इटहरी । सुनसरीको इटहरी उप महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्त लामा सहित सबै जनप्रतिनिधि नगरपालिकाको खर्चमा मुस्ताङको मुक्तिनाथ भ्रमणमा गएका छन् । नगरपालिकाको खर्चमा वडा सचिव अर्जुन सुवेदी सहित मुक्तिनाथ भ्रमणमा सिनियर कर्मचारी समेत गएपछि सेवाग्राही समस्यामा परेका छन् ।वडा कार्यालयमा २ जना कार्यालय सहायक रहेका छन् ।
शनिवारबाट उनीहरू मुक्तिनाथ भ्रमणमा गएका हुन् । नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ खर्चमा अवलोकन भ्रमणका छुट्टाइएको थियो । सोही बजेटमा उनीहरू मनाङ मुस्ताङ घुम्न गएका हुन् ।
वडा अध्यक्ष भक्त लामाले आफूहरू अवलोकन भ्रमणमा गएको बताए । उनले आज एक दिन मात्रै कार्यालय खुल्ला हुने भएकाले अध्ययन अवलोकन भ्रमणमा गएको बताए । उनले सेवाग्राहीलाई समस्या नपर्ने बताए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post