• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सीमावर्ती भारतकै व्यापारीले लिन छाडे भारतीय रुपैयाँ

भारतीय रुपयाँ भन्दा नेपाली मुद्रामै गर्छन् कारोबार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० असार १५ गते, २२:१५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सीमावर्ती भारतकै व्यापारीले लिन छाडे भारतीय रुपैयाँ
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर। विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्।

उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको दर सस्तो भएको छ। भारतमा प्रतिदिन नेरुको माग बढिरहेको छ। त्यसैले जोगबनीका व्यवसायीले पनि नेरु नै माग्न थालेका हुन्।

सीमावर्ती बजारमा भारुको दर सस्तो हुन थालेको ८ महिना भएको छ। भारुको दर सीमापारिको बजारमा २०७९ मंसिरमा सबैभन्दा पहिले १५६ रुपैयाँ भएको थियो। त्यसको दुई महिना नपुग्दै माघको १५ मा १५० रुपैयाँमा झर्‍यो। त्यसपछि कहिले १५२, कहिले १५५, १५६ हुँदै एक महिनायता १५० मा स्थिर भएको छ।

जोगबनीको हरियाणा फेन्सी स्टोरका सञ्चालक नरेन्द्र गोयलले आफ्नो पसलले भारुका कारोबारीसँग नेरु १५० का दरले भारुको खरिद गरिरहेको बताए। ‘कपडाको आपूर्ति गर्ने भारतका कम्पनीलाई हामीले भारुमै भुक्तानी दिनुपर्छ। त्यसैले नेपालका ग्राहकलाई सामान बिक्री गरेर उनीहरूबाट प्राप्त नेरुलाई भारु बनाउनै पर्छ,’ उनी भन्छन्, ‘कुनै समय हामीले १ सय भारु खरिद गर्न नेरु १६६ सम्म दिनुपरेको थियो। अहिले भने १५० मै पाइरहेका छौं। त्यसैले हामी नेपालका ग्राहकले भारु हैन नेरु नै दिऊन् भन्ने चाहन्छौँ।’

नेपालका सीमावर्ती भारतीय बजारमध्ये जोगबनी मात्र एक यस्तो बजार हो, जहाँ सधैं नेरुमै कारोबार हुँदै आएको छ। जबकि वीरगंजको सीमावर्ती भारतीय बजार रक्सौल, भैरहवाको सुनौली, नेपालगञ्जको रुपैडिया, काँकडभिट्टाको पानीटंकी वा बागडोगरा कतै पनि नेरु चल्दैन।

त्यस्तै जोगबनीको कलकत्ता क्लोथ स्टोरका सञ्चालक कमल तापडिया ‘सिकन्दर’ले पनि खुला बजारमा भारुको दर घटेर १५० मा स्थिर भएको जानकारी दिए। यता नेपालतर्फका सीमावर्ती बजारमा पनि व्यवसायीले भारु लिन छाडेका छन्।

पेट्रोल पम्पहरूले सूचना नै टाँसेर भारु नलिने जनाएका छन्। ‘भारुमा भुक्तानी लिएर हामी कहाँ साट्न जाने ?,’ पेट्रोलियम व्यवसायी एवम् श्री तिरुपति ट्रेडिङका सञ्चालक आनन्द मारूले बिजमाण्डूसँग भने, ‘बजारमा कतै भारु बिक्दैन। बिकिहाले पनि १५० का दरले खरिद गर्छु भन्छन्। अनि जानीजानी घाटाको व्यापार किन गर्नु ? त्यसैले भारु नै नलियो, टन्टै साफ।’

सर्वसाधारणलाई १६० नै

व्यवसायी र ठुला कारोबारीले नेरु १५० मा भारु १ सयको खरिद गरिरहेका भए पनि सर्वसाधारणलाई भने १६० नै परिरहेको छ। किनकि मुद्राका अवैध कारोबारीहरू सर्वसाधारणसमक्ष आइपुग्दैनन्। उनीहरू व्यवसायीसित मात्र जान्छन्।

