• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

आम्दानीभन्दा खर्च ज्यादा,कर्मचारीलाई नियमित तलब खुवाउन सकस

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० भदौ १५ गते, १८:५६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
आम्दानीभन्दा खर्च ज्यादा,कर्मचारीलाई नियमित तलब खुवाउन सकस
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारको आम्दानीभन्दा खर्चको आकार बर्सेनि बढ्दो छ । आम्दानीभन्दा खर्च ज्यादा हुँदा बहालवाला कर्मचारीलाई नियमित तलब खुवाउनै ऋण लिनुपर्ने अवस्था आएको छ ।
कर्मचारीलाई नियमित तलब खुवाउन सकस भइरहेका बेला पूर्व कर्मचारीलाई दिनुपर्ने मासिक भुक्तानी (पेन्सन)ले सरकारको आर्थिक व्ययभार थप बढाएको छ । जसोतसो बहालवाला कर्मचारी पालिरहेको सरकारले पूर्व कर्मचारीलाई दिने पेन्सनका लागि अतिरिक्त स्रोत जुटाउन सकिरहेको छैन ।
नियमित राजस्वबाटै दैनिक प्रशासन चलाउनेदेखि कर्मचारी पाल्ने, विकास निर्माण गर्ने र पूर्व कर्मचारीलाई पेन्सनको व्यवस्था मिलाउनु पर्ने हुन्छ ।
बर्सेनि पेन्सन खाने पूर्व कर्मचारी थपिँदै गए पनि खर्च धान्ने स्रोत नजुट्दा उनीहरूको मासिक भुक्तानी सरकारका लागि टाउको दुखाइको विषय बनेको हो । बर्सेनि करीब ३ लाख पूर्व कर्मचारीलाई पेन्सन दिन पौने ७५ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार पेन्सनमा हुने यस्तो खर्च पाँच वर्षअघिसम्म वार्षिक ३९ अर्ब रुपैयाँ मात्रै थियो ।
पछिल्लो ५ वर्षमा मात्र पेन्सनको भार ३४ अर्ब ९० करोड रुपैयाँले बढेको कार्यालयका सूचना अधिकारी राजुभाइ श्रेष्ठले जानकारी दिए । उनका अनुसार पेन्सन लिनेको संख्या बर्सेनि बढ्दै गएको छ । सरकारी सेवामा योगदान गरेकालाई पेन्सन दिने भन्ने व्यवस्था कानूनमै भएकाले बहालवाला कर्मचारीको तलबसँगै पेन्सन पनि राज्यको अनिवार्य दायित्व हो ।
आर्थिक वर्ष २०७९/८० सम्ममा नियमित पेन्सन खाने कर्मचारीको संख्या २ लाख ९६ हजार रहेको कार्यालयले जनाएको छ । पाँच वर्षअगाडि पेन्सन खाने कर्मचारीको संख्या २ लाख १८ हजार मात्रै थियो ।
अवकाश पाउने र पेन्सन खान योग्य हुँदै जाने कर्मचारीको संख्या वार्षिक ५ देखि ७ प्रतिशतले बढिरहेको छ ।
नयाँ आउने र अवकाशमा गएर पेन्सन खाने नियमित प्रक्रिया भएकाले वार्षिक ५/७ प्रतिशतको वृद्धि सामान्य भएको उनले बताए ।
सरकारले गत आर्थिक वर्ष २०७९/८० मा गरेको आम्दानी जम्मा १० खर्ब ३१ अर्ब रुपैयाँ मात्रै हो । यस्तो आम्दानीबाट सरकारले गरेको खर्च भने १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७८/७९ मा यस्तो खर्च जम्मा १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ मात्रै थियो । जबकि उक्त वर्ष सरकारको आम्दानी ११ खर्ब २५ अर्ब रुपैयाँ थियो । गत वर्ष सरकारले अघिल्लो वर्षभन्दा १ खर्ब ३३ अर्ब रुपैयाँ बढी खर्च गरेको छ ।
खर्च बढ्दा सरकारको आम्दानीको स्रोत भने बढ्न सकेको छैन । अघिल्लो वर्षको तुलनामा उल्टै सरकारी आम्दानी घटेको छ । सरकारले आम्दानी अनुसारको खर्च व्यवस्थापन आन्तरिक ऋण, वैदेशिक सहायता र अनुदानबाट गर्दै आएको छ ।
सरकारको खातामा रकम थोरै हुने तर, खर्च बढ्दा अर्थतन्त्रमा चुनौती थपिरहेको छ । गत असार मसान्तसम्ममा सरकारका विभिन्न खातामा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्रै नगद मौज्दात थियो । यस्तो मौज्दातभन्दा बढी खर्च मासिक रूपमै हुने गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनकै खर्च साढे ३३ अर्ब रुपैयाँ छ । जबकि साउनमा विकास निर्माणका काम खासै हुँदैनन् । खर्च बढ्दै जाँदा मासिक १ खर्ब बढीको दायित्व सरकारलाई सिर्जना हुने गरेको छ । गत वर्षको खर्चलाई आधार मान्ने हो भने पनि सरकारको मासिक औसत खर्च सवा १ खर्ब रुपैयाँ छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस्तो ऋण लिएबापत गत वर्ष मात्रै १ खर्ब १५ अर्ब रुपैयाँ साँवा भुक्तानीमा खर्च भएको छ ।
असार मसान्तसम्ममा सरकारको कूल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस्तो रकममा बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
अर्थशास्त्री डिल्लीराज खनाल खर्च बढ्यो भनेर सरकारले कर्मचारीलाई पेन्सन खुवाउन सक्दिनँ भन्न नपाउने बताउँछन् । योगदानमा आधारित पेन्सन योजनामा जानुपर्ने उनको सुझाव छ ।
‘समस्याको जड के हो र कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन हुनुपर्छ,’ उनले भने, ‘सरकारको दायित्व कम गर्दै योगदानमा आधारित पेन्सनमा जानुपर्छ ।’
सरकारको दायित्व बढाउन र खर्च कम गराउन पेन्सनको मात्रै भूमिका नरहेको उनको तर्क छ ।
‘सरकारले अनावश्यक खर्च नरोक्ने र सामाजिक सुरक्षाको दायित्व बढ्यो भनेर चिन्ता लिने गरेको छ । लक्षित वर्गलाई दृष्टिगत गरेर यस्तो सामाजिक सुरक्षाको रकम खर्च गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक सुधारको काम गर्ने र आम्दानी तथा खर्चसँग जोडेर हेर्नुपर्छ । समग्रमा अर्थतन्त्रमा आम्दानी कति र खर्च कति भयो भनेर सामाजिक सुधार गर्न सकेकै छैन । पेन्सनमा भएको खर्चको पनि विकल्प हुन सक्छ, त्यसका लागि सरकारले नै बढी चासो लिने र वास्तविक समस्याको जडमा जानुपर्ने हुन्छ ।’
५ हजार पूर्व कर्मचारीले खान्छन् ५० वर्षदेखि पेन्सन
सरकारी सेवामा प्रवेश गरेर २० वर्ष योगदान गरेका कर्मचारीलाई राज्यले जीवनभर पेन्सन दिनुपर्ने व्यवस्था छ । अझै कर्मचारीको मृत्युपश्चात पनि उसको परिवारलाई पेन्सन दिनुपर्छ । कतिपय पूर्वकर्मचारी यस्ता पनि छन् जसले २० वर्ष सरकारी सेवा गरेर ५० वर्षसम्म पेन्सन बुझिरहेका छन् ।
४० देखि ५० वर्षसम्म लगातार पेन्सन बुझ्ने कर्मचारीको संख्या करीब पाँच हजार छ । निवृत्तिभरण कार्यालयका अनुसार २०२६ सालदेखि अहिलेसम्म निरन्तर आफैंले पेन्सन बुझ्ने पूर्व कर्मचारी पनि छन् । ती कर्मचारीलाई पेन्सन बुढ्यौलीको सहारा भएको छ ।
कार्यालयका अनुसार सरकारी सेवामा आकर्षण हुनुको एउटा कारण पेन्सन पनि हो । पछिल्लो समय भने सरकारले पेन्सनको विकल्पमा रिटायर्ड कर्मचारीलाई एकमुष्ट उपदान दिँदै आएको छ ।स्रोत:लाेकान्तर
आर्थिक वर्ष २०७२/०७३ देखि उपदानको व्यवस्था शुरू भएको हो । 

Tags: आम्दानीभन्दाकर्मचारीलाईखर्च ज्यादाखुवाउननियमित तलबसकस

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist