• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गाैशाला पालिकाकी उपमेयर रेनुकुमारी असुरक्षित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस ८ गते, १०:२७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
गाैशाला पालिकाकी उपमेयर रेनुकुमारी असुरक्षित
20
SHARES
Share on FacebookShare on Twitter

लहान । मधेस प्रदेश स्थित महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनि गरिएको प्रहरी निरीक्षक यादवले बताए । गाडीको टायर बलेर गन्हाएपछि गाडीमा आगो लागेको छिमेकीले थाहा पाएका थिए । आगो लागेको केहि बेरमै छिमेकीले देखेका कारण गाडीको पछाडिको टायर र केही बाहिरी भागमा मात्र क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । गाउँकै छिमेकी स्थानीयहरूकाे सहयोगमा आगो नियन्त्रणमा लिएको उनलेे बताए ।
यता उपप्रमुख महतोले गौशाला नगरपालिकाका कर्मचारी र जनप्रतिनिबाटै आफू असुरक्षित भएको बताएकी छिन् । कार्यकक्षमै आक्रमण, कार्यपालिका बैठकमा जनप्रतिनिधिबाटै हातपातको प्रयास हुनु, गाडीको चालकलाई बिना जानकारी हटाउनु र गाडीमा आगो लगाउने घटनाले आफू असुरक्षित भएको महतोले बताइन् । गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट नगरप्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुखमा रेनुकुमारी महतो बिच द्वन्द्वका कारण प्रमुखका आफन्तले केही समय अघि कार्यकक्षमै गएर हातपात गर्न खोजेका थिए । उपप्रमुख महतोलाई कार्यकक्षमै भौतिक आक्रमण गर्दा गाडी चालकले बचाएका थिए । कार्यकक्षमा उपप्रमुखलाई आक्रमणबाट बचाएको भन्दै नगरप्रमुखले वडा अध्यक्षहरुलाई बोलाएर उपप्रमुखको गाडी चालक नारेन्द्र महतोलाई साउन २८ गते हटाउने निर्णय गरी गाडी खोस्ने प्रयास गर्दा दुई पक्ष बिच नगरपालिकामा झडप समेत भएको थियो ।
एउटै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुख बीचको द्वन्द्वका कारण कार्यलयको बैठक वा सार्वजनिक कार्यक्रमहरुमासँगै बस्दा समेत बोलचाल हुँदैन । निर्वाचनमा सँगै हात छोडेर मत मागेका नगरप्रमुख र उपप्रमुख निर्वाचित भएदेखि सुरु भएको मनमुटाव सुरु भएको हो ।
गौशाला नगरपालिका–२ मा निर्माणधिन धर्माशाला निर्माण रोक्का सम्बन्धी जिल्ला प्रशासन कार्यालय महोतरीको पत्र पाएर अनुगमन गरेको र वडा अध्यक्षलाई छलफलका लागि बोलाएकी उपप्रमुखलाई नगरप्रमुखको भाइ नातामा पर्ने आफन्तले अनुमति बिना गाउँमा जान नमिल्ने भन्दै आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्नहरु विरुद्ध जिल्ला प्रशासनमा मुद्दा दर्ता छ । आफन्तमाथि मुद्दा लागेपछि नगरप्रमुखले उपप्रमुखमाथि मुद्दा दर्ता गराउन कर्मचारीलाई नै प्रयोग गर्न खाजेको एक अधिकृतले बताए । योजनाको फाइलका विषयमा कर्मचारीलाई कुटपिट गरेको भन्दै प्रमुखकै योजनामा कर्मचारीले आन्दोलन समेत गरे । उपप्रमुख महतोले नदी उत्खनन् अनुगमन, नदी उत्खनन् ठेक्का, बजार ठेक्का, भवन निर्माण अनुगमनमा कडाइ गर्दा नगरप्रमुखसँग द्वन्द्व बढेको हो ।

Tags: असुरक्षितउपमेयरगाैशाला पालिकाकीरेनुकुमारी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist