• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पाठेघरको क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दैं

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस २५ गते, ७:५० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
पाठेघरको क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दैं
17
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा पाठेघरको क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दो देखिन्छ । क्यान्सर रोग विशेषज्ञ डाक्टरहरूले धेरै फोरममा यसको बारेमा आवाज उठाइरहे पनि यो समस्या बढ्दो ग्राफमै देखिन्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। विनोद अर्यालका अनुसार हाल नेपाल पाठेघरको क्यान्सरमा एक नम्बरमा छ ।

क्यान्सरको व्यापकता र मृत्यु दर एकदम धेरै रहेको डा अर्यालको भनाइ छ । विश्वकै तथ्याङ्क हेर्दा पनि नेपाल यो केसमा धेरै अगाडि रहेको उनी बताउँछन् ।

उनका अनुसार पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’ नामक एउटा कीटाणुले गर्दा हुन्छ । यो कीटाणु शरीरमा बसिरहेको पनि हुन सक्छ । कुनै कारणवश यदि यो कीटाणु पाठेघरको मुखभित्र छिरेर सङ्क्रमण गरेको खण्डमा शरीरमा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिको शरीरमा क्यान्सर निम्त्याउन सक्ने डा। अर्याल बताउँछन् ।

डा. अर्यालका अनुसार यदि शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त छ भने ऊसँग रोगसँग लड्ने क्षमता प्रशस्त हुन्छ । त्यस्तो अवस्थामा शरीरले आफैँ सङ्क्रमण क्लियर गर्दै जाने उनले बताए । तर लामो समयसम्म शरीरमा त्यो भाइरस बसिराख्यो भने क्यान्सरभन्दा अघिल्लो चरणमा पुर्‍याउने र बिस्तारै क्यान्सर नै हुने उनको भनाइ छ ।

तर पाठेघरको मुखको क्यान्सरका बारेमा बेलैमै सचेत रहने हो भने उपचार पनि सम्भव रहेको डा। अर्याल बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर नै एउटा त्यस्तो क्यान्सर हो जुन हुनु भन्दा ८–१० वर्ष अगाडि नै सम्भावना छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ र यो एकमात्र त्यस्तो क्यान्सर हो, जसलाई भ्याक्सिनबाट रोकथाम गर्न पनि सकिन्छ ।’

पाठेघरको मुखको क्यान्सरको बारेमा धेरै सचेतना जगाउन जरुरी रहेको डा। अर्यालले प्रस्ट पारे । ९ देखि १४ वर्षका बालिकामा भ्याक्सिन लगाउने, ‘सेक्सिुअल्ली एक्टिभ’ महिलाले कम्तीमा ३ वर्षको अन्तरालमा पाठेघरको मुखबाट आउने पानीको नियमित जाँच गराउनुपर्ने उनी बताउँछन् । यसबाट क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिने उनले बताए ।

पाठेघरको मुखमा क्यान्सर भएका महिलासँग यौन सम्पर्क गर्दा पुरुषमा सर्ने सम्भावना कति छ भन्ने प्रश्नमा डा। अर्याल भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्कबाट पुरुषमा पनि सर्न सक्छ । र त्यही भाइरसले पुरुषमा पनि निश्चित क्यान्सर गराउन मद्दत गर्ने हुन्छ ।’

महिलाको पाठेघरको क्यान्सरबाट हुने अप्रत्यक्ष असरहरू जस्तै व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, आर्थिक बोझजस्ता कुराले पनि पुरुषमाथि प्रत्यक्षरअप्रत्यक्ष असर पारिरहेकै हुने उनले बताए ।

डा। अर्यालका अनुसार पाठेघरको मुखको क्यान्सर मात्र नभएर महिलाहरूले स्तनको क्यान्सरका बारेमा पनि सचेत हुन जरुरी छ । त्यसका लागि नियमित चेकजाँच गर्न उनी सुझाव दिन्छन् । समयमै त्यसका लक्षण वा समस्या पहिचान भएमा ठुलो रोग लाग्नबाट बच्न सकिने उनले बताए ।

४० वर्ष नाघिसकेपछि स्तनको विशेष जाँच ‘म्यामोग्राफी’ गराउँदा धेरै कुराहरूबाट बच्न सकिने डा। अर्याल बताउँछन् । उनका अनुसार गर्भवती हुन चाहने र गर्भवती भएका महिलाले डाक्टरको परामर्श लिइरहनु उत्तम हुन्छ । रातोपाटीबाट साभार ।

Tags: दिन प्रतिदिनपाठेघरको क्यान्सरकोबढ्दैसमस्या

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist