• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इलाम घुम्न आएकी युवतीलाई प्रेमीको साथीले गरे बलात्कार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज ५ गते, २२:०४ बजे प्रकाशित
in FEATURE, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इलाम घुम्न आएकी युवतीलाई प्रेमीको साथीले गरे बलात्कार
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।काेसी प्रदेशकाे पर्यटकीय स्थल इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् । तराईको जिल्लाबाट बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलत्कारको प्रयास गरेका हुन् ।
युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए । खाना खाएको केहि घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए । यो घटना असाेज २ गते दिउँसो साढे तीन बजेको हो । इलामको मुख्य बजार भन्दा केहि सय मिटर टाढा मात्रै डेरा बस्दै आएका प्रेमीको कोठामा ती युवती बसेकी थिइन् । युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।
बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यस लगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने नहुँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् । शुरुमा ढोका खोल्न लगाउँदा मेरो प्रेमीले झै ढोकामा ढक ढक पारे पिडित युवतीले भनिन्–‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे ।’ उनी भन्छिन्–‘त्यसपछि म आत्तिएर कोठाको कुनामा बसे ।’
म कोठाको कुनामा बसेर प्रेमीलाई कम फाष्ट भनेर मेसेज गरे ।’ पिडितित युवती भन्छिन्–‘त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मधिराले लठ्ठ परेका पिडकले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । उनले भनिन्–‘मेरो आधा लुगा खोलेर मेरो संवेदनशिल अंगमा औला लगाउने प्रयास गरे, त्यहि कारण सानो घाउ भएको छ ।’
जबरजस्ती लडाएर आधि लुगा खोलेपछि मैले उनको टाईमा पक्रन सफल भएँ, पिडित युवती भन्छिन्–‘त्यसपछि युद्ध भएजस्तै भयो ।’ उनले भनिन्–‘मेरो शरिर धेरै पटक भुईमा बजारियो र मैले पनि उनको टाईमा समाएकाले प्रतिकार गर्न सफल भएँ ।’ यसरी एक अर्कोले लछार पछार गर्ने क्रम १५ मिनेट जस्तो चल्यो । र म ढोका खोल्न सफल भएँ पिडित युवती भन्छिन्–‘धकेला धकेल गर्दा पिडकको लुगा च्यातिएको छ ।’ उनले थपिन्–‘ १५ मिनेट जोगिन धकेला धकेल भयो, त्यसपछि म ढोका खोल्न सफल भएँ अनि बाहिर निस्के । ढोका खोलेर बाहिर निस्कदा मेरो हैन उसको फोन बोकेछु, प्याटन थाहा भएन फेरी प्रेमीलाई फोन गर्न पाइँन ।
त्यसपछि उसले भित्र कोठाबाट भन्यो– भित्र आउ म तिमिलाई केहि गर्दिन भन्दै बोलाए तर प्यासेजमा बसिरहे । त्यतिकैमा उनी पनि आधि लुगामा प्यासेजमा आएपुँगे, त्यसपछि म कोठा भित्र पसेँ । उनी भन्छिन्–‘म कोठामा पसेर ढोका बन्द गरि प्रेमीलाई म्यासेज गरे, त्यसपछि पिडकले कपडा माँगे अनी मैले थोरै ढोका खोलेर कपडा दिएँ अनि धकेलिदिएर म बाथरुममा पसेँ । त्यसको १० मिनेट पछि मेरो प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाह गर्दा गर्दै रात पर्यो र भोलिपल्ट असाज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ ।
पिडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामत गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।
घटना सामसुम पार्न दवाव
घटनालाई सामसुम बनाउन पिडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । पिडित भन्छिन्–‘मेरो घरमा आएर धेरैजनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’ उनी भन्छिन्–‘मलाई परिवारको सहयोग राम्रो छ, कानुनी लडाई लड्छु । घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पिडितको प्रेमीलाई पिडकका आफन्त र साथिले आग्रह गर्दै आएका छन् । पिडितका प्रेमी भन्छन्–‘घण्टैपिच्छे घटना बाहिर नल्याउन आग्रह गर्नेको फोन आउँछ ।’ उनले थपे–‘ मलाई फोन गरेर घटना मिलापत्र गर्नुपर्छ भन्ने फोन आउने क्रम जारी छ, मैले वास्था गरेको छैन ।
पोखरेल दैनिक मातेर पुग्थे बैंकमा
युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक मातेर बैँक पुग्ने गरेको पाइएको छ । बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो ।
बैंकको व्यवस्थापन पक्षले घरदेखि टाढा राख्दा सुध्रिने वा जागिर छोड्छ भन्ने मनसायले इलाम सरुवा गरेपनि इलाम शाखामा आएपछि पनि उनको बानि नसध्रिएको समाचार श्रोतले बतायो । श्रोत भन्छ–‘बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेकाले हामी उनीसँग सजग थियौँ र वास्ता गर्न छोडेका थियौँ ।’ उनी घटना भएको दिनमा पनि मातेर नै बैंकमा पुगेका थिए । श्रोतलेोतले भन्यो–‘हामीले यो मान्छे कुनै नराम्रो घटनामा फस्ने देखिएकाले बैंकका कर्मचारी सबै सजग थियौँ । त्यस दिनपनि एक जना साथि लिएर बाहिर जान खोजेका थिए,पर्दैन भनेर रोकेका थियौँ ।’ त्यसको केहि घण्टामा यस्तो घटना भयो भनेर खबर पायौँ समाचार श्रोत भन्छ । श्रोत भन्छ–‘उनले रक्सीको नशामा हुँदा गरेका नराम्रा कामहरु धेरै भइसकेको पाइन्छ ।’ उनी त्यसदिन पनि सप्तकोशी बैंक पुगेपछि युवती बसेको कोठामा पुगेको पाइन्छ ।
प्रहरी भन्छ : अदालतले म्याद थपको अनुमति दिएको छैन
घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले म्याद थपको अनुमति दिएको छैन । प्रहरी श्रोतले भन्यो–‘घटनाको अनुसन्धान गरि म्याद थपको अनुमति मागेका छौँ, अनुमति पाउने बित्तिकै हामी थप अनुसन्धान गर्नेछौँ ।’
पिडक फरार, अनुसन्धान रोकियो
युवतीलाई बलात्कार प्रयास गर्ने बैंकका कर्मचारी अहिलेसम्म फरार छन् । अदालतले म्याद थपको अनुमति नदिएपछि प्रहरीले पक्राउ गर्ने र घटनामा थप अनुसन्धान गर्ने काम गरेको छै्रन । श्रोतका अनुसार युवतीलाई बलात्कार प्रयास गर्ने बैंक कर्मचारी अहिले बैंक गएका छैनन् । उनले इलामको डेरा छोडेर घरमा बसेका छन् । उनले आफन्तमार्फत घटना सामसुम पार्न पिडितका आफन्त र उनका प्रेमीलाई फोन गर्न लगाइरहेका छन् ।’

Tags: आएकीइलाम घुम्नप्रेमीकोबलात्कारयुवतीलाईसाथीले गरे

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist