इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा रिटर्नी स्वयंसेवकहरूकाे लागि आधारभूत क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत सुरक्षित वैदेशिक राेजगार सम्बन्धि रिटर्नी स्वयंसेवकहरूकाे लागि तीन दिने आधारभूत क्षमता अभिवृद्धि तालिम सुरू भएको हाे ।
आज मंगलबारदेखि इटहरी सुरू भएको तालिमको उद्घाटन इटहरी उपमहानगरपालिकाकि उपमेयर संगीता चाैधरीले दीप प्रज्वलन गरेर गरेकी थिइन् ।
बिहीबार सम्म चल्ने तालिममा गत वर्षमा गरिएको काम सहित यश आर्थिक वर्षमा गर्नुपर्ने कामकाे विषयमा तालिम केन्द्रित रहेको माेरंग, सुनसरी र उदयपुरका कार्यक्रम अधिकृत देवनारायण चाैधरीले जानकारी दिए ।
“स्वदेशमा नै राेजगारी गराैं, वैदेशिक राेजगारीमा जाने नै भए , सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔं” भन्ने उदेश्यका साथ देशभर ३९ वटा जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा रहेका छन् ।
साे अन्तरगत आजदेखी सुरू भएको आधारभूत क्षमता अभिवृद्धि तालिममा सुनसरी, माेरंग, उदयपुर र झापा जिल्ला गरी चार जिल्लाका रिटर्नी स्वयंसेवकहरूकाे सहभागिता रहेको सुनसरी जिल्लाका समाजिक परिचालन प्रमाेद मेहताले जानकारी दिए ।
उनलेे दिएको जानकारीअनुसार सुनसरीकाे धरान उपमहानगरपालिका,इटहरी उपमहानगरपालिका , इनरूवा नगरपालिका र भाेक्राहा नरसिंह गाउँपालिकामा कार्यरत रहेका रिटर्नी स्वयंसेवकहरूले सहभागीता जनाएका छन् । भने उदयपुर जिल्लाको चार जिल्ला मध्ये त्रियुगा नगरपालिकाका रिटर्नी स्वयंसेवकहरूकाे सहभागीता रहेको बताए ।
त्यस्तै झापा जिल्लाको दमक नगरपालिकामा कार्यरत रिटर्नी स्वयंसेवकहरू सँगै माेरंग जिल्लाको बिराटनगर महानगरपालिका र रंगेली नगरपालिका, कानेपाेखरी गाउँपालिकामा कार्यरत रहेका रिटर्नी स्वयंसेवकहरूकाे सहभागीता रहेका छन् ।
उक्त कार्यक्रममा सामी कार्यक्रमकी काेशी प्रदेशकी प्रदेश प्रवन्धक काेपिला दाहाल, सुनसरी जिल्लाका कार्यक्रम संयाेजक धिरज भट्टराई सहितको उपस्थिति रहेको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post