• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रहरीको मिलेमतोमा व्यापक तस्करी,राजश्वले गर्याे छापामारी,करोडौंको कपडा बरामद

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० मंसिर १९ गते, २२:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रहरीको मिलेमतोमा व्यापक तस्करी,राजश्वले गर्याे छापामारी,करोडौंको कपडा बरामद
15
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मोरङ प्रहरीको मिलेमतोमा व्यापक तस्करी हुन थालेपछि राजश्व अनुसन्धान विभागले मोरङका एक जना ठूला तस्करको गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेको छ । राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको हो । बर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाई छ ।
राजश्वले गत साता सबै गोदामहरू सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका महंगा कपडासहित विभिन्न थरीका अन्य कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरिएको जनाएको छ । केही महिनाअघि  नेपालबहसले दशैं अघि नै ‘नाका एक धन्दा अनेक, प्रहरी र तस्करबीच यस्तो छ सेटिङ ?’ शीर्षकमा मोरङ लगायतका पूर्वी नाकाबाट प्रहरीको मिलेमतोमा व्यापक चोरी पैठारी हुने गरेको समाचार प्रकाशित गरेको थियो ।  यसबाट पनि नेपालबहसको समाचार सत्य रहेको थप प्रमाणित हुन्छ ।
मोरङ लगायतका कोशी प्रदेशका सीमा नाकाबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ । मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुखहरूले खटाएका घुमुवासँगको सेटिङमा तस्करहरूको रजगज चल्न थालेको समाचार स्रोतको भनाइ छ ।
तस्करहरूसँग राम्रो सेटिङ मिलाउन सक्ने खुवी भएकै कारण नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयले हालै गरेको जुनियर प्रहरीको सरुवामा पनि सोही अनुसारको सेटिङ मिलाइएको दावी समाचार स्रोतको छ । सुगमबाट सुगम र तराई/मधेशबाट तराई/मधेशमै अधिकांश प्रहरी कर्मचारीहरूको सरुवा गरिएको छ । जो वर्तमान र पूर्व घुमुवा हुन, जसले तस्करसँग सेटिङ मिलाएर हाकिमको सेवा गर्न खप्पिस छन् ।
समाचार स्रोतका अनुसार तस्करसँग सेटिङ मिलाएर हाकिमको सेवा गर्न खप्पिस भएकै कारण वरिष्ठ सई राजेन्द्र कटवालको कोशी प्रदेश प्रहरी कार्यालयबाट मोरङ मै रहेको उच्च अदालतका न्यायाधीश सुरक्षा गार्डमा सरुवा गरि मोरङ जिल्लाको घुमुवाको रुपमा परिचालन गरिएको छ । सई कटवालले प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोला र मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल दुवैको घुमुवाको रुपमा कामकाज गरि कुस्त कमाउन सफल भएको स्रोतको भनाई छ । उनले आफू मातहत सहायक हबल्दार गणेश श्रेष्ठ, सहायक हबल्दार राजकुमार र सुलभ चौधरी, प्रज रघु यादव तथा असई रुपेश सिंह र उनकै भाई सन्दीप सिंहको कोर टीम बनाएर परिचालन गर्ने गरेका छन् । मोरङ प्रहरीका हरेक युनिटमा जिल्लाबाट खटिएका घुमुवाहरुको संयोजन गर्ने र रकम कलम असुल्ने जिम्मा भने कटवालले सहायक हबल्दार गणेश श्रेष्ठलाई दिएको बताइएको छ ।
को को हुन् मोरङका हुण्डीवाल र सट्टेबाज ? कति दिन्छन् प्रहरीलाई ?संसारभर नै हुण्डी, डलर, सुनचाँदी र सट्टेबाजको त्रिपक्षीय कनेक्सन हुने गरेको छ । अझ हतियार र लागूऔषधको धन्दा पनि यही नेक्ससमा हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । विराटनगर पनि देशकै ठूलो औद्योगिक र व्यापारिक नगरी भएकाले यहाँबाट हुण्डी, सुनचाँदी लगायतको ठूलो तस्करी हुने गरेकोमा विवाद रहेन । पछिल्लो समय चीन लगायत दुबई, हङकङ जस्ता देशहरूबाट सुनचाँदीको अवैध कारोबार फस्टाएको सबैमा विदितै छ । सो को भुक्तानीका लागि व्यापारीहरूले हुण्डीको प्रयोग गर्ने गरेका छन् । यस्तै हालै सम्पन्न विश्वकप क्रिकेट प्रतियोगितामा पनि विराटनगरमा सट्टेबाजीको ठूलो खेल खेलाइएको पाइएको छ । आईपीएल क्रिकेट, फुटबल लगायतका खेल हुँदा यहाँबाट सट्टेबाजीको कारोबार निकै फस्टाउने गरेको छ । मोबाइल वा कम्प्यूटरमार्फत खेलको सौदाबाजी हुने भएपनि प्रहरीसँगको सेटिङ बिना जोखिम हुने हुनाले यस्ता सट्टेबाजहरुले वरिष्ठ सई कटवालमार्फत लाखौंमा सेटिङ मिलाएर निर्वाध गेम खेलाएको दावी समाचार स्रोतको छ ।
विराटनगरका नामुद सट्टेबाज हुन हंसु जैन । यिनले अतिथि सदनमा बसेर धन्दाको संयोजन गर्ने गरेका छन् । यस्तै ठूलो हुण्डीवाला हुन घोगा पुल घर हुने राजेश साह, अख्तर अन्सारी र गणेश । यिनीहरुले हुण्डीका साथै सट्टेबाजीमा पनि ठूलो लगानी गर्ने गरेको दावी स्रोतको छ । त्यस्तै तिनपैनीका डारे भनिने र विनोद साह तथा रानी भन्सार नाका बस्ने राजेश खण्डेवाल पनि हुण्डी र सट्टेबाजीका हेडमास्टर नै हुन भनिन्छ । यस्तै बरगाछीमा डायस भन्ने अवैध खेल जुवा खेलाउने सन्तोष चापागाईं र बिक्की साहले यसपटकको आईपीएल र बल्र्डकप क्रिकेटमा ठूलै कमाई गरेको बताइन्छ । अर्को ग्रुपमा अख्तर अन्सारी, जगदीश साह, अफरोच खान र कमलेश अग्रवालले पनि यसपटकको क्रिकेट खेलमा ठूलो सट्टेबाजको भूमिका निर्वाह गरेको बताइन्छ ।
मोरङ प्रहरीलाई यिनका सबै गतिविधि थाहा भएपनि चुप लागेर बस्नुमा सेटिङ कै भूमिका रहेको बताइन्छ । यदि प्रहरीले उनीहरूको मोबाइल व्हाट्सअप, डायरी र बैंक स्टेटमेन्ट बरामद गरि चेक गर्ने हो भने सबै पत्ता लाग्ने समाचार स्रोतको भनाई छ । तर प्रहरीको सिभिल टोलीसँगको मिलेमतोमा प्रहरी देखेको नदेखे झैं गर्छ ।
यदि प्रहरीले सेटिङ नमिलेर पक्राउ गरिहाल्यो भने राजेश साह र हंसु जैन मिलाउन दर्गुर्ने गरेका छन् । विगतमा पनि यसरी हंसु जैनलाई पप्पु नायक नामक एकजना मोरङ प्रहरीका घुमुवा इन्स्पेक्टरले पक्राउ गर्दा बीच बाटोबाटै २० लाखमा केस सामसुम पारिएको घटना धेरै प्रहरीलाई जानकारी रहेको बताइएको छ ।
हुण्डीवालाहरु प्रत्येकले प्रहरीलाई मासिक २ लाखदेखि ५ लाखसम्म कारोबार हेरी बुझाउने गरेका छन् भने सट्टेबाजहरुले एकठाँउमा एकमुष्ट जम्मा गरि खेल भएका बेला ५० लाखसम्म बुझाउने गरेको एकजना प्रहरी अधिकृतले नाम नबताउने शर्तमा जानकारी दिएका छन् ।
यी हुन सुनचाँदीका डन !तीन साता अघि मात्र मोरङ प्रहरीले केही किलो चाँदी पक्राउ गरेको सार्वजनिक गरेको थियो तर त्यो लाइन नपाएर मात्र पक्राउको नाटक मञ्चन गरिएको बताइन्छ । जबकी सो पक्राउ गरिएको चाँदीको व्यापारीसँग बिल भरपाई रहेको अनुसन्धानका क्रममा पत्ता लाग्यो । प्रहरीले व्यापारीलाई तर्साउने खेलोको रुपमा पक्राउको नाटक मञ्चन गर्ने गरेको स्रोतको भनाई छ । यतिबेला विराटनगर क्षेत्रमा सुनचाँदीको राम्रै कारोबार भइरहेको यस घटनाले पनि प्रष्ट हुन्छ ।
मोरङबाट सीताराम भाईटी, अख्तर खान, अरुण राठी र प्रमोद राठीले मुख्य रुपमा सुनचाँदीको तस्करी गर्ने गरेको बताइएको छ । अहिले सुनचाँदीको कारोबार व्यापक छ, तपाईं आफैं अन्दाज गर्नुस प्रहरीसँगको सेटिङ बिना कसरी कारोबार सम्भव होला ? स्रोतले भन्यो ।
वरिष्ठ सई कटवालले कुन तस्करसँग कति असुल्छन् ?मोरङ जिल्लाका घुमुवा तथा डीआईजी र एसपीका विश्वास पात्र वरिष्ठ सई कटवालले तस्करी लाइन सञ्चालन गर्न दिएवापत विभिन्न तस्करहरूबाट मोटो रकम असुल्ने गरेको तथ्य बाहिरिएको छ । प्रहरीकै एकजना प्रहरी अधिकृतले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार तस्करहरु जनार्दनबाट १ लाख, नाजिर गाईगोरु तस्करबाट ४ लाख, सुरेश र सवनमबाट सवा लाख, गुड्डु, धीरु कालेबाट १/१ लाख, रेनु साह ६० हजार, मिथुन ५० हजार, विजय भगतबाट ७५ हजार, बब्लु अग्रवालबाट ७५ हजार मासिक रुपमा लिने गरेका छन् । अन्य तस्करबाट पनि सोही दरमा रकमकलम उठाउने गरिएको छ । त्यस्तै भन्सार एजेण्टको पैसा राजकुमार रौनियारले उठाएर एकमुष्ठ दिने गरेका छन् । भन्सार एजेण्टहरुले पनि आफ्नो काममा कुनै डिस्टर्व नहोस् भनेर यसरी प्रहरी सेटिङ पनि मिलाउने गरेको दावी समाचार स्रोतको छ ।
यसै गरी प्रहरी चौकी अमाईबरातीले ५०, नोचा ४०, मायागञ्ज ३०, पोखरिया ३०, मोझारे ५०, मटिअर्वा ५० रानी सीमा ५० हजारका दरले कटवाललाई मासिक दिने गरेको दावी सो स्रोतको छ । साथै अन्य चौकी, ठाना र इप्रकाबाट पनि यही अनुपातमा रकम उठाउने गरिएको बताइन्छ । रंगेली, उर्लाबारी र बेलबारी लगायतका जिल्ला घुमुवाले पनि मोटो रकम उठाएर कटवाललाई बुझाउने गरेको बताइन्छ । त्यस्तै गिट्टी बालुवाका ठेकेदारहरूले १० –१५ लाख का दरले पैसा उठाएर अलग्गै दिने गरेको दावी स्रोतको छ । स्राेत:नेपाल बहस

Tags: कपडा बरामदकरोडौंकोछापामारीप्रहरीको मिलेमतोमाराजश्वले गर्याेव्यापक तस्करी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist