काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको अन्त्यमा हुने एसईई परीक्षा चैत पहिलो साता गर्ने भएको छ । परीक्षाको क्यालेन्डर माघको पहिलो साता सार्वजनिक हुने बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
‘चैत्रको पहिलो साता परीक्षा हुन्छ । माघको पहिलो साता रुटिन निकाल्छौ,’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष शर्माले भने,‘बोर्डले तयार गरेको प्रश्नपत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुनेछ ।’
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइसकेकोले परीक्षा नरोकिने उनले बताए ।
‘जाजरकोट र रुकुम लगायतमा भूकम्प गयो । मानवीय र भौतिक क्षति भयो । परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रधानाध्यापकसँग भेट्यौ । परीक्षा केन्द्र कायम हुने विद्यालयको भवनमा क्षति भएमा नजिकैको अर्कोमा विद्यालयमा गर्ने तयारी भइरहेका छ,’उनले भने,‘स्थानीय स्तरबाट परीक्षा सर्ने कुरा सुझाव आएको छैन ।’
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसपालिको परीक्षामा सैद्धान्तिकमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान भएको बताए । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् । परीक्षामा ४ लाख ८९ हजार ४ सय ४४ विद्यार्थीले परीक्षा दिँदै छन् । खुलातर्फ १० हजार विद्यार्थी रहेको पौडेलले बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post