चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।
लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीहरूलाई भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले निस्सा वितरण गरेको हो ।
भाेक्राहा नरसिंह गाउँपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम वडा नम्बर १ ढाेक बाट सुरू गरिएको र छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष अजमल अख्तरले जानकारी दिए।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने ‘पहिलो चरणमा सबै प्रक्रिया पुगेकालाई मात्रै निस्सा वितरण सुरु गरेका हौं’ उनले भने– ‘पुर्जा वितरणका लागि केन्द्रबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’
गाउँपालिकाकाे वडा नम्बर १ मा जम्मा ३ सय ९ वटा निवेदन दर्ता भएपनि २ वटा कागजात नपुगेको कारण बदर गरिएको राष्ट्रिय भुमि आयाेग स्थानीय सेवा केन्द्र भाेक्राहा नरसिंह गाउँपालिकाका इकाई प्रमुख विपुल कुमार यादवलाई जानकारी दिए ।
राष्ट्रिय भुमि आयाेग स्थानीय सेवा केन्द्र भाेक्राहा नरसिंह गाउँपालिकाका इकाई प्रमुख यादवले दिएको जानकारीअनुसार ३ सय ९ वटा निवेदन मध्ये कागजात पुगेको २ वटा वदर गरिएको र जम्मा ३ सय ७ वटा निवेदन छनाैट गरि साेही बमोजिम निस्सा वितरण भइरहेको जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार अव्यवस्थित सुकुम्वासी भएको १ सय ५ जना र भूमिहीन सुकुम्वासीको २ सय ४ जना व्यक्तिले निवेदन दिएको थियो भने साे मध्ये ३ सय ७ जनालाई निस्सा हस्तान्तरण गरिएको र अन्य वडाहरुबाट निवेदन आउन ढिलाइ भएको यादवले बताए ।
उता निस्सा वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता,राष्ट्रिय भुमि आयाेग स्थानीय सेवा केन्द्र भाेक्राहा नरसिंह गाउँपालिकाका इकाई प्रमुख विपुल कुमार यादव,अमिन वेद कुमार यादव, अमिन शैलेन्द्र यादव, सर्वेक्षक श्याम साह लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post