रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह तलव सुबिधा पाउँने भएका छन् ।
गत आइतबार बसेको रामधुनीको १५ औँ नगर सभाले माघ महिनादेखि नगरपालिकाको आन्तरिक स्रोतबाट व्ययभार हुनेगरि करार कर्मचारीहरुलाई पनि स्थायी सरह तलब सुबिधा दिने निर्णय गरेको हो ।
नगर सभाको निर्णयमा भनिएको छ, ‘करार सम्झौता गरि कामकाजमा लगाइने कर्मचारीहरुलाई नेपाल सरकारले सम्बन्धित पदको लागि तोकेको सुरु तलब स्केलमा नबढ्ने गरि साविकमा उपलब्ध गराइएको मासिक पारिश्रमिक सुबिधामा आन्तरिक आयस्रोतबाट व्ययभार हुनेगरि थप हुन आउँने रकम २०८० साल माघ महिनादेखि सेवा करार सम्झौता अवधिभर मासिक पारिश्रमिकको रुपमा उपलब्ध गराउँने निर्णय गरियो ।’
तलब सुविधा असमान भएकाले सबैलाई न्याय हुनेगरि सरकारकै मापदण्ड अनुसार निर्णय गरिएको नगर प्रमुख शंकर लाल चौधरीले बताए । गत असारमा सम्पन्न १४ औँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चौधरीले ‘करार कर्मचारीलाई स्थायी सरह तलव दिने’ घोषणा गरेका थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post