काठमाडौं : जनता समाजवादी पार्टीले राष्ट्रिय सभामा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
‘जसपाले बढी सिट मागेका थियौं। तर गठबन्धनको बैठकमा जसपाले एक सिट पायो। सोहीअनुसार आजको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।’
जनता समाजवादी पार्टीका नेतृ चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन्। उनी जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन्।
गठबन्धनको आज बिहान बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने सहमति भएको छ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाताले मतदान गर्नेछन्।
मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post