इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
बुधबार र बिहीबार गरि दुई दिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम दिइएको हाे ।
तालिम भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय चिराैली सुनसरीको आयाेजना तथा सेभ द अर्थ सुनसरी र फेयर मेड (हेल्थ फर द पाेेरेस्ट) काे सहकार्यमा दुई दिने उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि आधारभूत तालिम सम्पन्न गरिएको सामुदायिक स्वास्थ्य प्रशिक्षक रूखसाना प्रविणले जानकारी दिइन् ।
साे कार्यक्रममा जनस्वास्थ्य निरिक्षक हिरा साह, स्वास्थ्य चाैक नरसिंहका जनस्वास्थ्य निरिक्षक प्रदिप यादव, स्वास्थ्यकर्मी देवसुन्दर मेहता, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ५ का स्वास्थ्यकर्मी राजेश यादव, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ८ का स्वास्थ्यकर्मी नितेश यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।भने कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका वडा नम्बर ४,५ र ७ मा कार्यरत २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रम दुई दिन सम्म बिपी आधारभूत विद्यालय भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा संचालन गरिएको सामुदायिक स्वास्थ्य प्रशिक्षक रूखसानाले बताइन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post