• pradeshpoint
  • Pradeshpoint
Sunday, April 26, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी गाउँपालिकामा इन्धन खर्च र इन्धन वितरणमा ब्यापाक अनियमितता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज ३ गते, १९:२६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कोशी गाउँपालिकामा इन्धन खर्च र इन्धन वितरणमा ब्यापाक अनियमितता
34
SHARES
Share on FacebookShare on Twitter

लाैकही। सुनसरीको कोशी गाउँपालिकामा सवारी साधन भाँडा, इन्धन खर्च र इन्धन वितरणमा ब्यापाक अनियमितता भएको पाईएको छ ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीलाई महालेखा परिक्षकको कार्यालयले २०८० बैशाख महिनामा चलानी नम्बर ६७ को पत्रसाथ पठाएको अनियमितताको प्रतिवेदन पत्रमा सो कुरा उल्लेख छ ।
जसअनुसार कोशी गाँउपालिकाले पालिकामा रहेको यन्त्र उपकरण ब्याक हु लोडर (स्काभेटर) सञ्चालन गर्दा आम्दामी २९ हजार ३ सय १० रुपैया र खर्च २५ लाख १४ हजार २४२ रुपैया गरी आर्थिक कार्य विधी ऐन नियमावली र पालिकाको नीति विपरित गाउँपालिका अध्यक्षको मौखिक निर्देशनमा रकम खर्च गरेकाले अनियमितता गरेको ठहर गरेको छ ।
महालेखाले स्काभेटर सञ्चालन गर्दाको इन्धन खर्च १३ लाख ७३ हजार ४० रुपैया र सवारी चालक अप्रेटरको पारिश्रमिक बापतको ६ लाख ८३ हजार २९० रुपैया र सोही सवारी साधन मर्मतका लागि ४ लाख ५७ हजार ९१२ रुपैया खर्च भएको र आम्दामी भएको २९ हजार ३१० रुपैयासमेत गाउँपालिकाको खातामा बचत नभएको सो शिर्षकमा बचत शुन्य देखिएको उल्लेख गरेको छ ।
कोशी गाउँपालिकाले उक्त उपकरण सञ्चालनको लगसिट नराखेको, लगानी र आय विवरण नराखेको, उपकरण पालिका आफैले सञ्चालन गर्ने कुनै कार्यबिधी नभएको, पालिकाका पदाधिकारीले मौखिक निर्देशनको आधारमा सञ्चालन गर्ने गरेको र पालिकाबाट यस शिर्षकमा भएको खर्च प्रति विश्वस्त हुन सक्ने आधार प्रमाण नरहेकाले अनियमितता भएको महालेखाले ठहर गरेको हो ।
त्यसैगरी सो गाउँपालिकाले कोशी प्रदेशको सार्वजनिक खर्चको मापदण्ड कार्यबिधी सम्बन्धी निर्देशिका २०७५ लागु नगरी सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा मापदण्ड बिपरित खर्च गरेको पाईएको छ ।
गाउँपालिकाले एकै वर्षमा ७२ लाख ८० हजार ७३७ रुपैया इन्धनमा खर्च गरेको छ । सो रकम कार्यविधीअनुसार नभएकोले अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार बार्षिका इन्धनखर्च र उपभोगको विवरण खुल्ने आधार प्रमाण र अभिलेख समेत राखेको नपाईएकोले मापदण्ड विपरित इन्धनमा ७२ लाख ७० हजार ७३७ रुपैया खर्च भएको देखिन्छ भनिएको छ ।
यसैगरी गाउँपालिकाले सार्वजनिक कार्यालयको बार्षिक इन्धन सवारी साधन मर्मत खर्च सोही कार्यालयबाट बजेटमा ब्यवस्था हुने हुँदा अनियमित रुपमा अन्य सार्वजनिक कार्यालयलाई इन्धन र मर्मत खर्च उपलब्ध गराएको हुँदा ५ लाख १४ हजार ७४२ रुपैया रकम अनियमित खर्च भएकाले बेरुजु ठहरिने उल्लेख छ ।
पालिकाले बीओपी लौकहीलाई इन्धन र सवारी साधनमर्मतमा ३८ हजार ४२५ रुपैया, इप्रका लौकहीलाई इन्धनमा १३ हजार ४२५ रुपैया, ट्राफिक प्रहरी लौकहीलाई इन्धनमा २ हजार ७२१ रुपैया, बीओपी श्रीपुर, बीओपी लाही, प्रहरी चौकी हरिपुर, ट्राफिक प्रहरी भाण्टावारी, प्रहरी चौकी कोशीब्यारेज, प्रहरी चौकी श्रीपुर, प्रहरी चौकी कटानलाई समेत २ हजार ७२१ रुपैयाको दरले दिएको रकमलाई अनियमित ठहर गरेको हो ।
त्यसैगरी ट्राफिक प्रहरी रिफ्रेसमेन्टलाई इन्धन १३ हजार ४२५, इलाका प्रहरी भाण्टावारी इन्धन ५० हजार ७७४, बीओपी भाण्टावारी १३ हजार ४२५, विभिन्न सुरक्षा निकायका कार्यालयलाई मौलापूजा खर्च ३ लाख, भाण्टावारीमा विद्युत महसुल खर्च बापतको ६३ हजार ५ सय रुपैया खर्च देखाईएपनि खर्चको पुष्टी हुने कुनै प्रमाण नभएको उल्लेख छ ।
त्यसैगरी कोशी गाउँपालिकाले सवारी साधन भाँडाबापत विभिन्न ब्यक्ति र संस्थालाई ९ लाख रुपैया भुक्तानी गरेको देखिन्छ ।
तर कार्यालयले गाडी भाँडामा लिदा सम्झौता नगरेको, लिने प्रयोजन नखुलेको, प्रयोग गरेको अवधी नखुलेको, सवारी लगबुग नभएको र कुन कार्यको लागि कस्ले कुन समयसम्म प्रयोग गरेको हो भनि यकिन गर्न नसकिएकोले आर्थिक कार्यविधी नियमावली २०७७ को नियम ३९ को १० बिपरित भएको ठहर गरेको छ ।

Tags: इन्धन खर्चइन्धन वितरणमाकोशी गाउँपालिकामाब्यापाकर अनियमितता

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist