इनरुवा । सुनसरी खोलामा आएको बाढी कारण नदीको तटीय क्षेत्रमा रहेको भोक्राहा नरसिंह गाउँपालिकाको केही वडा डुबानमा परेका छन् ।
सुनसरी खोलाका पानी सो गाउँपालिकाको नदी तटीय वडा नम्बर ४, ५ र ७ का गरिब तथा विपन्न परिवारका सदस्यीयहरूकाे घरमा पसेपछि सयौँ घर परिवार प्रभावित बनेका छन ।
खोलाको पानी वडा नम्बर ५ को बाबा पेपर मिल, टपरासहित वडा नम्बर ७ को तटीय क्षेत्रका बस्तीमा पसेको हो ।
विगत तीन दिनदेखि भईरहेको वर्षाको कारण यो क्षेत्रकै सप्तकोशी नदीपछिको सबैभन्दा ठूलो नदी सुनसरी खोलको पानी खतराको तहभन्दा माथि पुगेको छ ।
खोलाको बाढी नरसिंहमा पस्दा यहाँका स्थानीय जनताहरु रातभर बाढीको त्रासका कारण जाग्राम बस्न बाध्य भएको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ७ का वडाध्यक्ष बाैवालाल यादवले बताए ।
यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड ७ मा सुनसरी खोलाको बाढीले लगभग चार सयभन्दा बढी घरपरिवार बाढी बाट प्रभावित भएका छन् ।
यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड ७ मा सुनसरी खोलको बाढीले लगभग चार सय ७१ घर भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।
बाढीको कहरले प्रकृतिक संरचना देखि भगौलिक संरचनासम्म प्रभावित भएका छन्, (मानव, मन्दिर, बाटो, विद्यालय…) साथैँ भोक्राहा नरसिंह गापा वार्ड नं. वडा नम्बर ४ को मुसहरी बस्तीका करिव ३० परिवार ५, को राम टोल, दास टोल र सुकुम्बासी टोल बस्तीका १ सय ५० घरपरिवार विस्थापीत बनेका छन् भने वार्ड नम्बर ७ का खत्वे टोल, मण्डल टोल, रामजानकी मन्दिर उत्तर मण्डल टोलको सयौँ घरपरिवार बाढी बाट प्रभावित भएका छन् ।
त्यस्तै भोक्राहा नरसिंह गापा वार्ड नं. ५, को राम बस्ती, दास टोल र सुकुम्बासी टोलका गरी तीन सय घर परिवारभन्दा बढी डुबानको चपेटामा परेका छन् ।
वार्ड ७ को रामजानकी मन्दिर उत्तर मण्डल टोलको दर्जनौँ घर परिवार बाढीबाट प्रभावित भएका छन् ।
बर्षेनी सो क्षेत्रका स्थानीयहरु सुनसरी खोलाको बाढीबाट प्रभावित बन्ने गरेको भएपनि अहिलेसम्म पनि खोलाको पानी नियन्त्रणको लागि तटवन्ध निर्माण लगायतका उपायका विषयमा स्थानीय सरकारसहित कुनै पनि सरकारले चासो नदेखाउँदा उनीहरु वर्षमा एकपटक सुकुम्बासी झै घर छाडेर सुरक्षित स्थानको खोजीमा निस्कनु पर्ने अवस्थामा पुग्ने गरेका छन ।
वर्षोनी सुनसरी खोलामा आएको बाढीले भोक्राहा नरसिंह गाउँपालिकाका केही वडावासीहरुलाई विस्थापीत बनाउदैँ आएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका केही वडामा आएका बाढीले सयौँ घरपरिवार विस्थापीत बनाएपनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् ।बढीबाट विस्थापीत बनाउँदा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ का स्थानीय श्यामदेव मण्डल भन्छन् यसै क्षेत्रबाट संघिय सासंद र प्रदेश सासंद जिताएर पठाए हामीहरुले के पाए ।
वास्तवमा सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा पर्ने भोक्राहा नरसिंह गाउँपालिकाका जनताहरुको यतिबेला दिनचर्या फरक तरिकाले चलिरहेका छन् ।
बाढीले गर्दा कसैको घरमा चुलो समेत बाल्न सक्ने अवस्था छैन् । यतिबेला कसरी सुरक्षित हुने भनेर चिन्तीत बनेका छन् । उता केही पीडित घर छोडेर स्कुल पुगेका छन् भने केही सुरक्षित स्थानमा सरेका छन् ।










Discussion about this post