यसैबीच पूर्वका सटही काउन्टरहरूको व्यवसाय अहिले ठप्पजस्तै भएको छ। ‘विराटनगरमा मात्र १८ वटा सटही काउन्टर छन्,’ स्वस्तिका सटही काउन्टरका सञ्चालक रवीन्द्र निरौलाले भने, ‘तर हामीसित भारु लिन कोही आउँदैन। बरु भारु लिनुस्, नेरु दिनुस् भन्दै आउँछन्।’

निरौलाले काउन्टरमा फाट्टफुट्ट आउने ग्राहकलाई नेरु १६० कै दरले भारु दिइरहेको जानकारी दिए। जबकि काउन्टरहरूले कुनै समय १ सय भारुको नेरु १६६ सम्म लिने गर्थे।

मारमा होटल र हस्पिटल

खुला बजारमा भारतीय मुद्राको मूल्य घटेसँगै नेपालका अस्पताल र होटलहरू मारमा परेका छन्। विराटनगरस्थित न्यूरो अस्पतालका प्रबन्ध निर्देशक अनिशा विष्टले आफ्नो अस्पतालमा भारु १ सयलाई नेरु १५७ को दर तोकिएको जानकारी दिइन्।

प्रबन्ध निर्देशक विष्टले भनिन्, ‘हामीले १५७ को दर तोकेर कुनै अन्याय गरेका छौँ भन्ने लाग्दैन। किनकि संकलित भारु हामी १५५ मा बेच्न खोजिरहेका छौं। तर पनि बिकिरहेको छैन।’ उनले भारुको दर घटेका कारण भारतीय बिरामी आउने क्रममा पनि ह्रास आएको उल्लेख गरिन्।

विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले पनि अस्पतालले नेरु १५५ का हिसाबले भारु १ सय लिइरहेको जनाए।

‘भारु सर्वत्र फालाफाल छ, जोगबनीकै व्यापारी हामीसित भारु लिन मानिरहेका छैनन्,’ उनले भने, ‘हामीसित भएको भारु कहाँ लगेर बिक्री गर्नु भएको छ। आउने बिरामीलाई उपचार गर्दिन पनि भन्न सकिन्न।’

विराटनगर आँखाको उपचारका लागि हब मनिन्छ। यहाँ सानाठुला गरी १२ वटा आँखा अस्पताल छन्। ती अस्पतालका मुख्य सेवाग्राही भारतीय नै हुन्। छिमेकको विहार राज्यमा सुविधासम्पन्न आँखा अस्पताल नभएकाले भारतीयहरू आँखा उपचार गर्न विराटनगर आउने गर्छन्।

यसबाहेक विराट नर्सिङ, विराट टिचिङ अस्पताल, नोबेल मेडिकल, न्यूरो अस्पताल, आर्या न्यूरो लगायतका ठुला अस्पतालमा पनि भारतीयहरू उल्लेख्य मात्रामा आउँछन्। सबै अस्पतालले भारुको रेट घटाएका छन्।

सीमावर्ती क्षेत्रका होटलको झन् ठूलो समस्या छ। उनीहरू भारतीय ग्राहकलाई आउन निषेध गर्न सक्तैनन् किनकि सीमा क्षेत्रका होटलका मुख्य ग्राहक भारतीय पनि हुन्। भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपालको सीमा क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायले लय पक्रिएको छ। त्यस्तै भारतबाट नेपालका होटल र पार्टी प्यालेसमा आएर जन्मोत्सव, वैवाहिक वार्षिकोत्सव, राजनीतिक तथा पेसागत बैठक र विवाह गर्नेहरूको संख्या पनि प्रशस्त छ। दुई महिनाअघि विहारको अररिया जिल्लास्थित पत्रकार संघको अधिवेशन धनकुटाको भेडेटारमा गरिएको थियो।

‘तर हामीलाई अप्ठ्यारो छ’, होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले सुनाए, ‘भारतीय ग्राहक आउँछन्, बस्छन्, खान्छन र हिँड्ने बेलामा बिलको भुक्तानी गर्छन्। अन्तिम बिल बनाउने बेलामा डिस्काउन्ट गर्न पनि लगाउँछन् र १६० का दरमा भारु दिएर जान्छन्। विराटनगरका पर्यटकस्तरीय होटलले अहिलेसम्म भारुको दर घटाएका छैनन्। हामी भारु लिन्न भन्न सक्तैनौँ तर यसरी प्राप्त भारुलाई सरकारी दर १६० का मूल्यमा साट्न पनि सक्तैनौँ। साट्नु पर्‍यो भने १५० को दरलाई स्वीकार गर्नुपर्छ।’

असर प्लाइउड उद्योगीलाई

खुला बजारमा भारु सस्तो भएको असर प्लाइउड उद्योगीले ब्यहोर्नु परिरहेको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतले नगद अनुदान दिने नीति बनाएका थिए। पूर्व मन्त्री शर्माको यही नीतिका कारण गत साउनदेखि नेपालका उद्योगीले भारततर्फ प्लाइउडको निर्यातलाई आक्रामक रूपमा विस्तार गरेका छन्।

उत्पादनको निर्यात गरे पनि नेपालका प्लाइउड उद्योगी मारमा पर्नुको कारण भने भारुको घटेको मूल्य नै हो। स्रोतका अनुसार भारत सरकारले प्लाइउडमा जीएसटीको दर १८ प्रतिशत तोकेको छ। यही महँगो जीएसटीको रकम छल्न भारतका आयातकर्ताहरू नेपालका उद्योगीसँग ५० देखि ६० प्रतिशत न्यून विजकीकरणमा प्लाइउडको एलसी खोल्छन् र बाँकी रकम हुन्डीबाट पठाउँछन्।

नेपालका प्लाइउड निर्यातकर्ताले हुन्डीबाट पाउने रकम भारतीय मुद्रामै हुन्छ, जुन मुद्रा अहिले सस्तोमा बिक्री भइरहेको छ। यसरी भारुको मूल्यले प्लाइउडका निर्यातकर्ता संकटमा परेका छन्।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म २ अर्ब २५ करोड रुपैयाँको प्लाइउड भारततर्फ निर्यात भइसकेको छ। तर न्यूनविजकीकरण नहुने हो भने यसको वास्तविक मूल्य ५ अर्बभन्दा बढी हुने स्रोतको दाबी छ।

के हो कारण भारु सस्तो हुने ?

जानकारका अनुसार नेपालमा वैदेशिक रोजगारमा गएका नेपालीले वैधानिक बाटो छाडेर हुन्डीबाट रेमिट्यान्स पठाउनु नै भारु सस्तो हुने मुख्य कारण हो।

वैदेशिक रोजगारमा गएका नेपालीले त्यहाँका मुलुकमा पाएको आफ्नो पारिश्रमिक त्यहीँका हुन्डी कारोबारीलाई दिन्छन्। अहिले नेपालमा १ अमेरिकी डलरको मूल्य १३२ का हाराहारीमा छ। तर हुन्डी कारोबारीले नेपालका वैदेशिक रोजगारका घरमा १३५ का हिसाबले पारिश्रमिकको रकम घरमै उपलब्ध गराइदिन्छन्। यसरी अवैध मार्गबाट बढी रकम घरमा पुग्ने भएपछि वैदेशिक रोजगारमा गएका युवायुवतीले यही बाटो अपनाएका छन्।

उता अवैध हुन्डीका कारोबारीले वैदेशिक रोजगारमा गएका युवायुवतीले पाएको पारिश्रमिक संकलन गरेर त्यसलाई अमेरिकी डलरमा परिवर्तन गर्दछन् र त्यो अमेरिकी मुद्रा भारत पठाउँछन्।

भारतीय व्यवसायीलाई २ वटा कामका लागि ठूलो परिमाणमा अनौपचारिक तवरबाट आर्जित डलरको आवश्यकता छ।

पहिलो काम हो, न्यून विजकीकरणमा आएका मालवस्तुको भुक्तानी गर्न। खुला बजार र उदारीकरणको नीति अपनाए पनि भारत सरकारले थुप्रै वस्तुमा भन्सार महसुलको दर उच्च नै राखेको छ। त्यसैले भारतका व्यवसायीले अन्य मुलुकबाट आयात गर्नुपर्दा न्यून मूल्य राखेर एलसी खोल्छन्।

उनीहरूले आयात गर्न लागेको वस्तुको एलसीमा अंकित मूल्यभन्दा वास्तविक मूल्य धेरै हुन्छ। यसरी भारतीय आयातकर्ताले बैंकिङ च्यानलबाट विदेशको पार्टीलाई पठाएको अमेरिकी डलरले मात्र वस्तुको मूल्य भेट्तैन। यसका लागि उनीहरू अवैध हुन्डीको मार्गबाट विदेशका पार्टीलाई डलर पठाउँछन्। भारतको आर्थिक वृद्धिसँगै त्यहाँ उपभोग्य वस्तुको आयातको दर पनि उच्च भइरहेको छ। भारतका व्यवसायीलाई अनधिकृत डलर चाहिने एउटा मुख्य कारण यही हो।

जानकारका अनुसार अर्को कारण पनि छ, त्यो हो सुनको कारोबार। भारतमा लामो समयदेखि चीनबाट नेपाल हुँदै सुनको तस्करी भइरहेको छ। सुनको उक्त अवैध व्यवसायमा नेपालका केही व्यवसायी पनि संलग्न छन्। साथै भरियाको काम गर्नेमा अधिकांश नेपाली छन्। तर भारतीय वा नेपाली जो संलग्न भए पनि सुनको गन्तव्य भारत नै हो र स्रोत चीन नै हो। यसप्रकार भारतीय व्यवसायीले चिनियाँ पार्टीलाई भुक्तानी गर्नैपर्छ र त्यो भुक्तानी अमेरिकी डलरमै हुन्छ। त्यसैले सुनको गैरकानुनी कारोबारले पनि भारतमा अनधिकृत डलरको माग अत्यधिक भएको हो।

यो सुनको अवैध ओसारपसारमा केही नेपाली व्यवसायीको पनि लगानी छ। उनीहरू आफैँ डलरको व्यवस्था गर्छन् र चीनबाट सुन मगाउँछन्। त्यसपछि उनीहरू उक्त सुन भारत पठाउँछन् र त्यसको भुक्तानी भरसक अमेरिकी डलर नभए नेरुमा लिन्छन्। यसका लागि भारतीय खरिदकर्तालाई नेरु चाहिन्छ र उनीहरू खुला बजारमा सस्तोमा भारु विक्री गरेर नेरु खरिद गर्छन्।

त्यसो भए नेपाली रुपैयाँको माग किन उच्च छ र भारु किन सस्तो भइरहेछ त भन्ने प्रश्नको उत्तर आउन बाँकी नै छ।

जानकारहरू भन्छन्, वैदेशिक रोजगारीमा गएका नेपालीसित उनीहरूको पारिश्रमिक संकलन गर्ने हुन्डीका कारोबारीको सञ्जाल भारत र नेपालसम्म फैलिएको छ। ती कारोबारीहरू आफूले विदेशमा रोजगार गरिरहेका नेपालीबाट संकलन गरेको पारिश्रमिकलाई डलरमा परिवर्तन गरेर उक्त डलर भारत पठाउँछन्।

यसपछि यता नेपालमा वैदेशिक रोजगारका घरमा उनीहरूको रेमिट्यान्स नेरुमा पुर्‍याइदिने काम पनि तिनै हुन्डी कारोबारीले गर्छन्। त्यसैले उनीहरूलाई नेरुको ठुलो परिमाण चाहिएको हो। यसका लागि उनीहरू भारु दिएर नेरु बनाउँछन्। यही कारणले खुला बजारमा भारुको आपूर्ति र नेरुको माग अत्यधिक भएको हो।

भारुको मूल्य घटने र नेरुको बढ्ने कारण पनि यही हो। नेपालमा अहिले अमेरिकी डलरको मूल्य नेरु १३२ का हाराहारीमा छ। यही डलरको मूल्य दुबई, कतार, सिंगापुर, सउदी अरब, अमेरिकाजस्ता मुलुकका ग्रे मार्केटमा १३८ देखि १३९ रुपैयाँसम्म छ। स्राेत:बिमान्डु

Tags: भारतकै व्यापारीलेभारतीय रुपैयाँलिन छाडेसीमावर्ती

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist