इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरि कार्कीको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाको प्रमुख आथित्यतामा भएको प्रथम गाउँपालिका सम्मेलनबाट गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएकाे हाे ।
साे समितिमा रमेश प्रसाद यादवको अध्यक्षतामा १५ सदस्य गाउँ महासंघ गठन गरिएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भोक्राहा नरसिंह गाउँपालिकाको उपाध्यक्षमा ब्रहमदेव उराँव, सचिवमा जगदिश यादव, कोषाध्यक्षमा जमालुदिन मंसुरी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शिवनारायण मेहता, शिवराम यादव, रामचन्द्र यादव, रामकुमार मण्डल, सिताराम यादव, हेमनारायण मण्डल र इशा अंसारी लगायतका चयन हुनुभएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post