• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशमा कर्मचारीको चरम अभाव

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० मंसिर २० गते, २१:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
कोशी प्रदेशमा कर्मचारीको चरम अभाव
19
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश संरचना कार्यान्वयन भएको ६ वर्ष पूरा हुन लागेको छ । तर, कोशी प्रदेशमा कर्मचारीको चरम अभाव छ । भएका कर्मचारीमध्ये पनि झण्डै ५४ प्रतिशत कर्मचारी झापा, मोरङ र सुनसरी केन्द्रित रहेको पाइएको छ ।
कोशी प्रदेश सरकारले प्रदेश प्रशासनको सुधार गर्न भन्दै २०७९ माघ ६ र २०७९ फागुन १ मा निर्णय गर्दै नेपाल सरकारका पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले २०७४ फागुन ३ देखि २०७९ जेठ १ सम्मलाई आधार मान्दै प्रदेश सरकारको प्रशासनिक अवस्थाको अध्ययन गरेको छ । प्रतिवेदनमा कर्मचारीको ठुलो संख्या लामो समयदेखि रिक्त रहेको उल्लेख छ ।
उक्त प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको ५ महिना बितिसक्दा पनि प्रदेश सरकारले अझै कमजोरीहरुबारे छलफल र समीक्षा भने गरेको छैन । अहिले पनि कर्मचारी अभावको अवस्था उस्तै छ । प्रदेश निजामती ऐन अझै पारित हुन सकेको छैन ।
उक्त प्रतिवेदनका अनुसार यातायात व्यवस्था कार्यालयमा हाल भएका दरबन्दी निकै नै कम भएकाले बिचौलिया हाबी भएको छ । कर्मचारी अभाव हुँदा प्रदेश प्रशासनको प्रभावकारिता नदेखिएको, दरबन्दी आवश्यकभन्दा अधिक स्वीकृत गरिएको र लोक सेवा आयोग पूर्ण परिचालित हुन नसकेको प्रतिवेदनले औँल्याएको छ ।
यस्तै ८ वटा मन्त्रालय र निकायहरुमा कर्मचारीहरुको दरबन्दी ४० प्रतिशतभन्दा अधिक रिक्त रहेको पनि प्रतिवेदनमा भनिएको छ । ‘यति धेरै रिक्तता भोगिरहेका मन्त्रालय र निकायको सूचीमा स्वयं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र प्रदेश सभा सचिवालय परेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
कर्मचारीको अभाव हुँदा प्रदेश सरकारले हालसम्म बनाएका ऐन ६० वटा भएको र सोमध्ये २४ वटा मात्रै नियमावलीहरु बनेको, ३५ वटा नियमावली बन्न बाँकी रहेको देखिएको छ । यसरी ३५ वटा ऐन प्रमाणीकरण भए पनि आंशिकमात्रै लागू हुन सक्ने अवस्थामा छन् । ‘यसबाट प्रदेश सरकारले आफ्नो कार्यक्षेत्रको आफ्नै कारणले पूर्ण उपयोग गर्न नसकेको र स्वाभाविक रुपमा प्रदेश सरकार त्यस्ता कानुनको क्षेत्रमा हालसम्म प्रभावी हुन बाँकी देखियो,’ प्रतिवेदनले भनेको छ ।
प्रदेशको मन्त्रालय, निकाय र तिनीहरुका मातहतमा १९२ वटा प्रशासनिक इकाई छन् । तिनीहरुमा कुल ३,९८४ स्थायी कर्मचारी दरबन्दी कायम छन् । तर, सोमध्ये केवल १९४१ वटा दरबन्दीमा मात्रै कर्मचारी छन् । २,०४३ दरबन्दी अर्थात् ५१.२८ प्रतिशत दरबन्दी कर्मचारीविहीन छन् ।
कोशी प्रदेशमा प्रदेश लोक सेवा आयोग २०७६ माघ ९ गते गठन भयो । आयोगले झण्डै ४ वर्ष पार गर्न लाग्दा स्थानीय सेवाका लागि १ हजार ९२३ वटा पदमा विज्ञापन गरे पनि प्रदेश सेवाका लागि कुनै विज्ञापन गर्न सकेको छैन ।
‘यसबाट प्रदेश सेवामा नयाँ कर्मचारीको आपूर्ति वा नियुक्ति शून्य रहेको र कर्मचारीको चरम अभाव प्रदेश प्रशासनले बेहोर्नु परेको देखा पर्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘परिणामतः सेवा र विकास प्रवाहमा सोझै असर पर्दा प्रदेश सरकारको क्षमता र दक्षतामा आम नागरिकबिच अनेक प्रश्नहरु उठाउने वातावरण निर्माण भएको पाइन्छ ।’
भएका कर्मचारीमध्ये पनि आधाभन्दा बढी कर्मचारी झापा, मोरङ र सुनसरीमै थुप्रिएर बसेका छन् । तथ्याङ्क अनुसार प्रदेश राजधानी रहेको मोरङमा २८.८४ प्रतिशत, सुनसरीमा १५.१४ प्रतिशत, झापामा ९.७८ प्रतिशत गरी झण्डै ५४ प्रतिशत कर्मचारी छन् । जबकि ताप्लेजुङमा १.९६ प्रतिशत, तेह्रथुममा २.०६ प्रतिशत र सोलुखुम्बुमा २.४२ प्रतिशतमात्रै छन् । कोशीमा कार्यरत कर्मचारीको जिल्लागत वितरण वैज्ञानिक र आवश्यकतामाथि आधारित नभएको पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
उच्च पदमै अस्थिरता
कार्यदलले प्रदेशका मुख्यसचिव पनि लामो समय टिक्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै मुख्यसचिव पद नै रिक्त राखिएको विषयमा गम्भीर टिप्पणी पनि गरेको छ । ‘६ पटक ३ महिनाभन्दा कम अवधिका लागि सो पद रिक्त भएको देखियो । त्यसैगरी ३ पटक ६ महिनादेखि १ वर्षको अवधिका लागि रिक्त रह्यो । कुल मिलाएर ९ महिना ७ दिन उक्त पद रिक्त रहेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘जबकि सो समयमा प्रमुख सचिवको कुल कार्यावधि ५ वर्ष १ महिना २९ दिन थियो ।’
जसका कारण प्रदेश प्रशासनको दैनिक कार्यव्यवस्थापनदेखि नीतिगत प्रबन्ध र तिनको कार्यान्वयनमा सुस्तता छाएको प्रतिवेदनको निष्कर्ष छ ।
यस्तै प्रदेश सचिव पदमा पनि रिक्तता अत्याधिक रहेको देखाएको छ । प्रदेश प्रशासन चलेको १ हजार ९१५ दिनलाई हेर्दा ५२ जना सचिवहरु प्रदेश प्रशासनले पाएको थियो । सोमध्ये केवल ४ जना सचिवले मात्रै २ वर्ष अवधि पूरा गरेको प्रतिवेदनमा उल्लेख छ । ‘१ देखि २ वर्ष अवधिमा यस प्रदेशबाट अन्यत्र सरुवा भएका २० जना सचिव रहेछन् । सचिव जस्तो नेतृत्वदायी पदमा छिटोछिटो सरुवा हुनु प्रशासनको उत्तम परिचालनका लागि स्वस्थ्यवर्द्धक मान्न सकिन्न,’ प्रतिवेदनमा भनिएको छ, ‘यसै पनि निजामती सेवाका तल्ला पदहरुमा कुनै पनि कर्मचारीका लागि कुनै एक कार्यालयमा सामान्यतः २ वर्षको अवधि अपेक्षा गर्ने गरिन्छ ।’

Tags: कर्मचारीकोकोशी प्रदेशमाचरम अभाव

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist