• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कतारका राजदुत ढकालसँग केन्द्रिय सदस्य इकबाल अहमदको शिष्टाचार भेटघाट

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ २५ गते, १८:२३ बजे प्रकाशित
in FEATURE, कला, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कतारका राजदुत ढकालसँग केन्द्रिय सदस्य इकबाल अहमदको शिष्टाचार भेटघाट
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कतारका लागि नेपालका राजदूत डा. नरेश ढकाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमद बीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार बिहान राजदुतावासको कार्यालयमा केन्द्रिय सदस्य इकबाल अहमद र महामहिम राजदुत डा. नरेश ढकाल बीच भेटघाट भएको हो ।

नेपाल पत्रकार महासंघका अल्पसंख्यक विभागका प्रमुख समेत रहेका इकबाल अहमद र राजदुत ढकालबीच कतारमा बसेका नेपालीहरुको समस्या, कार्यालय व्यवस्थापनमा कठिनाई, दुवै देशको कानुनको प्रभाव, सम्बन्धलाई थप बलियो बनाउन आवश्यक पहलकदमी लगायतका विभिन्न विषयको बारेमा छलफल भएको थियो । त्यस्तै भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

विभाग प्रमुख अहमदले कतारमा नेपालीले पाइरहेको दुख र सास्तीको बारेमा समेत जानकारी गराएको छ । खासगरी श्रम क्षेत्रमा नेपालीहरुले भोग्दै आएको समस्याको समाधानको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । नेपालीहरुको सुरक्षा र सहजताको निमित्त दूतावासले काम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । कतारमा प्रमुख अहमदलाई नेपाली कामदारहरुले आफ्ना समस्याहरुको बारेमा ध्यानाकर्षण गराउनु भएको बताउदै सम्पुर्ण किसिमका समस्याहरुको बारेमा राजदुतलाई ध्यानाकर्षण गराएको बताएका हुन् । अहमदले नेपालबाट उत्पन्न भएका समस्याको बारेमा सुधार गर्न पहल गर्ने बताउदै कतारमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न राजदुतलाई आग्रह गर्नुभएको बताइएको छ ।

केन्द्रिय सदस्य अहमदले कतारमा जेल जीवन बिताइरहेका नेपालीहरुको रिहाईका सम्बन्धमा समेत चासो व्यक्त गरेका थिए । कतारले नेसनल डे को अवसरमा जेलमा रहेका नेपालीहरुलाई रिहाई गर्न राजदुतावास कार्यालयलाई कतार सरकार समक्ष छलफल गर्न आग्रह गर्नुभएको थियोे । यसैगरी प्रमुख अहमदले नेपाल सरकार समक्ष भेटघाट गरी सुझाव सहितको प्रतिवेदन बुझाउने बताइएको छ ।

छलफल तथा भेटघाटको क्रममा कतारका लागि नेपालका राजदूत डा. नरेश ढकालले समस्यामा परेका नेपालीहरुको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपालीहरुको समस्या समाधानको निमित्त आफू सदैव तयार रहेको बताइएको छ । राजदुत ढकालले कुनैपनि नेपालीलाई समस्या परे आफुलाई जानकारी गराउन नेपालीहरुमा आग्रह गरेका छन् ।

महामहिम राजदुत ढकालले पत्रकार महासंघका केन्द्रिय सदस्य इकबाल अहमदलाई रोजगारीको क्रममा नेपालमा हुने लापरबाही, सास्ती र ठगी लगायतका विभिन्न समस्याको समाधान गर्न आग्रह गरेका छन् । उनले दुई देश अन्तरको कानुन र भाषाको कारण नेपालीहरु समस्यामा परेको दाबी गर्नुभयो । कतार सरकारको नियम अनुसार कम्पनीने कामदारलाई निशुल्क भिजा र हवाई टिकट उपलब्ध गराउने प्रावधान रहेको बताउनुभयो । उनले यस प्रकरणलाई केलाउदै नेपालमा मेन पावर र एजेन्टहरु खुलेआम रुपमा ठगि धन्धा चलाएको बताउदै श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराउन केन्द्रिय सदस्य अहमदलाई आग्रह गरेका छन् ।

राजदुत ढकालले कार्यालयमा कर्मचारी अभाव रहेको भन्दै कर्मचारी माग गर्नुभएको बताइएको छ । आफुले कतार आएपछि कार्य सेवा सुधार आएको दाबी गर्नुभयो । उनले कामदारको हकमा इन्स्योरेन्स मार्फत सरकार सँग सिधा जोडिने कार्ययोजना अघि सारेको बताएका छन् ।

भेटघाटको क्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम मिया, पत्रकार तथा युवा समाजसेवी अजमल अन्सारी लगायत विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Tags: इकबाल अहमदकोकतारका राजदुतकेन्द्रिय सदस्यढकालसँगशिष्टाचार भेटघाट

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist