सुनसरी । अख्तियारको टोलीले मंगलबार साँझ नगरपालिकाबाट उजुरीसँग सम्वन्धित कागजात नियन्त्रणमा लिएको हो । नगरपालिकामा सञ्चालित केही योजना तथा कार्यक्रम बिरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
सोही उजुरीसँग सम्वन्धित कागजातहरु नगरपालिकाबाट लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण खत्रीले बताए ।
यद्यपी, अख्तियारले ‘कुन–कुन योजना तथा कार्यक्रमविरुद्ध उजुरी परेको’ भन्ने खुलाएको छैन । अख्तियारले बुधबार दिक्तेलमा स्थानीय तह स्तरिय सचेतनामुलक कार्यक्रम गर्दैछ ।
सोही कार्यक्रमका लागि दिक्तेल पुगेकोबेला अख्तियारको टोलीले नगरपालिकाबाट उजुरीसँग सम्वन्धित कागजात लिएको हो । ‘उजुरीसँग सम्वन्धित डकुमेन्टहरु, प्रमाणित प्रतिलीपीहरु नगरपालिकाबाट अनुसन्धानका लागि लिएर आएको हो ।
१५ दिनको पत्र काटेका हुन्छौं स्थानीय तहलाई अनुसन्धानका लागि यो डकुमेन्टहरु पठाइदिन हुन भनेर ।
अनि त्यो डकुमेन्टहरु अलि ढिलो पठाउँछन् स्थानीय तहहरुले,’ सूचना अधिकारी खत्रीले भने, ‘अनि हामीलाई अलि चाँडै चाहिएकोबेला त्यहाँ दिक्तेलमा पालिका स्तरिय सचेतना कार्यक्रम पनि छ ।
त्यो सचेतना कार्यक्रम पनि गर्ने अनि त्यो डकुमेन्टहरु पनि लिएर आउने भन्ने हिसावले गएर लिएर आएको हो ।’अख्तियारको टोलि नगरपालिकामा पुग्दा धेरैजसो कर्मचारी अफिसमा नभएको पाइएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post