इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आज मंगलबार शाेक बिदा दिइएको छ ।
गाउँपालिकाले सुनसरी निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य ताहिर अंसारीको असामयिक निधन भएकोले आज एक दिन शाेक बिदा दिइएको हाे ।
समग्र बिकासमा काेशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य अंसारीकाे अतुलनिय याेगदान रहेकाले सम्मान सहित भाेक्राहा नरसिंह गाउँपालिकामा एक दिन शाेक बिदा दिने निर्णय भएकाे गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
उनलेे दिएको जानकारीअनुसार यस दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आज मंगलबारका दिन यस भोक्राहा नरसिंह गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा कार्यालयहरु शैक्षिक संस्थाहरु तथा मातहतका अन्य कार्यालयहरुमा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक शोक बिदा दिइएको बताए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post