इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले शाेक बिदा दिए लगत्तै हरिनगर गाउँपालिकाले पनि शाेक बिदा दिइएको छ ।
गाउँपालिकाले अध्यक्ष गफार अंसारीले निकालिएको सूचना अनुसार साविक रामनगर भुटाहा गा.वि.स. मा २ कार्यकाल गा.वि.स. अध्यक्ष रहनु भएका पुर्व गा.वि.स. अध्यक्ष एवम् कोशी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य हाजी मो. ताहिर अंसारीको निधन भएकोले वहाँको निधन प्रति हरिनगर गाउँपालिकाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेक बिदा दिइएको बताइएको छ ।
हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतको वडा कार्यालय, विषयगत शाखा, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा (अत्यावस्यक सेवा बाहेक) आज एक दिनकाे लागि स्थानीय सार्वजनिक शोक बिदा दिइएको पालिका अध्यक्ष गफार अंसारी द्वारा प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post