• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

श्रम स्वीकृति, भिसा, बिमा, करार सम्झौताजस्ता कागजात आफूसँग पनि राखौँ, परिवारलाई पनि छाडौँ ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज १९ गते, ११:३४ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
श्रम स्वीकृति, भिसा, बिमा, करार सम्झौताजस्ता कागजात आफूसँग पनि राखौँ, परिवारलाई पनि छाडौँ ?
27
SHARES
Share on FacebookShare on Twitter

देश छाडेर वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने थुप्रै कुरा सोचेर, बुझेर र जानेर मात्र यसको निर्णय गर्नुपर्छ। किनकि वैदेशिक रोजगारी राम्रो मात्र हुन्छ या हामीले सोचेकोजस्तो मात्र हुन्छ भन्ने छैन ।
परदेशी भूमिमा जस्तोसुकै परिस्थिति पनि आइपर्न सक्छ । त्यसका लागि हामी तयार भएर नै जानुपर्छ । त्यो तयारी विभिन्न खालको हुन्छ । तर म यहाँ साथमा कागजात राख्ने विषयमा कुरा गर्दै छु ।
किनकि वैदेशिक रोजगारीको क्रममा विभिन्न चरणमा बन्ने कागज नै यस्तो प्रमाण हो जसले भोलिका दिनमा केही अप्ठेरो पर्दा सरकारी राहत, क्षतिपूर्तिदेखि न्याय पाउनसमेत मद्दत गर्छ ।
वैदेशिक रोजगारीमा जाने निर्णय गर्दा विदेशमा हुने कमाइ र हुने फाइदाको बारेमा पहिला नै परिवारसँग छलफल हुन जरुरी छ । वैदेशिक रोजगारीको निर्णय गरिसकेपछि यसको प्रक्रियाको क्रममा विभिन्न चरण पार गर्न पर्छ । यो चरणमा विभिन्न कागजातहरू बन्छन् ।  सबैभन्दा पहिला राहदानी बनाउनुहोला । त्यसपछि वैदेशिक रोजगारी अझ उत्पादनशील होस् भन्ने चाहनुहुन्छ भने सीप तालिम लिनुहोस् ।
अब सही म्यानपावर छान्नुहोस् । पछिल्लो समय विभिन्न एजेण्टहरुबाट वैदेशिक रोजगारीमा जाने र ठगीमा पर्ने क्रम बढ्दो छ । तर नेपालको ऐन कानुनले वैदेशिक रोजगारीमा श्रमिक पठाउने एजेण्टलाई चिन्दैन । एजेण्टहरु गैरकानुनी छन् । त्यसकारण सरकारसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूबाट मात्र वैदेशिक रोजगारीको प्रक्रिया थाल्नुपर्छ ।
म्यानपावर कम्पनी छान्दा पनि ध्यान पुर्‍याउन पर्छ । त्यो म्यानपावर कम्पनी इजाजत पत्र लिएको हो कि होइन । म्यानपावर कतै कारबाहीमा पो परेको छ कि, कालो सूचीमा पो छ कि या अवस्था वैदेशिक रोजगारी श्रमिक पठाउन नपाउने पो छ कि भनेर बुझ्न पर्छ ।
यस्तो जानकारी जिल्ला प्रशासन कार्यालयको हाता भित्रै रहेका आप्रवासी स्रोत केन्द्रदेखि रोजगार सेवा केन्द्र, श्रम मन्त्रालयको कल सेन्टर, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड सचिवालयमा फोन गरेर समेत बुझ्न सकिन्छ ।
विभिन्न चरणमा बन्ने कागजात साथमा राखौँ
वैदेशिक रोजगारीको विभिन्न चरणमा विभिन्न कागजातहरू बन्छन् । उदाहरणका लागि राहदानी बनाउँदाको रसिददेखि म्यानपावरलाई रकम बुझाएको प्रमाणसम्म सबै राख्न पर्छ ।
कतिपय कागजात कम महत्वको हुन्छन् भने कतिपय कागजात अति नै महत्त्वपूर्ण हुन्छन् ।
म्यानपावरलाई पैसा बुझाउँदा हातमा दिन हुँदैन । वैदेशिक रोजगारीको लागि दिएको भनेर स्पष्ट करण खुलाई भरपाई बनाएर वा बैङ्किङ च्यानलमार्फत मात्र रकम दिन पर्छ । हातमा त दिनै हुँदैन । जति रकम बुझाए पनि त्यसमा वैदेशिक रोजगारीको लागि दिएको हो भनेर खुलाउन पर्छ । नत्र त्यो के प्रयोजनका लागि दिएको हो भन्ने कुरा खुलेन भने भोलिका दिनमा न्याय पाउन कठिन हुन्छ ।
