बिर्तामोड-झापाका विभिन्न उद्योग वाणिज्य संघसहित ४२ वटा संघसंस्थाले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेललाई बिदाई गरेका छन् ।
आइतबार बिहान बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी पाेखरेललाई सम्मानसहित बिदाई गरिएको हो ।
एउटा कुशल प्रशासकका रुपमा पाेखरेलले झापामा १० महिना बिताएका छन् । उनले २०७९ माघ १२ देखि झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
पोखरेलकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदुर पश्चिम प्रदेशको सचिवका रुपमा सरुवा भएकाे छ । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्याैपानेले संघ संस्थासँगकाे समन्वय र सहकार्यका लागि प्रमुख जिल्ला अधिकारी पाेखरेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
महासचिव अर्जुन मैनालीले सञ्चालन गरेको बिदाई कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल, खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमाेल र झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ लगायतले बिदाई शुभेच्छा राखेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा बिदाई कार्यक्रम भएको हाे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post