सप्तरी । स्यानिटरी प्याड खरिद गर्ने क्रममा आठ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन अधिकृत चौधरीसहित पाँच जनाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तत्कालीन अधिकृत चौधरीसहित लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज सप्तरी दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरुद्ध विशेष अदालत काठमाडौँ बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post