नेपालमा बनेका कागजात मात्र होइन वैदेशिक रोजगारीको क्रममा बनेका कागजातहरू पनि साथमा राख्नुपर्छ । विदेशमा गएर काम थालेपछि विभिन्न खालका कागजातहरू बन्छन् ।
त्यसै गरी म्यानपावरले नै विदेशमा पाइने काम, हुने कमाइ, पाउने सेवा सुविधा, कार्य घण्टाजस्ता सबै विवरणसहितको करार सम्झौता पत्र दिन्छ । दिएन भने पनि यो राख्न पर्छ । यही कागजातकै कारणमा नै भोलिका दिनमा विदेश पुगेपछि भनेकोजस्तो काम पाइएन वा तोकिएको तलब र सेवा सुविधा भएन भने म्यानपावर विरुद्ध नेपाल फर्काएर कानुनी लडाई लड्ने आधार बन्छ । र यो करार सम्झौता साथैमा राख्नु पर्छ ।
भिसा, श्रम स्वीकृति, कल्याणकारी कोषमा रकम तिरेकोदेखि बिमाको कागजात र स्वास्थ्य परीक्षण गरेका प्रमाणहरू पनि साथमा हुनुपर्छ ।
नेपालमा बनेका कागजात मात्र होइन वैदेशिक रोजगारीको क्रममा बनेका कागजातहरू पनि साथमा राख्नुपर्छ । विदेशमा गएर काम थालेपछि विभिन्न खालका कागजातहरू बन्छन् ।
यहाँ म्यानपावरले एउटा सम्झौता गरेर पठाएको भए पनि विदेश गएपछि अर्कै करार सम्झौतामा हस्ताक्षर गराएको हुनसक्छ । त्यहाँ काम गर्ने क्रममा स्थायी बसोबासको लागि अनुमति पत्र अर्थात् अकामा कार्ड बनेको हुन्छ । भिसाको कपि हुन्छ, राहदानी हुन्छ यस्ता कागजात सकेसम्म सँगै राख्न पर्छ र परिवारका सदस्यलाई पनि पठाउन पर्छ ।
गन्तव्य देशमा बिरामी परियो वा एक ठाउँबाट अर्को ठाउँमा जान पर्‍यो भने यी कागज देखाउन पर्छ भने त्यहाँको स्थायी बसोबासको अनुमति हुनु भनेको तपाईँ त्यहाँ कानुनी रूपमा काम गरिरहनुभएको छ भन्ने प्रमाण पनि हो ।
भोलिका दिनमा वैदेशिक रोजगारीमा कुनै अप्ठेरो पर्‍यो या असहज स्थिति भयो भने यी कागजातको आधारमा नै न्याय पाउन सकिन्छ ।
परिवारलाई पनि कागजात छोडौँ
वैदेशिक रोजगारीमा जानुभएका थुप्रै व्यक्तिहरूले यस्ता कागजात आफूसँग राख्ने तर परिवारलाई नछोड्ने गरेको पाइन्छ । तर यस्ता महत्त्वपूर्ण कागजात आफूसँग त राख्नु पर्छ नै साथसाथै परिवारका सदस्यलाई पनि छोड्न पर्छ ।
हार्ड कपी मात्र होइन सफ्ट कपि बनाएर इमेल, गुगल ड्राइभजस्ता ठाउँमा पनि सुरक्षित राख्न पर्छ । परिवारका सदस्यमा पनि एक जनालाई मात्र होइन दुई तीन जनालाई नै आफ्नो कागजात छाडेर जानुभयो भने भोलिका दिनमा एक जनासँग हरायो भने पनि अर्कोसँग हुन्छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयमा आउनुभएका कतिपयसँग त केही पनि कागजात हुँदैन । तर उहाँहरू आर्थिक सहायताका लागि योग्य हुनुहुन्छ । खै त कागजात भन्दा जलाइयो भन्ने गर्नुहुन्छ ।
वैदेशिक रोजगारी राम्रो हुँदासम्म त यस्ता कागजात नभए पनि हुन्छ । तर जुन दिन विदेशमा समस्या पर्छ त्यो दिन यही कागजात बिना थुप्रै समस्याहरू झेल्न पर्ने हुन्छ । त्यस कारण वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुसँगसँगै परिवारका सदस्य समेत सचेत हुन पर्छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयमा आउनुभएका कतिपयसँग त केही पनि कागजात हुँदैन । तर उहाँहरू आर्थिक सहायताका लागि योग्य हुनुहुन्छ । खै त कागजात भन्दा जलाइयो भन्ने गर्नुहुन्छ ।
उदाहरणका लागि वैदेशिक रोजगारीमा यदि कोही श्रमिकको ज्यान गयो भने नेपालमा शव आउँदा शवसँगे विभिन्न खालको कागजातहरू पनि साथमा आएको हुन्छ । त्यो कागजात कतिपय परिवारका सदस्यले शवसँगै लजाउने गर्नुहुँदो रहेछ ।
यस्तो विविध कारणले साथमा कागजात नहुँदा वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायताको लागि योग्य हुँदा हुँदै पनि नपाउने अवस्था सृजना हुन्छ ।
