इनरुवा । नेपाल विधार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समिति इनरुवाले ११/१२ को कक्षा बिहान सञ्चालन गर्नका लागि सुनसरी बहुमुखी क्याम्पस इनरुवाका प्रमुख इनु भट्टराईलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
नेविसंघ इकाई समितिले पटक–पटक ११/१२ को कक्षा बिहान सञ्चालन गर्न ध्यानाकर्षण गराएकोप्रति क्याम्पसले वेवास्ता गरेको हुदाँ ज्ञापनपत्र मार्फत आज ध्यानाकर्षण गराएको हो । ११/१२ को दिउँसो कक्षा सञ्चालन हुदाँ विधार्थीहरुको संख्या घट्दै गएकोप्रति नेविसंघको ध्यानाकर्षण भएपनि क्याम्पस प्रमुखले कुनै वास्ता नगरेकाले आर्थिक भार समेत बेहोर्नु परेको जारी ज्ञापनपत्रमा उल्लेखित छ ।
नेपाल विधार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज मियाँ (हुसेन) द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘दिउँसो कक्षा सञ्चालन हुदाँ विधार्थीको संख्या ६ सय बाट तीन सयमा पुग्न गएको र प्रशासनिक खर्च पनि पाँच लाख ७५ हजार लगभग वार्षिक भार क्याम्पसलाई थेग्नु परेकोले क्याम्पस हाल घाँटामा छ ।’
क्याम्पसमा दिउँसो कक्षा सञ्चालनले विधार्थीहरुको संख्या ह्वातै घटेकोले कक्षा बिहान सञ्चालन गर्नुपर्ने नेविसंघले जोडदार माग गरेको छ । बिहानको समयमा विधार्थीहरु अध्ययन गर्ने र गरिब तथा अति विपन्न वर्गका विधार्थीहरुले दिउँसो काम गरेर क्याम्पस शूल्क तिर्न सक्ने सम्भावनालाई क्याम्पसले नेविसंघको मागलाई सम्वोधन गर्नुपर्ने जारी ज्ञापनपत्र उल्लेख छ ।
बिहान कक्षा सञ्चालन गर्नसके क्याम्पसमा विधार्थीहरुको संख्यापनि बढ्ने र क्याम्पसलाई आय श्रोत बढी हुने भएको हुदाँ क्याम्पस नाफा जाने सम्भावनालाई क्याम्पसले ध्यानमा राखी कक्षा सञ्चालन गर्न आलटाल गरे नेविसंघ थप संघर्षको कार्यक्रमहरु गर्न बाध्य हुने नेविसंघ इकाई समितिका सभापति हुसेनले चेतावनी दिएका छन् ।
यता सुनसरी बहुमुखी क्याम्पका प्रमुख इनु भट्टराईले ज्ञापन पत्र बुझदै यस विषयलाई गम्भिरताका साथ लिएकोले क्याम्पसको सञ्चालक समितिको बैठकमा छलफल गरेर निकास निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post