इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ६ मधेसा निवासी सुदिप सुवेदीले बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालय इनरुवा बबियाका २८ बालबालिकालाई स्विटर वितरण गर्नुभएको छ ।
जाडोको बेला केही बालबालिकाहरुलाई जाडोबाट बच्न न्यानोका लागि स्विटर वितरण गरेको जनाएको छ ।
समाजसेवी सुदिप सुवेदीले आमा शारदा सुवेदीको आग्रहमा बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालयका कक्षा १ देखी ५ सम्मका सिमान्तकृत र दलित विपन्न परिवारका २८ बालबालिकालाई स्विटर वितरण गर्नुभएको जनाएको छ । सुवेदीले अगामि दिनहरुमा समेत विपन्न, दलित र सिमान्तकृत समुदायका लागि सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सत्य संसारका बरिष्ठ सम्वाददाता अनिल श्रेष्ठको पहलमा सुवेदीले स्विटर वितरण गरेको विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवले बताउनुभयो । यादवले सहयोग गर्नुहुने सुवेदी परिवारप्रति र समन्वय गर्ने सत्य संसारका बरिष्ठ सम्वाददाता अनिल श्रेष्ठलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।
स्विटर नितरण कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराई, प्रअ तेजनारायण यादव, पत्रकार सुरेन्द्र मेहता, लुकमान अंसारी, नौसाद अंसारी सहित शिक्षकहरुको उपस्थिती रहेको थियो । स्विरट पाएपछि बालबालिकाहरुले खुसी व्यक्त गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post