इनरुवा । सुनसरीको इनरुवा स्थित नेपाल विद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतोलाई सेवाग्राहीसंग घुस लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । प्राधिकरणबाट उद्योगमा विद्युत क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस-रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले महतोलाई मंगलबार पक्राउ गरेको हो । विर्जु कुमार महतोलाई सेवाग्राहीबाट घुस वापत लिएको २५ हजार रुपैयाँ रकम लिइसकेको अवस्थामा ईनरुवा नगरपालिका वडा नं. ३ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ती मार्फत जानकारी दिइएकाे हाे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post