• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन तथा निरिक्षण

इनरुवामा शिक्षा सुधारको लागि ज्ञापन पत्र

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ २२ गते, १७:५७ बजे प्रकाशित
in FEATURE, कला, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन तथा निरिक्षण
26
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्लाको सदरमुकाम भएर पनि शिक्षा क्षेत्रको विकास सन्तोशजनक नभएको भन्दै सुनसरीको इनरुवा नगरपालिकामा शिक्षाका सरोकारबालाहरुले ज्ञापन पत्र बुझाएका छन् । गत वैशाख ९ गते सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको भेलाले नगरस्तरीय महासंघ गठन गरेको दोस्रो महिनामा महासंघको तर्फबाट इनरुवा शिक्षा समिति, नगरपालिका र सरोकारबालाहरुसंगको समन्वयमा सबै सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन तथा निरिक्षण गरीएको थियो । सोही अनुगमनका क्रममा देखिएको सवालहरुलाई समेटिएर विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट नगरप्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । पदाधिकारीहरु र सदस्यहरुले अनुगमन गर्दा धेरै समस्याहरु र सवालहरु देखिएपनि तत्काल सामान्य इन्धन सहित सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
महासंघले यहाँ विद्यालयमा शिक्षक र विधार्थी अनुपात नमिलेको र केही आधारभुत विद्यालयको कक्षा ५ सम्म तह शिक्षक कम भएकोले यसको व्यवस्थापन गर्न स्वयम सेवक शिक्षाक तथा दरबन्दी मिलान र आन्तरिक शिक्षक सरुवाको निति अबलम्बन गर्नुपर्ने ।
त्यसैगरी शिक्षक र विधार्थी अनुपात मिलेको भएपनि केही विद्यालयमा विषयगत शिक्षकको अभावदेखिएकाले नगरपालिकाले शिक्षा ऐन, कानुन, कार्यविधि र नियमावली निर्माणगरि नीजिस्रोतबाट कम्तीमा ३० जना शिक्षकको व्यवस्था मिलाउनुपर्ने, अग्रेंजी माध्यमको कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई किताव किन्न थप रकमको व्यवस्था अभिलम्ब गर्नुपर्ने , गरिब ,विपन्न र दलित समुदायका बालबालिकाहरु चप्पल विना आउने भएकाले उनीहरुलाई चप्पल वा जुत्ता, झोला, स्टेस्नरी सहितको व्यवस्था अभिलम्ब गर्नुपर्ने सुझाव दिएका छन् ।।उता बाल विकास केन्द्रहरु निष्कृय र जागिर खाने थलोको रुपमाकेही देखिएकाले अनुगमन गरि व्यवस्थापन गर्नुपर्ने र अस्तव्यस्त भएकालाई कारवाहीको दायरामा ल्याउनुपर्ने । त्यसैगरी ज्ञापन पत्रमा नगरक्षेत्रका प्रत्येक वडामा कम्तीमा एक । एक वटा नमुना विद्यालय बनाउनका लागि नीति र कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याउन कम्तीमा प्रत्येक विद्यालयमा १० लाख रुपियाँ बजेटको व्यवस्था गर्नुपर्ने माग अघि सारेको उपाध्यक्ष विश्वनाथ ओझाले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा शसत्र कार्यक्रम बाहेक आवश्यकतामा आधारित स्थलगत अनुगमन तथा निरीक्षण गरेर उचित बजेटको व्यवस्था अभिलम्ब गर्नुपन, विद्यालयहरुमा निर्माण भएका भवनहरु अधुरा रहेकोर झ्याल ढोका समेत नभएकोले ( सरस्वती मावि बबिया, त्रिभुवन मावि डुम्राहा ) सहितलाई प्राविधिक मूल्याकन गरेर बजेट व्यवस्थापन गर्नुपर्ने भनिएको छ । उता कक्षा १० संचालन भएका विद्यालयहरु जस्ले कक्षा स्तोरोन्नती अर्थात कक्षा ११ को थप कक्षा अनुमती दिने व्यवस्था निर्णय सहित अभिलम्ब कार्यान्वयन गर्नुपर्ने , तहगत र विषयगत शिक्षक सरुवालाई अभिलम्ब कार्यान्वयन गर्नुपर्ने, प्रत्येक हप्ता अतिरिक्त कृयाकलाप कार्यक्रम गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्नुपर्ने भनिएको छ ।
त्यसैगरी प्रत्येक विद्यालयमा शिक्षक, विधार्थी, अभिभावक र स्थानीय तहको अचारसंहिता निर्माणगरि कार्यान्वयनमा ल्याउनुपर्ने , विद्यालयको शैक्षिकगुणस्तरका लागि प्रभावकारी अनुगमन संमयन्त्र निर्माण गरि कार्यान्वयनमा ल्याउनुपर्ने, उत्कृष्ट शिक्षक, स्मउट, उत्कृष्ट विधार्थी र उत्कृष्ट वा असल अभिभावक, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति सम्मान तथा पुरस्कार कार्यक्रम ल्याउनुपर्ने र त्यसका लागि कार्यविधि निर्माण गरि कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था गर्नुपर्ने सुझवा दिएका छन् । इनरुवा नगरक्षेत्रमा कम्पतीमा एउटा प्राविधिक धारको विद्यालय संचालनका लागि पहल गर्नुपर्ने, शिक्षा समितिको बैठक नियमित गर्नुपर्ने र पूर्णता दिनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउने कार्य महासंघका इनरुवा उपाध्यक्ष,(भगवती मविका विश्वनाथ ओझा), सचिव (देवकोटा आधारभुत विद्यालयका राकेश निरौला), उप सचिव(नेपाल राष्टिय माविका निर्मल कुमार खवास सिंह)कोषाध्यक्ष(जनहित आधारभुत विद्यालयका देवका दाहाल कोईराला)सदस्यहरु पुजा चौधरी(सिद्धार्थ आधारभुत विद्यालय), रामसुन्दर साह(जनकल्याण आधारभूत विद्यालय), कमल कार्की (जनता मा.वि.), शशि थापा मगर (बुढासुब्बा आधारभुत विद्यालय), सत्य नारायण शर्मा खत्वे ( शिशु निकेतन आधारभुत विद्यालय), उमाकान्दत मेहता (गणेश नेरा आधारभुत विद्यालय)को तर्फबाट सहीगर्ने महासंघ अध्यक्ष जयकृष्ण यादवले गर्नुभएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले दुई महिनादेखी सकृय रहेको भन्दै नगरप्रमुख केदार भण्डारीले आफू शिक्षालाई प्राथमिक्तामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Tags: इनरुवामाज्ञापन पत्रलागिशिक्षा सुधारको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist