इनरुवा । जनमत पार्टीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पाएपछि सुनसरी सहित तराई मधेसमा छुट्टै लहर छाएको छ ।
जनमत पार्टी सुनसरीमा कमजोर भएपनि अहिले साे पार्टी प्रति स्थानीय जनताकाे विश्वास बढ्न थालेका छन् ।
केही दिनअघि मात्रै जनमत पार्टीकी संसद् अनिता देवी साहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पद तथा गोपनीयताको शपथ दिलाएका कारण अहिले स्थानीय स्तरमा जनमतको क्रेज बढ्दै गएको स्थानीयहरू बताउँछन् ।
साेही अनुसार हिजो शनिबार एक कार्यक्रमको बीच सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा जनमत पार्टीको सुनसरी जिल्ला तदर्थ समिति गठन भएको छ ।
राजकुमार यादवकाे अध्यक्षता गठित समितिकाे उपाध्यक्षमा वीरेन्द्र दास, शत्रुघन यादव, गजेन्द्र मेहता र नुतन कुमारी यादव चयन भएका छन् ।
यसैगरी, समितिका सचिवमा कपिल यादव चयन भएका छन् भने सहसचिवमा अवदेश गुप्ता र सत्यनारायण यादव तथा कोषाध्यक्षमा प्रमिलादेवी मेहता चयन भएका छन् ।
रामचन्द्र मेहताकाे अध्यक्षतामा भएकाे कार्यक्रमले सञ्जीवकुमार चौधरी, सुरज गुप्ता, शशी यादव, डोमी मेहता र लिला लिम्बूलाई सदस्यमा चयन गरेको अध्यक्ष यादवले जानकारी दिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post