सुनसरी ।केही दिनअघि दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोईरालाको फोटोसंग मिल्दो जुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनु भयो ।
शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिड्नु भएको थियो । वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते उहाँको सवारी साधन चतराको पुलपारी फेला परेको थियो ।
गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उहाँ चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । कोईरालाको मोवाईल, जुत्ता र गाडी पुलमा फेला परेको थियो ।
प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उहाँका प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा २ जनाबीच प्रेम भएको समेत पाईएको छ ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामो समय काम गर्नु भएको थियो । सीसी क्यामेरा फुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post