• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बालबालिकाको रगतमा यसरी पुग्दैछ सिसा ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज २९ गते, ११:२१ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
बालबालिकाको रगतमा यसरी पुग्दैछ सिसा ?
11
SHARES
Share on FacebookShare on Twitter

के तपाईंले घर तथा कोठा सजाउन भित्तामा प्रयोग गर्ने गुणस्थरहीन रङको असरबारे सोच्नुभएको छ ? अनि बालबालिकाका खेलाउनाको रंगले पारिरहेको असर केलाउने गर्नुभएको छ ? अब यो विषयमा गम्भीर बन्नुपर्ने भएको छ। किनभने एक अध्ययनले भन्छ, – ‘त्यस्ता वस्तुमा हुने सिसा अर्थात् लिडले बालबालिकाको मस्तिष्क कमजोर पार्दैछ। उनीहरूलाई क्यान्सरसम्मको गम्भीर रोगको सिकार बनाउँदैछ।’
वातावरण क्षेत्रका वैज्ञानिकहरूको अध्ययनले सिसाको प्रयोगले वातावरणमा गम्भीर प्रभाव पारिरहेको जनाएका छन्। फलामजन्य वस्तुलाई खिया लाग्न नदिन तथा रंगलाई चम्किलो बनाउन प्रयोग हुने वस्तु सिसा अर्थात् लेड हो। यसको विश्वव्यापी प्रयोगले गम्भीर असरहरू देखिएका छन्। सन् २०२० सम्म विश्वलाई नै लेडमुक्त बनाउने अभियान चलाइए पनि तीन वर्ष पछिसम्म पनि त्यसको रोकथाम भने त्यति प्रभावकारी हुन सकेको देखिँदैन।
नेपालसहित विश्वका अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूमा लेडको प्रयोग र त्यसको प्रभाव बढी देखिएको छ। विश्वस्वास्थ्य संगठनका अनुसार लेड दीर्घकालसम्म शरीरमा सञ्चित भई यसले विभिन्न खालको विषाक्त असरहरू पु¥याइरहेका छन्। जस्तै शरीरका विभिन्न प्रक्रिया स्नायु प्रणाली, रक्तकोषिका, श्वासप्रणाली, पाचन प्रणाली, मस्तिष्कघातलगायत रोग लाग्ने खतरा रहन्छ। वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार रंग तथा अन्य वस्तुमा प्रयोग हुने लेड धुलो, हावा, पानी र छालाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरी असर गर्न थाल्छ। यसले बालबालिकाको मस्तिष्कमा सबैभन्दा बढी गम्भीर असर परिरहेको देखिएको छ।
महिलाले प्रयोग गर्ने गाजल, लिपिस्टिक, नक्कली गहना, बालबालिकाले प्रयोग गर्ने खेलौना, नेलपोलिस, आयुर्वेदिक औषधि, घर, फर्निचर, स्कुल, झ्याल, ढोका इत्यादि रंगाउन प्रयोग हुने विभिन्न रंगीचंगी रंगहरू, बन्दुकको गोली, सिन्दूरमा सिसाको प्रयोग हुने गरेको अध्ययनहरूमा पाइएको छ। नेपालका औद्योगिक क्षेत्र आसपास, रंग लगाइएका घरमा बस्ने बालबालिकाको रगतमा लेड (सिसा)को मात्र अत्याधिक देखिँदै आएको वातावरण वैज्ञानिक एवं जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक साहले बताए। रगतमा ५ माइक्रोग्रामप्रति डेसिलिटरभन्दा बढी सिसाको मात्रा हुनुलाई अस्वाभाविक मानिन्छ। नेपालमा भएको अध्ययनमा संलग्न तीन वर्षमुनिका बालबालिकाको रगतमा साढे नौ गुणा बढी लेड भेटिएको छ।
दक्षिण एसियामा मस्तिष्कको क्षयीकरण
कोरिया हरित विकास ट्रस्ट र विश्व बैंकको प्रदूषण व्यवस्थापन तथा वातावरणीय स्वास्थ्य कार्यक्रमले आर्थिक सहयोगमा गरेका ‘विश्वको स्वास्थ्य लागत र बालबालिका तथा वयस्कमा सिसाको प्रभाव’ शीर्षकमा प्रकाशित एक अध्ययनले दक्षिण एसियामा सिसाका कारण स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको देखाएको हो। डा.अर्नेस्टो साञ्चेन र जोर्न लर्सेनको भर्खरै सन् २०२३ को सेप्टेम्बर ११ मा प्रकाशित अध्ययन प्रतिवेदनले बालबालिका र बयस्कमा सिसाको सम्पर्कले ठूलो क्षति पुगेको निष्कर्ष निकालेको छ। अध्ययनबाट पत्ता लागेको छ कि ७ करोड ६५ लाख बालबालिकाको मतिष्कको बौद्धिक क्षमता गुमेको छ भने सिसाको सम्पर्कमा आई सन् २०१९ मा ५५ लाख ४५ हजार बयस्कको हृदय रोगबाट मृत्यु भएको छ।
अध्ययनले पछिल्लोपटक गरिएको अध्ययनभन्दा ८० प्रतिशत बढी दरले मस्तिष्कको बौद्धिक क्षमता (आईक्यु) ह्रास भइरहेको जनाएको छ। हृदयघातबाट मृत्यु हुनेको संख्या सन् २०१९ मा अनुमान गरिएभन्दा ६ गुणाले धेरै भएको अध्ययनको निष्कर्ष छ। अनुसन्धानकर्ताले अध्ययन गरिएका देशका नागरिकको रगतमा भएको सिसाको मात्रा, रोगका लागि भइरहेको लगानी, दुर्घटना तथा जोखिम क्षेत्रहरूको अध्ययनबाट यी निष्कर्षहरू निकालेका हुन्।
अध्ययनले विश्वले सिसाको सम्पर्कबाट हुने स्वास्थ्य जटिलता रोकथाममा ६ ट्रिलियन युरोपियन डलर खर्च भएको जनाएको छ। विकसित मुलुकहरूको तुलनामा अविकसित मुलुकहरूमा हृदय रोगबाट मृत्यु हुनेको संख्या र बौद्धिक क्षमता ह्रासको मात्रा बढी देखिएको छ। ५ वर्षमुनिका बालबालिकाको रगतमा सिसाको मात्र देखिएको छ। त्यस्तै २५ वर्षमुनिका वयस्कमा हृदयरोगको समस्या सिसाकै संसर्गका कारण भइरहेको अध्ययनले देखाएको छ। यो अध्ययनले विश्वको कुल गार्हस्थ्य उत्पादनमै यसले असर पारिरहेको निष्कर्ष दिएको छ। रोग निवारणका लागि भइरहेका प्रयास र लगानी सिसाकै संसर्ग क्षयीकरण गरिरहेको अध्ययनकर्ताले औंल्याएका छन्।

तीन वर्षमुनिका बच्चाको रगतमा लेडको उच्चस्तर

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित ‘काठमाडौं उपत्यकाका ६ महिनादेखि ३६ महिनासम्मका बालबालिकामा सिसाको उच्चस्तर’ शीर्षकको अनुसन्धान रिपोर्टमा डरलाग्दो तथ्यांक देखिएको छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन नामक सरकारी संस्थाले रगतमा ५ माइक्रोग्राम पर डेसिलिटर लेड हुनुलाई सामान्य मानिने मापदण्ड तोकेको थियो। अहिले त्यो मात्रालाई साढे ३ माइक्रोग्राम पर डेसिलिटरमा झारिएको छ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सिद्धी मेमोरियल अस्पतालमा भर्ना भएका ६ महिनादेखि तीन वर्षसम्मका ३ सय १२ जना बालबालिकामा त्यो मापदण्डभन्दा अत्यधिक धेरै लेड भेटिएको हो। मेघनाथ धिमाल, खेमबहादुर कार्कीसहितका १४ जना अनुसन्धानकर्ताको अध्ययनले घरको झ्याल, ढोका र भित्तामा टासिने र धुलोमैलोमा खेल्ने बालबालिकाको रगतमा साढे पाँच गुणा बढी सिसा भेटिएको हो। यो उमेर समूहका बालबालिका भुइँमा बढी खेल्ने भएकाले लेडको मात्रामा शरीरमा बढी हुने गरेको अध्ययनमा उल्लेख छ। त्यस्तो लेड अधिकांश रंग र खेलौनाबाट वातावरणमा फैलिने गरेको छ। अध्ययनमा संलग्न बालबालिकामध्ये ८६ प्रतिशत विद्यालय नै भर्ना भएका थिए।

अध्ययन गरिएकामध्ये दुई जनामा मापदण्डभन्दा नौ गुणा बढी लेड भेटिएको छ। २ सय १ जना बालबालिकामा मापदण्डभन्दा बढी लेड भेटिएको छ। यो अध्ययन प्रतिवेदन सन् २०१७ मा सार्वजनिक गरिएको थियो। अध्ययनले ६६ दशमलव ८ प्रतिशत बालबालिकामा लेडको मात्रा बढी भएको जनाएको छ। तीमध्ये झन्डै ७९ प्रतिशत दलित, जनजाति समुदायका बालबालिका छन्। घरको भित्ता, झ्याल, ढोकामा रंग लगाएका घरमा हुर्किएका र बाबु जागिरे तथा आमा गृहणी भएका बालबालिकामा लेडको मात्रा बढी देखिएको हो।

निराशाजनक सुधार

नेपालमा उत्पादित एवं आयातित हरेक प्रकारको रंगहरूमा लेडको अधिकतम् ९० पीपीएमलगायत हरेक बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षाका लागि सावधानीमूलक सन्देशसहितको सूचना उल्लेख गर्नुपर्ने व्यवस्थासहितको बाध्यकारी मापदण्ड सरकारले २०७१ साल पुस ७ गते राजपत्रमै प्रकाशित गरेको छ। सरकारले यो मापदण्ड तोके पनि नेपालमै उत्पादन हुने तथा आयात हुने रंगमा लेडको मात्रा मापदण्डभन्दा निकै गुणाले बढिरहेको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले सन् २०२१ मा नेपाल सरकार स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा सातै प्रदेशमा गरेको अध्ययनले रंगमा लेडको मात्रा मापदण्डभन्दा अझै बढी रहेको देखाएको छ। नेपाल गुणस्तर चिन्ह लगाई ‘नो लेड’ लेखिएका रंग  समेतमा पनि मापदण्ड अधिकतम् ९० पीपीएमभन्दा बढी लेड भेटिएको थियो। लुम्बिनी प्रदेशमा बुटवल, बर्दघाट र नेपालगञ्जका बजारहरूबाट रंगका नमुनाहरू अध्ययन परीक्षणमा समावेश गरिएको थियो।

देशभर ६२ ईनामेल रंगमध्ये ३२ वटा (५२ प्रतिशत) मा लेड मापदण्डभन्दा कम र ३० वटा (४८ प्रतिशत) मा लेड मापदण्डभन्दा बढी भेटिएको थियो। वातावरण वैज्ञानिक साहकाअनुसार यो रिपोर्ट सन् २०१५ कोभन्दा धेरै सुधार भएको हो। कतिपय रंगमा लेडको प्रयोग अझै धेरै छ। उक्त अध्ययनमा सबैभन्दा बढी २२८० दशमलव ८९ पीपीएम लेड भेटिएको थियो जुन सरकारी मापदण्डभन्दा २ सय ५३ गुणा बढी हुन आउँछ।

सातै प्रदेशमा गरिएको अध्ययनमा सबैभन्दा बढी लेडयुक्त रंग मधेस प्रदेशमा रहेको थियो। कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम र कोशी प्रदेशहरूमा क्रमशः कम लेडयुक्त रंगहरू भेटिएको थियो। उद्योगहरूले उत्पादन गर्ने विभिन्न रंगहरूमा फरक–फरक मापनमा लेड राख्ने गरिएको छ। अध्ययनका क्रममा रातो, पहेंलो र खैरो रंगका रंगहरूमा बढी लेड प्रयोग भएको छ। अध्ययन गरिएका ३७ रंग उद्योगहरूका ६२ रंग नमुनाहरूमध्ये ५ वटा उद्योगका ७ रंग नमुनाहरूमा लेडको मात्रा १० हजार पीपीएमभन्दा बढी देखिएको थियो। मापदण्ड प्रभावकारी भएको करिब ६ वर्षपछिसम्म पनि रंगहरूमा यति धेरै मात्रामा लेड पाइराख्नु निकै डरलाग्दो अवस्था हो। यसले नेपाल सरकारबाट जारी बाध्यकारी मापदण्डको परिपालनाको दैयनीय अवस्थालाई पनि उजागर गरेको वातावरण वैज्ञानिक साह बताउँछन्।

अत्याधिक लेड मिसाइएका रंगहरू लगाइएका घर, स्कुल, खेलौनालगायतका वस्तुमार्फत बालबालिकाको मुखभित्र जाने हुन्छ। त्यसले नै बालबालिकामा दीर्घकालसम्म रोगको सिकार हुने गरेको हो।

बुटवलमा कार्यरत बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल लेडले बालबालिकामा गम्भीर असर पु¥याइरहेका तथ्यहरू आइरहेको भन्दै त्यसको निराकरणमा जुट्नुपर्ने बताउँछन्। ‘हामीहरू नेपालमा लेडले बालबालिकामा के कति असर गरिरहेको छ भन्ने अध्ययन गर्दैछौं’, उनले भने। लेडयुक्त फोहोरहरूको सही बिसर्जन नहुनु, घर–स्कुलमै लेडयुक्त वस्तु प्रयोग हुनुले बालबालिकाको मस्तिष्कमा गम्भीर असर पु¥याउन सक्ने चिन्ता उनको छ।

विश्वभर लेडको विषाक्तता अन्त्य गरौं भन्ने नाराकासाथ लेडमुक्त अभियान चलाइएको छ। यद्यपि रंग, खेलौंना जस्ता वस्तुमार्फत बालबालिकामै यसको जोखिम बढ्दै गएको छ। ‘हामीले सन् २०१० मा गरेको अध्ययनको रिपोर्टभन्दा अहिले धेरै सुधार भएको देखिन्छ,’ वातावरण वैज्ञानिक साह भन्छन्, ‘तर यसको अन्त्य गर्न अझै धेरै काम गर्न बाँकी छ। अबको अभियानमा सबै एकजुट हुनुपर्छ।’ सम्बन्धित सबै तहका सरकारी निकायहरूबाट निरन्तर उद्योग र बजार अनुगमन हुनुुका साथै भन्सार विन्दुहरूमा पनि लेडयुक्त रंगहरूको आयातामा कडाई गरिए केही नियन्त्रण हुन सक्ने विज्ञहरूको भनाइ छ।

के–के हुन्छ असर ?

शरीरमा लेडको प्रवेशले बालबालिकाको मस्तिष्कमै सबैभन्दा बढी क्षयीकरण गर्छ। बालबालिका विकलांग हुनेदेखि उनीहरूको विकासमा समस्या देखिने अध्ययनबाट भेटिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार लेडले मस्तिष्क विकास र अध्ययन क्षमतामा ह्रास, सुनाइ क्षमतामा ह्रास, बोली तथा व्यवहारमा समस्या, उच्च रक्तचाप, मिर्गाैलामा क्षति, सन्तान उत्पादन क्षमतामा समस्या, एनेमिया, पाचन प्रणालीमा समस्या निम्त्याउने गर्छ। नेपालमा गरिएको अध्ययनमा संलग्न केही बालबालिकामा वृद्धि विकासमा ढिलाइ भएको देखिएको थियो। यद्यपि यसको विषयमा विस्तृत अध्ययन भने नेपालमा भएको छैन। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Tags: बालबालिकाकोयसरी पुग्दैछरगतमासिसा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist