कपिलवस्तु — भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन यहाँका दुई स्थानीय तहले बिदा दिएका छन् । शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले सोमबार राममन्दिरको प्रतिष्ठाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
भगवान् रामको विवाह नेपाली छोरी सीतासँग भएकाले राममन्दिरको प्रतिष्ठाका दिन बिदा दिने निर्णय गरिएको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख आतिथ्यतामा हुने भव्य समारोह हाम्रो गौरवको दिन हो,’ उनले भने, ‘त्यसको खुसीयाली नेपालले पनि साटासाट गर्नुपर्छ भनेर पूरै गाउँपालिकामा बिदा दिएका हौं ।’ त्यस्तै भगवान् राम नेपालको ज्वाइँ भएकाले राम मन्दिरको प्रतिष्ठाका दिन कृष्णनगर नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले सूचना प्रकाशित गरी बिदा दिइएको जनाएका हुन् । दुवै स्थानीय तहले उक्त दिन सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् । सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा बिदा दिइएको हो ।
उक्त दिन कृष्णनगर नगरपालिकाभित्र रहेका राम मन्दिरमा पूजापाठ, रामकथा र रामायणको सुन्दरकाण्ड पाठ गरिने कृष्णनगरका नगर प्रमुख रजतप्रताप शाहले बताए । उनी अयोध्या पुगेर एक दिन उपवास बसेर पूजाआजा गरी शनिबार कपिलवस्तु फर्किएका छन् । त्यस्तै माघ ७ गते जिल्लाको दक्षिणी क्षेत्रका पालिकाभित्र रहेका राम मन्दिरमा दीप प्रज्ज्वलन, भजन–कीर्तनका कार्यक्रमसमेत राखिएका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post