• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोटरसाइकल चोरी गरेर भारत पुर्‍याएर नक्कली चेसिस नम्बर लगाई बिक्री गर्ने गिरोह पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस २६ गते, २१:११ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
मोटरसाइकल चोरी गरेर भारत पुर्‍याएर नक्कली चेसिस नम्बर लगाई बिक्री गर्ने गिरोह पक्राउ
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा, इटहरी र धरान लगायत पूर्वी नेपालका शहरी क्षेत्रबाट १०० भन्दा बढी मोटरसाइकल चोरी गरेर भारतको जोगबनी, फारबिसगञ्ज, फुल्का पुर्‍याएर नक्कली चेसिस नम्बर लगाई बिक्री गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा-६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह-२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।

उनीहरू लामो समयदेखि मोरङ र सुनसरीका धरान, विराटनगरलगायतबाट मोटरसाइकल चोरीमा संलग्न सङ्गठित गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गिरोहमा संलग्न चोरहरूको खोजतलासमा विशेष अपरेसन सञ्चालन गरेको थियो ।

उनीहरू सोही क्रममा मङ्सिर २९ गते पक्राउ परेका हुन् । उनीहरू समेतको गिरोहले मोटरसाइकल चोरी गर्दै गरेको सिसिटिभी फुटेजसहित पीडितहरूबाट जाहेरी लिई प्रहरीले अनुसन्धान कार्य पुरा गरेको छ ।

पक्राउ परेका नजाम अन्सारीबाट लागूऔषध ब्राउन सुगर १ ग्राम ३ मिलिग्राम समेत बरामद भएकोले उनलाई लागूऔषध मुद्दामा समेत अनुसन्धान गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरूले २०८० भदौ १० गते विराटनगर-२ बन्जरा चोकबाट को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल, भदौ १५ गते विराटनगर-४ नोबेल अस्पतालबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ६ गते विराटनगर-७ सेन्ट्रल मल अन्डरग्राउन्ड पार्किङबाट को १० प ९५६६ नम्बरको स्प्लेण्डर मोटरसाइकल चोरी गरेको खुलेको छ ।

यसैगरी मङ्सिर ८ गते विराटनगर-९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा मोटरसाइकल, ९ गते विराटनगर-७ कोशी अस्पतालबाट को २५ प १८११ नं को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, २२ गते विराटनगर-४ नोबेल अस्पतालबाट को २९ प ५५४ नं। को हिरो स्प्लेण्डर मोटरसाइकल, २७ गते मोरङ विराटनगर-६ भाटभटेनी सुपर मार्केटबाट को २१ प ५८९४ नम्बरको साइन मोटरसाइकल चोरीमा उनीहरू संलग्न थिए ।

प्रहरीमा उनीहरूविरुद्ध दर्ता भएका ७ वटा मोटरसाइकल चोरी र अवैध लागुऔषध ब्राउनसुगर मुद्दामा अनुसन्धान पुरागरी सरकारी वकिल कार्यालय मोरङमा २२ गते पेश गरिएको हो ।

पक्राउ परेका नजाम अन्सारी विगतमा विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । यसअघि मोरङ प्रहरीबाट नजाम विरुद्ध चोरी मुद्दा दर्ता भएकोमा मोरङ जिल्ला अदालतबाट ५ हजार धरौटी माग भएको धरौटी राख्न नसक्दा थुनामा बसेका थिए ।

२०६७ पुस २० गते जिल्ला प्रहरी सुनसरीबाट सार्वजनिक अपराधमा मुद्दा दर्ता भएकोमा माघ २ गते जिल्ला प्रशासनले ९ हजार रुपैयाँ धरौटीमा छोडको थियो । २०७२ जेठ २७ मा पनि सार्वजनिक अपराधमा मुद्दामा ३ हजार धरौटीमा छुटेका थिए ।

बलात्कार मुद्दामा पनि २०७६ कात्तिकमा मोरङ प्रहरीले मुद्दा दर्ता गरेको थियो । २०७९ कात्तिक १५ मा पनि बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।

नेपालबाट चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ ।

Tags: गरेरचेसिसचोरीनक्कलीनम्बर लगाई बिक्री गर्ने गिरोह पक्राउभारत पुर्‍याएरमोटरसाइकल

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist