इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा न.७ निवासी विद्यानन्द मेहतालाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
गएराती स्थानीय मेहताकाे एउटा टीना छानाे भएको घरमा आगलागी भएपछि नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह उपशाखाले राहत सामग्री हस्तान्तरण गरिएको हाे ।
अचानक मेहताकाे घरमा गएराती १२ बजे घरमा आगलागी भएको भन्दै अनुमानित ५० हजार भन्दा बढीकाे सरसमान सहित एक थान गाई समेत आगलागीबाट घाइते भएको पीडित परिवार विद्यानन्द मेहताकाे कथन छ ।
मेहताकाे भनाइअनुसार गएराती आगलागी भएपनि कारण भने हाल सम्म पत्ता नलागेको बताउदैँ भने आगलागी नियन्त्रणमा लिन धाैँ – धाैँ परेको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीमा जानकारी गराउँदा समेत बारूण यन्त्र नपठाइएकाे गुनासो गरेका हुन् ।
उनलेे भने जिल्ला प्रहरी कार्यालय सुनसरीलाई राति १२ बजे बारूण यन्त्र (दमकल) काे लागि फाेन गर्दा इलाका प्रहरी कार्यालय लाैकही जानकारी गराउनु भन्दै फाेन काटेको बताए ।
उता इलाका प्रहरी कार्यालय लाैकहीलाई आगलागीकाे बारेमा जानकारी गराउँदा हाम्रो कार्यक्षेत्रमा पर्दैनन् तपाईं प्रहरी चाैकी उल्टी फाेन गर्न सुल्झाएकाे उनलेे बताए । आगलागी भने स्थानीय गाउँवासीहरूकाे सहयोगमा नियन्त्रणमा आएको स्थानीय कुसेश यादवकाे कथन छ ।
यसैवीच पीडित परिवारलाई राहत पुरयाँउन रेडक्रसले पीडितको घरैमा पुगेर आज शुक्रवार त्रिपाल, ब्ल्याकेट, भाडावर्तन लगायतका राहत सेट सामग्री उपलव्ध गराईएको रेडक्रस सचिव रामकुमार मेहताले बताए । ती राहत सेट भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, भाेक्राहा नरसिंह वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव, स्वास्थ्य शाखा प्रमुख हिरा साह,रेडक्रस सभापति युवराज दाहाल ,कोषाध्यक्ष पवन मेहता लगायतका व्यक्तिहरूले हस्तान्तरण गरेका थिए ।
भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...










Discussion about this post