इनरुवा । सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० स्थित सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । कुटपिटमा संलग्न मध्ये एक जनालाइ प्रहरीले आइतबार राति पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बराहक्षक्षेत्र नगरपालिका स्थित महेन्द्रनगरकि १९ वर्षिय प्रिति लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार सामान्य विषयमा बिवाद हुदा कुटाकुट हुन पुगेकाे हाे । घटना असार २९ गते दिउसाे भएकाे बुझिएकाे छ । घटनामा ५ जनाकाे समुहले तिन जना माथी निर्घात कुटपिट गरेकाे देख्न सकिन्छ । १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको प्रहरीकाे भनाइ छ ।
यसरी कुटपिट गर्ने र कुटिने युवतीहरू एकै गाउँकाे रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । एकजना पक्राउ परेपनि अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकी प्रिती बिरूद्ध अभद्र व्यवहार अन्तरगत मुद्धा दर्ता गरी अदालतबाट एकसाताकाे म्याद थप भइ अनुशन्धान सुरू गरिउकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post