कागजात जुटाउन समन्वय
वैदेशिक रोजगारीको क्रममा मृत्यु अङ्गभङ्ग वा अन्य बिरामी भएका व्यक्तिहरू आर्थिक सहायता पाउन योग्य हुनुहुन्छ तर साथमा कागजात छैन भने कागजात जुटाउन बोर्डले नै समन्वयकारी भूमिका खेल्ने गरेको छ ।
वैदेशिक रोजगारीको विभिन्न चरणमा बनेका हरेक कागजात आफैसँग राखौँ । परिवारका सदस्यहरूलाई पनि राख्न दिऔँ । मोबाइलमा राखौँ । जहाँ सुरक्षित हुन्छ त्यहाँ राखौँ ।
कतिपय अवस्थामा त आप्रवासी स्रोत केन्द्रहरूले पनि कागजात जुटाउन सहयोग गरिरहनुभएको हुन्छ ।
उदाहरणका लागि वैदेशिक रोजगारीमा गएको प्रस्थान स्ट्याम्प र अराइभल स्ट्याम्पका लागि अध्यागमन विभागसँग समन्वय गर्ने, राहदानी नै छैन भने नागरिकता नम्बरको आधारमा समेत राहदानी विभागसँग समन्वय गरेर राहदानी नम्बर पत्ता लगाउने, दूतावासले जारी गर्ने एनओसीहरुको कपी दूतावाससँगको समन्वयमा मगाउने लगायतको काम बोर्ड सँगसँगै आप्रवासी स्रोत केन्द्रहरूले पनि गर्ने गरेका छन् ।
तर यो त कुनै विकल्प भएन भने कोही पनि व्यक्ति उसले पाउने आर्थिक सहायताबाट वञ्चित नहोस् भनेर गर्ने प्रयास हो । यसो गर्न समय लाग्छ । परिवारका सदस्यले पनि धाउन पर्ने हुनसक्छ । कुर्न पर्छ ।
त्यसैले वैदेशिक रोजगारीको विभिन्न चरणमा बनेका हरेक कागजात आफैसँग राखौँ । परिवारका सदस्यहरूलाई पनि राख्न दिऔँ । मोबाइलमा राखौँ । जहाँ सुरक्षित हुन्छ त्यहाँ राखौँ ।
एक जनालाई मात्र होइन आफूले विश्वास गर्ने आफ्नो परिवारका सदस्य अरूलाई पनि आफ्नो कागजातहरू राख्न दिऔँ । ताकी भोलिका दिनमा कुनै अप्ठेरो पर्दा कागजात नै न्यायको लडाइ लड्ने हतियार बनोस् ।
सबै कुरा बुझेर परिवारको सरसल्लाहमा मात्र निर्णय गरौँ
परदेशी भूमिमा श्रम गर्न जान देखेकै भरमा निर्णय गर्नु हुँदैन । आफ्नो रुचि के हो, कुन देशमा जाने हो के काममा लागि जाने हो भन्ने कुरा सोचेर र बुझेर मात्र निर्णय गर्नुपर्छ । हातमा सीप लिन पर्छ । पूर्व प्रस्थान अभिमुखीकरण तालिम पनि लिन पर्छ ।
सबै कुरा बुझेर र जानेर जाँदा वैदेशिक रोजगारी सुरक्षित हुन्छ । अरूको भरमा कहिले पनि वैदेशिक रोजगारीमा जाने निर्णय गर्नु हुँदैन । नत्र ठगीमा पर्न सकिन्छ । दुःख पाइन्छ ।
परिवारसँग पनि सल्लाह गर्नुपर्छ। भोलि तपाईँले परदेशमा कमाउँदा घर चलाउने मान्छे पनि सहमत हुन पर्छ । भोलिका दिनमा कुनै दुःख पर्दा सबैभन्दा पहिला त तपाईँलाई साथ र सहयोग परिवारकै चाहिन्छ ।
वैदेशिक रोजगारीबाट हुने फाइदा, हुन सक्ने जोखिम र राम्रो नराम्रो सबै पक्षबारे परिवारका सदस्यबीच प्रशस्त छलफल हुन जरुरी छ ।
विदेश कस्तो हुन्छ, त्यहाँको वातावरण, रहनसहन, चालचलन, संस्कार संस्कृति, कानुनी, नीति नियमहरू पनि बुझ्न पर्छ । यस्तो जानकारी विदेशमा रहेका आफ्नो साथीभाइदेखि श्रम कल सेन्टर, आप्रवासी स्रोत केन्द्रजस्ता ठाउँबाट बुझ्न सकिन्छ ।
सबै कुरा बुझेर र जानेर जाँदा वैदेशिक रोजगारी सुरक्षित हुन्छ । अरूको भरमा कहिले पनि वैदेशिक रोजगारीमा जाने निर्णय गर्नु हुँदैन । नत्र ठगीमा पर्न सकिन्छ । दुःख पाइन्छ ।
(श्रेष्ठसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।) स्रोत:उज्यालो अनलाइन 

Tags: आफूसँग पनि राखौँकरार सम्झौताजस्ता कागजातपनि छाडौँपरिवारलाईबिमाभिसाश्रम स्वीकृति

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist