विराटनगर । उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गरेको छ । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको हो ।
अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिकाले कानुन जारी गरेर कार्यन्वयनमा ल्याएको सुर्तीजन्य वस्तुको बिक्री वितरण रोकमा ब्रेक लागेको छ । अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र ममता खनालको इजलासले परमादेश जारी गरेको छ।
भोला र करेन्ट ब्रान्डमा गुट्खाको उत्पादन गर्दै आएको रूपन्देहीको श्रीराम टोबाकोले विराटनगर महानगरविरूद्ध उत्प्रेषण परमादेशको मुद्दा दायर गरेको थियो। विराटनगर महानगरले २०७९ चैत २८ गते सूचना प्रकाशित गर्दै २०८० साउन १ देखि सुर्तीजन्य गुट्खा र खैनीको बिक्री वितरणमा रोक लगाएको थियो । महानगरले यसका लागि कानुन नै बनाएको थियो तर कानुन कार्यान्वयनमा ल्याउन सकेको थिएन्।
गत मंसिरमा काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो। यसपछि श्रीराम टोबाको परमादेश जारी गरिपाऊँ भन्दै उच्च अदालत पुगेको थियो। काठमाडौं महानगरको निर्णयलाई पनि अदालतले रोकिसकेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा मंसिर यता सुर्तीजन्य पदार्थको जफत गरेर नष्ट गर्ने कामलाई तिव्रता दिइएको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post