ग्रामीण खानेपाली आयोजनाका लागि इन्जिनियर, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगी पदमा पदपूर्ति गरेको थियो । तर, ती करार कर्मचारीको कर्मचारीको समयावधि सकिँदासम्म सेवामै राखिरहेको भन्दै महानगरप्रति महालेखा प्रश्न उठाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले महानगरले आयोजनाको काम सकिएपश्चात पनि करार सेवामै राखिराखेको भन्दै १० लाख ७६ हजार रुपैयाँ बेरुजु देखाएको छ ।

Tags: २ करोड ३९ लाखएक वर्षकोखाजा खर्चमहानगरको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist