विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नजिकिदै गरेको दिपावली, भाइटीका तथा छठ पर्वको अवसर पारेर नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाइको आयोजनामा मंगलवार कुशवंशी मिलन, चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।नेपाल सरकारका सह – सचिव तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरीत्र मेहताको प्रमुख आथित्यतामा नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाईका अध्यक्ष मधुलाल मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा संघिय सरकारका पूर्व राज्यमन्त्री सीताराम मेहताले सभालाई सम्बोधन गर्दे भर्खरै सकिएको दशै, नजिकिँदै गएको दिपावली र छ्ठ पर्वको सम्पुर्ण कुशवंसीहरुलाई शुभकामना दिदै हामी सबै कुशवंसीहरुले कुनै कार्य गर्दा एक भएर जानु पर्ने जरुरी रहेको समेत बताए ।
त्यसैगरी नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय उपाध्यक्ष जय प्रकाश मेहताले लव कुश लगायत कुशवाहा समाजको बारेमा वर्णन गर्दै शुभकामना दिएको थियो ।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाको पुर्व अध्यक्ष लाली प्रसाद मेहता, इनरुवा नगरपालिकाका उपप्रमुख बिनीता मेहता, सह सचिव राम चरित्र मेहता लगायतले शुभकामना मन्तब्य दिएको थियो ।त्यसैगरी कार्यक्रममा तीन जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा रेडियो नागरिकका डुमरलाल मेहता, मकालु टेलिभिजन बिराटनगरका संवाददाता सन्तोष मेहता र सुरेन्द्र कुशवाहा रहेका छन् । उहाँहरुलाई नेपाल कुशवाहा कल्याण समाजले सम्मान पत्रसहित दोसल्ला अबिरको टीका लगाई सम्मान गरेको भोक्राहा नरसिंह कुशवाहा कल्याण समाजका अध्यक्ष मधुलाल मेहताले जानकारी दिए ।
नेपाल कुशवाहा कल्याण समाजले पाँच जना अवकाश पाएका शिक्षकहरुलाई समेत सम्मान गरेको छ । सम्मानित पूर्व शिक्षकहरु राम प्रसाद मेहता,देव नारायण मेहता, देव चरण मेहता, रामदेव मेहता , सत्यनारायण मेहता रहेका छन् ।
यस्तै समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै डाक्टरहरु राजेश मेहता, उपेन्द मेहता, र निर्वाचित जनप्रतिनिधिहरुमा लक्ष्मण मेहता, अकल देव मेहता, बलदेव मेहता, शिव नारायण मेहतालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यस्तै कार्यक्रममा कुशवाहा समाजले बाल मन्दिर माविका तीन जना बालकलाकारहरूलाई समेत सम्मान गरेका छन् ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, पूर्व राज्यमन्त्री सीताराम मेहता, विरेन्द्र मेहता, धर्मवीर आर्य,राजेन्द्र मेहता,जय प्रकाश मेहता, बुढिजिवी समाजका अध्यक्ष अधिवकता पन्चदेव मेहता, सुखसेना शाखा अध्यक्ष सुकदेव मेहता, श्री आधारभुत विद्यालय भोक्राहा नरसिंह २ का व्यवस्थापन समिति अध्यक्ष राजाराम मेहता, प्रधानाध्यापक सुर्य नारायण मेहता, भोक्राहा नरसिंह वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, कोशी गाउँपालिका कुशवाहा समाज अध्यक्ष चन्द्रदेव मेहता, दिनेश मेहता, भोक्राहा नरसिंह गाउँपालिकाकी पूर्व उपाध्यक्ष पुनम कुमारी मेहता, उर्मिला मेहता, देवकी देवि मेहता, ममता देवि मेहता लगायत कुशवंसीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिइएको छ ।
Discussion about this post