इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका सुनसरी जिल्ला सदस्य महेन्द्र प्रसाद यादवले (जनवरी-२२) माघ ८ गते सोमबारका दिन गाउँपालिका भरीको मठ मन्दिर तथा आ-आफ्नो घर–घरमा दिपावली मनाउन अनुरोध गरेका छन् ।
५५० बर्षपछि भगवान “श्री राम जी” अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् ।
पुर्व अध्यक्ष तथा नेकपा एमालेका जिल्ला सदस्य महेन्द्र प्रसाद यादवले भाेक्रहा नरसिंह गाउँपालिका स्थानीय गाउँवासीहरू सँगै स्थानीय बुद्धिजीवी, समाजसेवी पत्रकार लगायत पार्टीका पदाधिकारीहरु, बजारका व्यापारीहरु लगायतका व्यक्तिहरूसँग आपसी छ्लफल गरी माघ ८ गते(२२ जनवरी) सोमबारका दिन भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएको अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
उनले भाेक्राहा नरसिंह गाउँपालिका भरीमा रहेको सम्पुर्ण मठ मन्दिरमा दीप प्रज्वलन , टोल- टोलको मठ मन्दिरमा पुजा,शान्ति पुर्ण शोभा यात्रा तथा कृतन भजन गरि दिव्य महोत्सव कार्यक्रम गर्नकाे आयाेजना गर्नका सम्पूर्ण गाउँवासीहरूमा अनुराेध गरेकाे जानकारी दिएका हुन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post