• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० मंसिर ३० गते, १५:०० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा – सुनसरीको गढी गाउँपालिकाका किसानहरुले गत आर्थिक वर्षदेखी प्रत्यक्ष रुपमा अनुदान रकममा गहुँ, मकैँ, धान पाइरहेका छन् ।

यस क्षेत्रका किसानहरुले सहज तरिकाले किसानहरुले सिजन अनुसार समयमै ५० प्रतिशत अनुदानमा गहुँ, मकैँ र धानको बीउ पाउन थालेपछि खुशी भएका हुन् ।

विगत वर्षहरुमा सुनसरी जिल्लाको गढी गाउँपालिकामा कर्मचारी आभावका कारण समयमा किसानहरुलाई सेवा, सुविधा दिन नसक्ने पालिकाले अहिले सहजै तरिकाले किसानहरुलाई सिजन अनुसार अनुदानमा गहुँ, मकैँ र धानको बीउ वितरण गर्न थालेपछि किसानहरुको अनुहारमा मुस्कान छाएको पाउँन सकिन्छ ।

गढी गाउँपालिकाका एक स्थानीय किसान अवधनारायण चौधरी भन्छन् “हामीले बिगतका वर्षमा राम्रोसँग खेती गर्न सकिन्, एक त कोरोना भाइरसको त्रास थियो, अर्को तिर समयमा रसायनीक मलको अभाव थियो तर अहिले हामीलाई सबै समान प्रयाप्त छन्” अब हामीले ढुक्कसँग खेती लगाउँन सकेको बताए ।

उता पालिका श्रोतका अनुसार गढी गाउँपालिकामा कृषि विकास शाखामा कृषि क्षेत्रमा जानकार रहेका कर्मचारी नभएको कारण कृषि पेशामा लागेका किसानहरुले गाउँपालिकाबाट प्रत्यक्ष रुपमा लाभान्वित नभएको बताएका छन् ।

पालिका अध्यक्ष आशनारायण चौधरीको निर्देशनमा गत वर्ष २०७९÷०८० मा गाउँपालिकाले कृषि स्नातक अधिकृत (छैँठौँ र कृषि प्राविधिक (पाँचौ) को पदपुर्ती गरेपछि अहिले सो क्षेत्रका किसानहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेको भएको स्थानीय किसान ओमप्रकाश यादव बताउँछन् ।

स्थानीय यादवका अनुसार गढी गाउँपालिकाले कृषि शाखामा अनुभवी सहितको दक्ष जनशक्तिको पदपुत्र्ती गरेपछि यहाँका किसानहरुले प्रत्यक्ष रुपमा लभान्वित हुने गरेको बताए ।

उनले बताएअनुसार विगतका वर्षहरुमा यहाँका किसानहरुले प्रत्यक्ष रुपमा लभान्वित हुने गरेको थिएनन् बरु केही सहकारी संस्था र समुहमा आवद्ध किसानहरु मात्र लाभान्वित हुने गरेको थियो । तर पालिका अध्यक्ष यस क्षेत्रका किसानहरुको लागि राम्रो योजना तथा कार्यक्रमहरु ल्याइएकोमा पालिका अध्यक्ष आशनारायण चौधरी हाम्रो लागि धन्यवादको पात्र बन्नुभएको बताए ।

त्यस्तै अर्का किसान मोहित मेहताले भने अघिल्ला वर्षहरुमा केही कार्यक्रमहरु भयो तर किसानहरुको हित विपरीत भएको जानकारी दिए ।

उनले भने अहिले गढी गाउँपालिकाले कृषक, कृषि फर्म, कृषक समूह र कृषि सहकारी संस्थाहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ सयममा वितरण गरेका छन् ।

पालिकाले एक हप्ता अघिदेखी अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ वितरण गर्ने काम सुरु गरिएपनि हिजो शुक्रबार सकिएको हो ।

बीउ वितरण गर्दै गाउँपालिका अध्यक्ष आशनारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साहले कृषक र बाली उत्पादनमा हाम्रो साथ सदैव रहने बताएका हुन् ।

पालिका अध्यक्ष चौधरीले कृषि विकास शाखा मार्फत यस गाउँपालिका अन्तरगत रहेका ६ वटै वडाका कृषक, कृषि फर्म, कृषि समूह र कृषि सहकारी संस्था मार्फत ४,५२० किलो ग्राम विजय ,एन.एल ९७१, र आदित्य जातको उन्नत गहुँको बीउ वितरण गरिएको बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले प्रदेश प्वाइन्ट अनालाइन पत्रिकासँग कुरा गदैँ भने कृषि विकाश शाखा मा कार्यरत्त कर्मचारी तथा शाखाकी प्रमुख जिन्नी चौधरी ,कृषि प्राविधिक सहायक प्रविन बुढाथोकी र रेनुका चौधरीले किसानहरुलाई प्रत्यक्ष लाभ हुने काम इमान्दारीताका साथ काम गरिरहेको जानकारी दिए ।

यता गाउँपालिकाका कृषि विकास शाखा प्रमुख जिन्नी चौधरीका अनुसार कृषि क्षेत्रमा आवद्ध भएका किसानहरूलाई खाद्यान्न बालीको बीउ उपयोगमा अनुदान कार्यक्रम अन्र्तगत वितरण गरिएको जानकारी दिइन् । उनले भने हाम्रो पालिकामा भएका सबै किसानहरुलाई समेटन् नसकेपनि अगामी बजेट तथा कार्यक्रममा किसानमुखी कार्यक्रम ल्याएर किसानहरुको घरमा सेवा पुग्ने गरी काम गर्ने बताइन् ।

त्यस्तै कृषि प्राविधिक सहायक रेनुका चाैधरीले भने पालिकाले वितरण गरिएको उन्नत जातका गहुँ बीउले ३८ हेक्टर  र  मकै ३२ हेक्टर गरि कुल ८० हेक्टर क्षेत्रफलमा किसानहरूले समयमै बाली लगाउन सफल भएको बताइन् ।

उनले बताए अनुसार बीउ वितरण कार्यक्रममा ५० प्रतिशत अनुदानमा उन्नत जातका विजय, एन.एल गहुँ र उन्नत जातको ७ सय ६० केजी पाइनियर–३३५५ मकैको बीउ वितरण गरिएको कृषि विकास शाखाकी कृषि प्राविधिक सहायक रेनुका चौधरीले बताइन् ।

Tags: अनुदानखुशीगढीका किसानगहुँ र मकैपाएपछि

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist