जयकृष्ण यादव / इनरुवा । जिल्लाका सम्पूर्ण सरोकारबाला र नागरिक बिचमा सुनसरीको बराहक्षेत्र ६ श्रीलंका टाप्पुमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाई र जिल्ला प्रहरी कार्यालय सहित सरकारी तथा गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा पहिलो पटक सबै सरोकारबालाहरुको बीचमा श्रीलंका टाप्पुमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले नागरिकको भावना बुझ्ने र सरकारी सेवा सुविधाको उपभोग र उपयोग कसरी गरिरहेको छ भन्ने कुरा बुझने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरेको बताउनुभयो । प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेग्मीले बताउनुभयो ।
सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै रेग्मीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन स्थानीयसँग हातेमालो गर्दै आएको बताउनुभयो । उहाँले श्रीलंका टाप्पुको हकमा प्रहरी चौकी राख्नका लागि पटक पटक माग आएको तर प्रकृयामा जानुपर्निे भएकाले आजको आजै सम्बोधन नभएपनि चौकीका लागि पहल र प्रयास गर्ने बचन दिनुभयो । कार्यक्रमममा सहभागी नागरिकहरुले कोशी नियन्त्रण गर्नुपर्ने , पश्चिममा तटबन्धको व्यवस्था गर्नुपर्ने, किसानलाई समयमा उन्नत जातको विउँविजन र मलको व्यवस्था गर्नुपर्ने, उत्पादित खाध्यन तथा नगदे बालीको बजारीकरण गर्नुपर्ने, मोटरसाईलकमा तरकारी र उत्पादित बस्तु ओसार्दा ट्राफिक हैरानी रहेकाले सहजिकरण गर्नुपर्ने माग उठाएका थिए । त्यसैगरी नागरिकलाई जहस स्वास्थ्य सेवाका लागि प्रसुति सेवा सहितको स्वास्थ्य चौकी हुनुपर्ने, माध्यमिक तहसम्म पढाई हुने विद्यालय हुनुपर्ने, टाप्पुका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गर्नुपर्ने माग उठाएका थिए । टापुमा जंगली जनावरको आतंक रहेको र छाडा चौपायाको जोखिम रहेकाले नियन्त्रण गर्नुपर्ने, नागरिकता विहिनहरुलाई नागरिकताको व्यवस्था गर्नुपर्ने समेत माग उठाएका थिए ।
उठेका सवाल र मागहरुलाई क्रमशः सम्बोधन गर्दै जाने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । प्रमुख कार्कीले निर्वाचन पछि पहिलो पटक धेरै संख्यामा उपस्थित नागरिकहरुलाई मतदान गरेर जिताएकोमा ढिलै भएपनि धन्यवाद दिनुहुदै नागरिकलाई जहस स्वास्थ्य सेवाका लागि प्रसुति सेवा सहितको स्वास्थ्य चौकीमा स्तोरोन्नती गर्ने र जनता आधारभुत विद्यालयमा कक्षा ८ सम्म पढाई भईरहेकाले अगामी शैक्षिक सत्रमा कक्षा ९ र अर्को वर्ष १० कक्षासम्म थप गर्दै माध्यमिक तहसम्म पढाई हुने विद्यालय बताउने र टाप्पुमा झण्डै २१ सय नागरिकका लागि छुट्टै एउटा मतदान केन्द्रको व्यवस्था गर्न आवश्यक रहेकाले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै नागरिकलाई राज्यको अनुभुत हुने गरि काम गर्दै आएको र त्यसमा थप केही गर्नुपर्ने भए सुझाव लिन कार्यक्रम गरेको बताउनुभयो । उहाँले प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने र अन्य सुझावलाई सम्बोधन गर्नका लागि सम्बन्धीत निकायमा सहजिकरण गर्ने बताउनुभयो ।
त्यसैगरी महिला हिसाँ, लैगिंक हिसाँ र बाल हिसाँका सवालमा अवाज उठाउन र अन्याय सहेर नबस्न आग्रह गर्नुभयो । उहाँले कानुनी उपचारका लागि आबाज उठाउन आग्रह गर्नुहुदै न्यायको पक्षमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, ओरेक नेपालका विमला घिमिरे, गोरखापत्र दैनिकका जयकृष्ण यादव, बराहक्षेत्र ६ का वडा अध्यक्ष उद्धब प्रसाद पोखरेल, सस्शत्र प्रहरी उपरीक्षक लकेश तुम्बाहाम्पे लगायतले प्रशासन, जनप्रतिनिधिहरु र प्रहरी अन्य जिल्लाको भन्दा सक्रिय भएर काम गरेको औंल्याएका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post